प्रकाशित समाचारप्रति मेरो गम्भीर आपत्ति


असोज २०, २०८२, सोमबार | विहान ०९:३२ बजे | 430


प्रकाशित समाचारप्रति मेरो गम्भीर आपत्ति

असोज १९ गते Online मा प्रकाशित समाचारप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु।

हामी यो देशमा भ्रष्टाचारको अन्त्य र सुसासनको व्यवस्था स्थापना होस् भन्ने स्पष्ट उद्देश्यका साथ विगत केही वर्षदेखि विभिन्न अभियानमार्फत आफ्ना आवाजहरू उठाउँदै आएका हौं।तेही क्रममा, केही महिनाको तयारी र छलफलपछि भदौ २३ गते (September 8, 2025) को कार्यक्रमका लागि हामीले भदौ १८ गतेदेखि नै WakeupNepal, Nepokids लगायत विभिन्न अभियन्तासँग मिलेर अभियान सञ्चालन गरेका थियौं।

भदौ २२ गते मैले र मेरा साथीले हाम्रो नामबाट नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट कानुनी रूपमा अनुमति प्राप्त गरेका थियौं भन्ने कुरा स्पष्ट रूपमा अभिलेखमा छ। त्यो समयमा हामीसँग विभिन्न अभियानका अग्रजहरू पनि साथमा हुनुहुन्थ्यो। आन्दोलनको निष्कर्षपछि विभिन्न समूहहरू बनेका छन्, त्यसमा मेरो कुनै आपत्ति छैन। तर विभिन्न सञ्चार माध्यमहरूले मेरो नाम जोडेर गलत रूपमा विभिन्न समूह वा संस्थासँग सम्बन्धित भनेर समाचार प्रकाशन गरेकोप्रति मेरो गम्भीर आपत्ति छ।

म स्पष्ट रूपमा भन्न चाहन्छु कि म कुनै व्यक्ति वा संस्थाको सदस्य होइन — म देश र जनताको पक्षमा उभिएको स्वतन्त्र अभियन्ता हुँ।

धन्यवाद।

पुरुषोत्तम यादव
आन्दोलनको अनुमति लिने जिम्मेवार व्यक्ति
 

Comments

ताजा खबर