नेपालको अवस्था ..
असोज १९, २०८२, आइतबार | विहान ११:११ बजे | 100
कुमार लघु,ख्वप
नमस्कार देशवासी तथा मेरा प्यारा प्यारा भाइ बहिनीहरू दशैँको माैकामा जताततै रमाईलो गर्ने घुमघाम गर्ने बेलामा नेपालको अवस्थामा पानीले दु:ख दियो । नेपाली जनतालाई डर,त्राश र यातायात चढेर एक ठाउँवाट आर्को ठाउँमा पुग्नु पर्ने बेलामा अप्थारो स्थिति आयो। दशैँ सक्याएर वा दशैँ अगाडि घुमघाम गर्नु पर्नेहरूलाई माैसमले यताउता जान रोक लगायो । जहाँ रहेको हो त्यहि रहन पनि चेतावनी सरकारी माध्यमले सूचना प्रवाह गरि दियो । नेपाली जनताहरूलाई नेपाल देशमा सरकार भएको अनुभूति दिलायो । नेपालमा १७ र १८ गते गरि २६ घण्टा पानी हावा हुरी बतास र आँधिले डुबानले र जसले जनतालाई दु:ख नै दियो । काठमाण्डाैको आधा स्थल ठाउँ जलले अोगटेको कुरा बाहिर आएको छ । डुवान रहेको ठाउँमा सेना प्रहरी र शसश्त्र प्रहरीले उध्दारमा सहयोग गरेकाछन् । नेपालकाे अन्य जिल्लामा पनि पुल पुलेसा,वाढी पहिरोले आवतजावतमा समस्या खडा गरेको कुरा पत्रपत्रिका र समातरचारमा आएको छ । समय जतिल छ कही कतै जानलाई सोच्नु पर्ने बेलाको माैसम छ । कहि कतै जानलाई अति आवश्यक काम र जान्नु नै पर्ने भएमात्र जानू र अन्यथा भोलि जानू गएर हुनु हो भन्ने सल्लाह दिएकाछन् । कति यस्ता सल्लाह र सूचना प्राप्त गरेर यातायातवाट यात्रुहरू फर्केका छन् । काठमाण्डुको वल्खुमा वस्तीमा वाढी पसेकाछन् । त्यो ठाउँ सेना प्रहरी समाज सेवी र शसस्त्र प्रहरीहरूले उध्दार गरेकाछन् । कोशी व्यारेज र ठाउँ ठाउँमा खतराले पानी बगेकाछन् । तराईमा कतिपय जिल्लामा सामस्या आएको र आउने ठाउँका जनताहरूलाई सुरक्षित स्कूल र अन्य ठाउँमा वस्तीका जनताहरूलाई सारेकाछन् । यो वर्ष पूर्व सटर्कताले गर्दा जध जनको क्षति कम भएकाछन् तराईमा वाढीले विजुली चम्केर २ जनाकाे मृत्यु भएको छ। मुग्लिन सडक खण्डमा कतै पहिरो आएको र त्रिसुली नदीमा बस खसेर ५२ जना बेपता भएकाछन् । हिजो भ्रष्टाचार कम गर्न प-र्यो र भ्रष्टाचारहरूलाई कानूनी कार्यवाही गर्नु प-र्यो भनेर भ्रष्टाचारको फाईल खोलेको पूर्व गृहमन्त्री रवि लामिछानेलाई नख्खु जेलवाट जेन्जीको पहलवाट जनताले जेल मुक्त गरेकाछन् । रवीलाई जनताले जेल मुक्त गरेकोले घुस खाने र भ्रष्टाचार गरेर बसेकाहरू कुनामा लुकेकाछन् । भ्रष्टाचारहरू निर्दाेष रवी लामिछानेलाई जेलमा हालेर आनन्द लिएकाहरू अब कता कता सुईकुचा थोकेकाछन् । वर्तमान सरकार र जेन्जी z हरूले पहिलो प्राथमिकता नै भ्रष्टाचारहरूलाई जेलमा हालेर कार्यबाही गर्नु पर्ने प्रमुख माग रहेकाछन् । वर्तमान सरकारले पनि पहिले नै भ्रष्टाचारचारीहरूको फाईल खोले कार्यकाही गर्ने एजेन्दा अगाडि सारेकाछन् । काठमाण्डूको सुकुम्वासी वस्ती थापाथलीमा वाढी पसेको कुरा देखाएकाछन् । माैसमको खरावीले उपत्यकामा वस्नहरूले पनि पानी अन्य जतिलताले सुरक्षित रहन, सावधान रहन पर्ने स्थिति छ । केही होला जे होला दैवको लिला त होनी भनेर अटेर नगर्नु होला है सबैलाई केही नहोस् भनेर सूचना प्रकासित गरेकाछन् । काठमाण्डूमा मात्र हजाराै यातायातका साधनहरू वाढीले बगाएकाछन् र सयाैँ घरहरू दोभानमा परेर वाढी पसेकाे छ वर्तमान महिला पहिलो प्रधानमन्त्री शुशिला कार्कीले जनतालाई माैसमको वारेमा सचेत र सुरक्षित रहनलाई सम्बोधन गरेकाछन् । हिजो जनताकाे नाममा सम्बोधन गरेर वर्तमानमा देशमा नेपाल सरकार छ भन्ने अनुभूति दिलाएको छ । त्यस्त जेन्जी अगुवा सुदन गुरूङ्ग र मिराज ढुङ्गानाले देशको वर्तमान परिस्थितिको वारेमा गृह मन्त्रालयमा वाढि पिडितहरूलाई तत्काल साथ सहयोग गर्न अनुरोध गर्दै तदारूकता देखाउन अनुरोधमा वैठक वसेकाछन् । चक्रपथ पुरै ताल बनेको खवर छ। सिन्धुली ,खुरकाेट कति ठाउँमा हेलिकप्टरले मानिसहरूलाई बोकेर उध्दार गरेकाछन् । घर आवास डुवमुानमा परे, जनताहरूलाई आपत विपत परेकाछन् । धापाखेल पनि डुवानमा परेकाछन् । खराव माैसमको कारणले हवाई यातायात वन्द गरेकाे छ । यो यताउता समस्या पर्नुमा खराव माैसमको कारणले गर्दा कति परिवारहरू विचलित छन् , आतिएकाछन् । जनताले चाहेका छन यो २६ घण्टा परेको पानीको भेलामा देशमा भ्रष्टाचार गर्ने, घुस खाने र जनतालाई दु:ख दिनेहरूलाई वाढीमा वगाउन पाए त देशलाई सुख हुने कुरा अगाडि बसेर ल्याएकाछन् । अहिले भ्रष्टाचार , घुसखोरीहरू र गुण्डाहरू नि वच्न अनेक उपायको तिकडमहरू चाल चालेका छन् होला । सुदन गुरूङले पनि वाढी पिडितहरूलाई बचाउन आफ्नै यातायातले बोकेर जोगाई रहेको सामाचर छ । अन्तमा जे जस्तो होस् नेपालीहरू जहाँ जतासुकै बसे पनि जिवनको सुरक्षित हुने पक्षमा रहनु हुन् अनुरोध गर्दै समाचरको लेखाइ आजलाई विर्सजन गर्दछु । २०८२/०६/१९ गते ,भक्तपुर ।