यहाँ देशको छ चिन्ता


असोज २३, २०८२, बिहीबार | साँझ ०४:२१ बजे | 145


यहाँ देशको छ चिन्ता

कुमार लघु,ख्वप
नेपाल,नेपाली जनताको र देशको चिन्ता छ। देशमा नसोचेको जेन्जी z ले आन्दोलन गर-र्यो । सुरूका दिनमा भाद्र २३ गते १९-२३ जना मार्न लगायो । जम्मा जम्मी त्यो आन्दोलनमा ७५ जनाले ज्यान गुमाएको थियो । अस्पतालमा घाईतेहरूको छटपटी छदैछ। शहिदका आमा बुबा र परिवारको काख रितिएर एकलो पनले मुटु छियछिया भएको सर्वत्र छरपष्टछन् । त्यो मार्न लगाउन र मारेको व्यक्तिलाई यो जेन्जी z ले बनाएको सरकार भनेले पनि खोजी कार्य भनेको बोले अनुसार जनता सामु सार्वजानिक पक्राउ गर्न सकेको छैन् । यता कानून अनुसार लिखित रूपमा मात्र पक्राउ गर्ने पक्षमा प्रहरी प्रसाशन तयार रहेकोकुरा काहिर आएकाछन् । माैखिक रूपमा पक्राउ गर्न नमिल्ने जिकिरहेको आवाज छ। जेन्जीले हत्या गर्न लगाउने भूपु प्रधानमन्त्री र भूपु गृहमन्त्रीलाई तत्काल पक्राउ गर्न लगाउन न निवेदन दर्ता गर्न लग्दा प्रहरी प्रसाशनले निवेदन दर्ता नमानेको र आलताल गरेको थियो । गृहमन्त्रीले आदेश दिई सकेको र पक्राउ गर्न चाजोपाजो हुने देखिन्छ । यहाँ छ देशको चिन्ता जनताले रोजी रोटीको निम्ति दैनिक रूपमा हात मखु जोड्न कामकाजमा लाग्न पर्नेहरूले आन्दोलनमा कति सहभागी भै रहने देखेसो पोखेको कुरा अगाडि आएकाछन्। देश त नेपालीले चलाए हल्ला अनुसार वर्तमानमा सरकारमा रहेकाहरू भारतिय राजदूतावसवाट सिपारिस भए पछि हाजिर गरेर मात्र मन्त्री भएकाहरू हून् भन्ने जनताको विचार बाहिर सतहमा भएको पायाैँ । जनतालाई त्यसैले छ यहाँ देशको चिन्ता छन् भनेर सतहमा तैरिएको छ। नेपालमा अराजकता,भिड तन्त्र ,अहंकारले देशको सबै तहहरूमा सविस्तार भएकाछन् । को भन्दा को कम र नियम कानून र संविधानको परिपालना गर्ने निकाय नै कमजोर छन् ।
व्यक्तिको हावि छन् यहाँ देशको चिन्ता लिएर अगाडि वढेको मानिसहरूको विचार मरिसकेकाछन् । यहाँ नेपाललाई बचाउन नेपालीहरू नै नमिले अरूले प्रसस्त चलखेल हुने र देशको भविष्य कता गएर थोकिने हुन भन्न नि कठिन छ । विस्तारवादी र साम्राज्यबादीहरू देश‌ै नै खाने लोभले यो ज्न्जीले गरेको आन्दोलनको फाईदा उदाउन सक्रिय भै रहेको छ । जो जहाँ बसे नि नेपाल , नेपाली र नेपाल देशको जगेर्ना गरि आन्दोलन कर्ता र देशको प्रमुखहरूले सचेत हुन आवश्यक छ। हाम्रो अनुरोध त देश कै जोगाउने सल्लाह छ, हामी नेपालीहरूको है । अन्तमा फाईदा वेफाईदा छदै छन् । यस्ता एकातिर विसाएर देशको समस्या तत्काल समाधान होस् । नेपाल आमाको जय होस् । अन्तमा देश र नेपाल आमाको अनुहार हाँसिरहेको हेरेर जिवनमा हात चलाएर विस्तारवादी र साम्रज्यबादीहरूको अधिन र चंगुलमा बस्न नपर्ने होउन भने कामनाका साथ विदा हुनु छ । धन्यवाद २०८२/०६/२२ गते

Comments