अहिले फेरि के होला ?
असोज १८, २०८२, शनिबार | विहान ०९:१५ बजे | 65
कुमार लघु,ख्वप
अब हेर्नुस् ,फेरि के होला ? आन्दोलन सक्यो । भ्रष्टाचारीहरूको जेल जालान भनेको खोइ ? घुस र गुण्डागिरि गर्नेहरू र जनतालाई दु:ख दिने भन्नेहरू कोही जेल परेको छैन् । खोइ ! जनताको वा जेन्जी z को आन्दोलनले बनेको सरकार रे ! के गर्ने ? निल्नकी आेकल्ने भै रहेकाछन् । जनताहरू र राजनैतिक पार्टीहरू त कति वर्षको र के गरि एक दिन,दुईदिन मै भ्रष्टाचारी सरकार र घुसखोरीहरूको साटोपुत्लो लियो । देशले अन्तकाल देखि जनताको सेवा लिईरहेका धन सम्पत्तिहरूलाई आगो लगाई सरकारी र व्यक्तिहरूले जर्गेना गरिरहेको सम्पदा ,भवनहरू खरानीमा परिवर्तन गरेर उज्जाड बनाई दिएका छन् । कसरी आँट आयो ? जनता फुर्सटमा छलफल गरेको कानमा परेकाछन् । पहिलो दिनको जेन्जी z को आन्दोलनले र दोश्रो दिनको आन्दोलनले बाहिर रिपाेर्ट आए अनुसार खर्बाै रकमको खरानक्षो घुलो गरेर धनको नाश गरेकछन् । आज फेरि दोश्रो आन्दोलन गर्ने रे ? के हो ? फेरि आन्दोलन गरेर जेन्जी z ले नयाँ सरकार र राष्टपतिसित वार्तामा लागेकाछन् । राष्ट्पतिसित वार्ता गर्न यी मागहरू ६ वटा अगि सारेकाछन्। वार्ता गर्दा माग पूरा नगरे अहि october 9 ma आन्दोलन गर्ने कुरा संञ्चार माध्यममा देखिन थालेका छन् । हिजाे वातावरणमा २५०० जना जेन्जी z का व्यक्तित्वहरूलाई सहभागी गराई प्रधानसेना पति र राष्ट्पतिले वार्तामा बोलाएको कुरा संञ्चारमा देखिन थालेको छन् । ती जेन्जी z को मागहरू यस प्रकाएका छन् । संसद तत्काल भंग गर्ने,प्रधानमन्त्रीको पदावढी ४,८ र १० वर्षसम्म वस्न पाउने ,प्रत्यक्ष कार्यकारी राष्ट्पतिको चुनाव, ६ महिना वा १ वर्षमा चुनाव गर्ने,प्रत्यक्ष प्रधानमन्त्रीको चुनाव गर्नु पर्ने मुख्य बुदाँहरू लिएर वार्तामा सरिक भएको जानकारीमा आएको छ। नेपाली जनताले यस्तै कति मात्र आन्दोलनमा सरिक हुनुपर्ने ? भनेर प्रस्न उठेको छ । ०६२/०६३ सालमा शान्ति सम्झाैता गर्दा नि भविष्यका पुस्ताहरूले आन्दोलनमा होमिन नपर्ने गरिकन शान्ति सम्झाैता गरेको कता गयो ? जस्तै नहोस् । जेन्जीहरूको भनाईमा सिँहदरवार, सर्वच्चो,अख्तियार र अन्य अड्डालतहरू आगोलागि अन्य वर्गले आन्दोलन दवाउन दिनलाई आगलागि गरेको आन्दोलनकारी- हरूको भनाईरहेका छन् । जनता अहिले चहान्छन् गरिवहरूको एक छाक खान लाउन जिवनमा पाईरहोस् भने मनोकाँक्षा रहेकोछन् । आन्दोलनकारीकोले ध्यान लिनु पर्ने कुरा यो छ कि अब आन्दोलनले शान्तिसित अवतरण गर्दा नेपालीको हित र अब आईन्दा आन्दोलनमा सरिक हुन नपरोस् भनेछ । शहिदहरूको मनका कुरा ,सहिद परिवारहरूको दु:खद् अवस्था, घाईतेहरूको मनलाई बुझेर सकेसम्म आनदोलनकारीको माग पुरा होस् । अन्तमा भ्रष्टाचारको र सुशानको व्यवस्था होस् । आन्दोलनमा ७४ जनाको शहादत प्राप्त गर्दा पनि देशले शान्ति पाउन सकेको छैन् । आन्दोलनले केही कुरा जनताहरूले पाउने हुनुपर्छ । जनता मारेका- हरूलाई जेलमा राखेर कानूनी कार्यवाही हुनुपर्छ भन्नेकाछन् । सरकारले जनताको आन्दोलनको मर्म पनि बुझ्नुपर्छ । देशमा अराजकतावादीहरूले टाउको उठाउन नपाऊन। सत्तामा बसेकाहरूले आन्दोलनमा लागेकाहरूको माग पूरा हुने आसा जनता र आन्दोलनको वार्ताकारहरूको ध्ययमा साथ र महत्व दिएर वार्ता सफलतामा पुगोस् भन्ने चाहना छ । अब आउने शासक,सरकार र कर्मचारीहरूले कुनै भ्रष्टाचारको कुरा सुनिन नपर्ने आसाका साथ विदा हुन्छु । जेन्जी z ले पनि आँधिवेरी सित झुक्न जानुपर्छ । यदि यो वार्ता सफल नभए त जनताले आर्मी शासनमा समय व्यतित गर्नु पर्ने र दु:ख खेप्नु पर्ने समय आउने सम्भावना आउन नि के बेर ? संकटमा जीवन व्यतित गर्नु पर्ने र युवाहरूले दु:खै अवस्थामा समय बित्नेछ । त्यो अवस्थाको पनि अगाडि फर्केर हेर्ने गरेर कठिन राजनैतिक परिस्थितीले आगामी दिनले समय आउने सम्भावनाको आँकलन गरि सरकारी ,राष्ट्पति र प्रधानमन्त्रीले पनि २ पटक नपुगे २ पटकको वार्ताले सफलतामा पु-र्याएर नेपाली जनताले आगामि दिन शान्ति पूर्वक जीवन बिताउने अवसर आआेस् । अहिले फेरि के होला ? काैतुहलता रहेकाछन् । धन्यवाद, २०८२/०६/१८ गते ,