गान्धी माथी लेख्दा ...


असोज १५, २०८२, बुधबार | दिउँसो ०३:३५ बजे | 95


गान्धी माथी लेख्दा ...

सुनील सापकोटा
कौशलटार - भक्तपुर
भोलि नेपालीहरुको महान चाड बडा दशैं। अनि भोलिनै स्वर्गीय मोहनदास करमचन्द गान्धीको जन्म दिन पनि। गान्धी २अक्टुवर सन् १८६९ मा भारतमा जन्मेका थिए र एउटा कट्टरवादी हिन्दु नाथुराम गोडसे द्वारा ३० जनवरी सन् १९४८ मा मारिएका थिए।गान्धीको जन्म दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रुपमा पनि मनाइन्छ। जसलाई प्रख्यात भारतका प्रख्यात साहित्यकार रविन्द्र नाथ ठाकुरले महात्माजी भनेर सम्बोधन गरेपछी उनको नाम महात्मा भनेर प्रख्यात भयो । गान्धीको बारेमा मैले तीन - चार पटक लेखहरु लेखिसकेको छु। " गान्धीका त्रासदी " भन्ने एक हिन्दीको गान्धी बारे लेखमा उल्लेख भए अनुसार- गान्धीका नाति राजमोहन गान्धीले एकपटक भनेका थिए –“ गान्धी को मृत्युमा एक किसिमको परफेक्सन थियो।” यो कथन जटिल छ र साहसी पनि । यसका दुई अर्थ देखिन्छन् – पहिलो, गान्धी शहीद भए र हुतात्मा भएर आफ्नो तपश्चर्याको पूर्णता पाए। दोस्रो, असहज पार्ने अर्थ यो हो कि उनी ठीक त्यही बेला गए। जब उनलाई जानै पर्थ्यो। किनभने पछी भारतमा काङ्ग्रेसका नेता वा कसैलाई पनि उनी आवश्यक रहेको देखिदैन। जीवनको अन्तिम चरणमा गान्धीको मानसिक अवस्था हेर्दा लाग्छ कि दोस्रो अर्थ नै बढी सान्दर्भिक छ। हामी गान्धीलाई अपराजेय सेनानीका रूपमा देख्न यति बानी परेका छौँ कि प्रायःबिर्सन्छौँ कि वास्तवमा गान्धी एक त्रासदी नायक हुन्। उनको नियतिनै विडम्बना पूर्ण थियो। जीवनका अन्तिम दिनहरूमा उनी उपेक्षित,अप्रासंगिक र परित्यक्त हुँदै गएका थिए। तर मलाई लाग्छ गान्धी भारतिय भूगोलको सिमाना भित्रका एउटा भारतिय मात्र होइनन् । उनि भारतिय स्वतन्त्रता आन्दोलनको एक प्रमुख राजनैतिक नेता एवं अध्यात्मिक ब्यक्ती पनि हुन। उनको तत्कालीन अहिंसारुपी सत्याग्रहको सिद्धान्त द्वारा नै भारत लाई बृटिश सामराज्य बाट स्वतन्त्रता दिलाएको थियो। अन्त्यमा, महात्मा गान्धी प्रती हार्दिक श्रद्धाञ्जली गर्दै यो सानो लेख समाप्त गर्ने आज्ञा माग्छु । धन्यवाद !**

Comments