देश कै छ चिन्ता
असोज २४, २०८२, शुक्रबार | विहान ०७:५५ बजे | 85
कुमार लघु,ख्वप
हेर दलाल सरकारको हविगत । जो जोगि आए पनि कान चिरेकाको व्यवहार जस्ले सरकारमा क्रान्तिले राख्न लगे उसैलाई घोक्री ठ्याक गरे । २०८२/५/२३ गते आन्दोलन सस्थगित गरेको हो त्यो ठाउँमा नारा जुलुस यो सरकारले गर्न दिएन् । सबैलाई डर त्राश र पक्राउ गरेर मोटरमा कोचेर लग्यो। जो जो सो माईतीघरमा सभामा आए पाखुरा समातेर लग्यो । जेन्जीको आन्दोलन दबाउनलाई गोलि हानेर मानिसलाई ताकी ताकी चोट पटक लगाउने, ज्यान लिने र मानिस मार्नेहरू एकजना अपराधी र दोषिलाई कनूनी र कार्यबाही नगरेकोले खवरदारी र पक्राउ गर भनि भन्ने चेतावनी दियो । जेन्जीहरूको आनणदोलन होईन रे अब हामी नेपालीहरूकाे नेपाल बनाउनलाई गर्ने आन्दोलन भनेका छन् । हुन पनि हो घुस ख्वाउन नदेऊ, भ्रष्टाचार गर्न नदेऊ भनेर त आन्दोलन गरेको हो । यदि त्यो आन्दोलन नगेको भए आजिवन भत्ता र नेपालको गद्दी समातेर र भागवना गरि खाई नेपाली जनताको रगत चुस्थे । यी यस्ता दानबहरू जेलमा कोच्नु पर्छ। किन नेपाल देश वनाउने आन्दोलनमा आएका आमाको नेपालीको सरकारमा रहेका आमालाई र गृहमन्त्रीहरूलाई प्रस्न छ । के गृहमन्त्री र प्रधानमन्त्री लाई छ के आफ्नो सहयोगिहरूलाई पक्राउ गर्नु आदेश कहाँवाट भयो ? गृहमन्त्रीले जनतालाई समाजका सचेत वर्गहरूलाई र जेन्जीहरूलाई स्पष्टिकरण दिनु पर्छ। जेन्जीको आन्दोलनमा जनताको तर्फवाट माफि लिन सरकार अग्रसर हुनु पर्छ। वुध्दिजिवीहरूलाई देश कै चिन्ता छ । यहाँ नेपाली जेन्जी z का अभियन्ताहरूलाई नै परिचय लिन सकेको देखिएन् । अनेकले अनेक काहाना बनाई अनेक शङ्का र उपशंङकाहरू गरेकाछन् । यी जेन्जीहरूकोमा साथ सहयोग नगर भनी रहेकाछन् । यसो हेर्दा कमिशन खाने, घुसखाने र भ्रष्टाचार गर्नेहरूलाई नेपाली जनताको रगत चुस्नेहरूलाई क्रान्तिले घुजाघुजा पारेको राम्रो हो । यी भारती र अमेरिकी दलालहरूले कानमा तुल हालेर जनतालाई रमिता देखाई रहेको थियो। जनताले भनेको यस्तो मात्र हुन्छ र । अझ अलि कति पुगेन अझ वढि गरेर गएको भए हुन्थो भन्नेहरूको कमी छैन् । जनताको विचारले त यी भागवन्दा गरेर खान पल्केका रंङ्गिन स्यालहरू तत्कालिन सत्तासिनहरूलाई अझै एक झत्का मात्र होईन् एक धका अति आवश्यक छन् । जेन्जी z कोलेमात्र होईन रे । अब सबै नेपालीको सुख शान्ति र सेवाकोलागि देशभरको य्वाहरू भेला गरि युवाको शक्ति देखाउने योजना रहेको सूचना छ । हुन पनि हो दोषिहरूलाई जेलको सजाय गर्नैपर्छ । हेर भाइ बहिनीहरू हुलमुलमा वच्नु नि पर्छ । अराजकतावादीहरू सरिक छन् साम्राज्यवादीहरू लडु जुडाउन दिई फाइदा लिन उद्त छन्। सरकार अन्धो भैरहेको जनकारी जेन्जीले जनतालाई कुतत्व देखाउन र बुझाउन सक्नुपर्छ । अहिले युवाहरू जुध्दनु छैन् जुट्नु पर्छ भन्ने विगतको आन्दोलन गर्नेहरूकाे भनाई रहकाछन् । मिडियामा जसले नि अप्रत्यक्ष तवरले साथ दिनेछन्। हाम्रो देशको रक्षा गर्ने नेपालीहरूले नै हो । जसरी नि खुखार दलालहरूलाई यो हाम्रो देशमा रहनु दिनु हुन्दैन् । दलाल ज्यान मार्नेहरूलाई जेलको कालकाेठरीमा जाक्न दिने दिन तुरून्त आउने आसा छन् । आन्दोलनले निखार ल्याउन सक्नेहरूले जहाँ रहेकाछन् त्यहीवाट शत्रु र मित्रहरू चिनुपर्छ । यो वेला साथी भाइ लडने होईन् जुट्नु पर्छ । नेपालमा अबको पछिला दिनमा चुनाव हुन नदिने र सरकारले चुनावले नै नयाँ संसद सदस्यको चुनाव गरी समस्याको समाधान गर्ने सोच लिएको छ। गर्ने र गर्न नदिने पक्ष भएकोले नरहेकाले नराम्रा दिन सुरू हुने अड्कल गरेका छन्। देश कै चिन्ता जनताले लिएका छन् । २०८२/०६/२५ गते