नवदुर्गा जात्राः एक चर्चा


असोज २४, २०८२, शुक्रबार | साँझ ०५:०९ बजे | 225


नवदुर्गा जात्राः एक चर्चा

नारायणमान बनमाला
स‘ास्कृतिक नगर भक्तपुरको विश्व प्रशिद्ध नेपालकै लामो जात्रा जिवित रुपमा पुजिने श्री नवदुर्गा देवगण जात्रा भनिन्छ । वर्षमा आठ महिना मुकुन्डो सहित विभिन्न तिथि मितिमा जात्रा हुने गर्छ भने चार महिना मुकुन्डो बिना तिथि अनुसार विभिन्न पूजा सहित जात्रा हुने परम्परा रहेको देखिन्छ । मातृ शताद्धिकालदेखि संञ्चालन भैरहेको मानव र दानवबिच दोन्दात्मक परिस्थितिलाई अनत्य गर्न अष्टमातृका देवगण सृष्टी भई दानवहरुलाई नष्ट गरि मानवलाई रक्षा गर्न रचना भएको किमदन्ती आधार मानेर संञ्चालित मानव समाजमा आधारित संस्कृति हो । मानव समाजमा जसरी रहनसहन पारिवारिक भुमिका नारी सुन्दरता, नारी क्रोध, सरसफाई, शाकाहारी मांसाहारी पहिचान, बालक चकचकेपना, खानाको परिकार सार्दै दाम्पत्य जीवनको भुमिकाबारे दिशान्तरण गर्ने, सहकार्य पंच रंगको महत्वबारे दिशाबोध गरिने संस्कृति मानिन्छ । यसैक्रममा देवगणमध्ये उन्नाइस जना देवगणको छुटै भुमिका गतिविधिबाट संस्कृति संञ्चालनमध्ये बाजाको तालमा गीतको बोल साथै भाषाको बोलसंगै मुकुन्डोसहित नाच प्रस्तुत गरिने परम्परा रहेको छ । 
जसमध्ये 
१) खी बाजा 
२) ते बाजा 
३) कंस बाजा 
४) भैरब 
५) माहाकाली 
६) बाराही 
७) कुमारी 
८) द्योम्मा पौमी 
९) दातिम्हा पौमी 
१०) झिम्मा पौमी 
११) गणेश 
१२) ब्रम्हायणी 
१३) महेश्वरी 
१४) भद्रकाली 
१५) नंकी मन्दिर पुजारी 
१६) बालकुमारी 
१७) दुम्हा 
१८) सिम्हा 
१९) स्वयत भैरव समेत देवगणहरुको क्रमश भुमिका रहेको छ । सोहि क्रममा यसवर्षको विजया दशमी बाट मुकुन्डो हस्तान्तरण जात्राबाट सुभारम्भ हुदै हरेक वर्ष झै देवगणहरुको जिम्मेवारी बहन गर्ने जात्रा संञ्चालन क्रममा पन्ध्र जना देवगण अलगै पहिचान रहेको देवगण मानिन्छ । चार जना देवगण बालक देवताको रुपमा सहभागी हुने देवगण परिवार मानिन्छ । 
जसमध्ये 
१) बालकुमारी 
२) दुम्हा 
३) सिम्हा 
४) स्वयत भैरव रहेको पाईन्छ । सोहि क्रममा बालकुमारी देवगण इन्द्रायणी देवीको रुपमा प्रस्तुत हुने गर्छ । दुम्हा देवगण भीमसेन देवगणको भुमिका निभाई गरिन्छ । सिम्हा देवगण, द्रौप्ती देवगणको भुमिका समेत प्रतिक निभाउने देवगण मानिन्छ । अन्तमा स्वयत भैरव देवगण, इन्द्र देवगणको भुमिका बारे विजया दशमी पश्चात सानो बालक भुमिका निभाउने देवगण मानिन्छ । विहि तोकिगु जात्रा सम्म बालक देवगण मानिन्छ । सोहि जात्रा पश्चात देवगणको जेष्ठ अधिपधि भैरव देवगणबाट जिम्मेवारी बहनगरी माछा मार्ने ङालकेगु जात्रा गर्ने गरिन्छ । स्वयत भैरव देवगण बालकमा सानो बालक हुनुपर्ने, मोहनी टिका ग्रहण गर्न नहुने, अलगै अजाजु परिवारको जातित्व हुनुपर्ने साथै भलभल अष्टमीको दिनमा पुन देवगण निर्वाह गर्छ । सोहि दिनमा श्री नवदुर्गा देवगछा जात्रा अन्त हुने इतिहासिक परम्परा रहेको देखिन्छ । यस बर्षको विहि तोकिगु जात्रा भ.न.पा ढ गछे. टोलमा मिति द्दण्डद्द आश्विन द्दछ गते शनिबारको दिन रहेको समेत जानकारी गराउन चाहान्छ । सोही लगतै यस बर्षको विजया दशमीको नवदुर्गा देवगण जात्रा सम्पन्न हुने गर्छ । पुन कार्तिक महिना भरि आगपुजा सम्पन्न गरि क्रमश तलेजु मन्दिर चोकबाट पूजा जात्रा सुभारम्भ हुने गर्छ । यस संस्कृतिलाई परापुर्वकालदेखि निरन्तर रुपमा संञ्चालन गर्दै आइराख्नु भएका बनमाला (अजाजु) जाती हरेक क्षेत्रमा पट।८ीएको अवस्था देखिन्छ । संस्कृति संञ्चालन गर्न कुनै ठोस आय सा्रेत आर्थिक अवस्था नभएको, शैक्षिक क्षेत्रमा अध्ययन गर्न नपाउने, कुनै व्यवसायमा संग्लन हुन नसकेको, कुनै जागिरको व्यवसाय गर्न सहभागी हुन नसक्ने साथै समयमा सुत्न नपाउने, समयमा खानपान गर्न नसक्ने आधारलाई लिएर नयॉ पुस्तालाई यस संस्कृतिमा समावेश गर्न नसकेको कठिनाई रहेको देखिन्छ । सोहि कारण यस बर्षको स्वयत भैरव बालक मात्र दुई बर्षको उमेरमा नै देवगणको भुमिका निभाउने बाध्यता रहेको छ । आज यस संस्कृतिलाई निरन्तरता अथवा दिर्घकालिन रुपमा संञ्चालन गर्न सम्बन्धि निकाय तथा भक्तजनहरुको अपार सहयोगले मात्र देवगण जात्रा संञ्चालन गर्न सहज हुने विश्वास गर्दछ । 
लेखक नारायणमान बनमाला श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाका सल्लाहकार हुन् । 
 

Comments