दशैंलाई माक्र्सवादी दृष्टिकोण अनुसार कसरी मनाउने ?


असोज १४, २०८२, मङ्गलबार | दिउँसो ०१:१० बजे | 165


दशैंलाई माक्र्सवादी दृष्टिकोण अनुसार कसरी मनाउने ?

आर.के.विद्रोही
    नेपालीहरुको महान चाड दशैं पर्व २०८२ घटस्थापनादेखि सुरु भई सकेको छ । तर कम्युनिष्ट भनाउँदाहरुले तड्कभड्क गरी दशैं मनाउने, पुजापाठ गरी बलि दिई गाडी पुजा गर्ने इत्यादि मात्रै होइन माओवादी अध्यक्ष प्रचण्डले गरेको भैसिं पुजा समेत चर्चाको विषय बनेको थियो । साथै एमाले त भाइ कांग्रेस नै भयो । यसमा त सन्त नेताहरु नै छ । झापा विद्रोहका मुख्य कमाण्डर मोहनचन्द्र अधिकारीले “गेरु वस्त्र” पहिरिएर हिडेको छ । त्यसैले दशैं धार्मिक रुपमा लिने गरेकोले माक्र्सवादीहरुले कसरी दशैं मनाउने बारे नयाँ पुस्ता अथवा जेन्जी पुस्तालाई सचेत पार्नुपर्ने देखिन्छ ।
    दशैंमा विशेष गरी शुभकामना आदानप्रदान कार्यक्रम पनि धेरै नै हुने गरेको पाइन्छ । तर त्यस्तो कार्यक्रममा आफूलाई प्रगतिशील भनाउँदाहरु, कम्युनिष्टको खोल ओडेकाहरुले दशैंलाई माक्र्सवादी दृष्टिकोणले कसरी मनाउने भने चर्चा परिचर्चा गरेको पाइन्दैनन् । जसले गर्दा समन्ति सोचले ग्रसित दशैं प्रगतिशील ढंगले रचनात्मक दृष्टिकोणले मनाउने नयाँ पुस्ता अझ अहिले चलेको शब्द जेन्जीहरुलाई थाहा नहुन सक्छ । जसले गर्दा त्यहीं रुढीबादी र परम्परागत तरिका अपनाउन बाध्य छन् । किनकी यस्तो सिकाउने न विद्यालयको पाठ्यक्रममा छ नत आफूलाई माक्र्सवादी भने कम्युनिष्ट पार्टीहरुले सिकाउँछ । त्यसैले अव नयाँ पुस्तालाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र वर्गिय दृष्टिकोणले दशैं मनाउन दिनुपर्ने सन्देश लानुपर्ने देखिन्छ । चाडपर्वहरुले मानिसहरुबीच सामाजिक सम्बन्ध विकास गर्छ । माक्सवार्द बैज्ञानिक समाजशास्त्र भनिन्छ । जसले समाजलाई दिशा निर्देश गरी समाजको आमुल परिवर्तनको भूमिका खेल्छ । सामाजिक विज्ञानको हैसियतले धार्मिक, अन्धविश्वासी, ढोंग र पाखण्डको कडा विरोध गरी रुपान्तरणको लागि जनताबीच रहनु नै द्वन्द्वात्मक भौतिकवाद अनुकूल हुनेछ ।
    द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसले कुनै काल्पनिक ईश्वर वा अलौकिक शक्तिमा विश्वास गर्दैन । तर यसले धर्मको विरोध यान्त्रिक रुपमा होइन द्वन्द्वात्मक भौतिकवादी तरिकाद्वारा गर्दछ । धर्मलाई मानवीय सेवाको रुपमा लिन्छ ।
    धर्मबारे माक्र्सवादी दृष्टिकोण के हो ? भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण प्रश्न हो । माक्र्सवाद एक वैज्ञानिक सिध्दान्त हो र विश्व सर्वहाराको क्रान्तिको विज्ञान हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । माक्र्सवादको सिध्दान्त भौतिकवाद हो र यस दर्शनको पद्धति द्वन्द्ववाद हो । माक्र्सवाद धर्मसापेक्ष होइन, धर्मनिरपेक्षताको पक्षमा छ । बरु धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपबाट मुक्त हुनु हो ।  
    माक्र्सले हेगेलको आदर्शवादी द्वन्द्ववाद, फायरवाखको अधिभूतवादी भौतिकवाद, काण्टको अज्ञेयवादी आदर्शवाद र प्रुँधो – बाकुनिनको अराजकतावादी व्यक्तिवाद विरुद्ध भीषण संघर्षका बीचबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको संश्लेषण गरेर मात्र सन १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्नु भएको थियोे । माक्र्सवादले आज लेनिनवाद – माओत्सेतुङ विचारधाराको विकास गरिसकेको छ । माक्र्सवाद, लेनिनवाद, माओवाद विश्वसर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिध्दान्त बनेको छ ।
    दशैंजस्तो परम्परागत चाडलाई माक्र्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्नु पर्छ । माक्र्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्छ । त्यसैले, दशैंलाई माक्र्सवादी ढंगले “मनाउने” भन्नुभन्दा पनि कसरी उपयोग गर्ने भन्ने कुरामा बढी केन्द्रित हुनुपर्छ । 
    दशैंको वर्गीय पक्षको आलोचना माक्र्सवादी दृष्टिकोण अनुसार दशैंमा शक्ति पीठहरुको पुजा र बलि प्रथाले काल्पनिक ईश्वर वा अलौकिक शक्तिलाई मान्नु पर्ने हुन्छ । जुन माक्र्सवादले विशवास गर्दैन । राजा र राष्ट्रपतिबाट टीका लगाउने परम्परा सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि गर्छ त्यस विरुद्ध माक्र्सवादीहरु संघर्ष गर्छ । आर्थिक शोषण र उपभोगवादलाई बढावा दिने दशैंले गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउनु पर्ने बाध्यता र धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् । दशैं आयो कि राम्रो नयाँ लुगा, नयाँ मोबाइल, मिठो खानपान सम्झछन् । यो उपभोगसंग सम्बन्धित छ । उपभोगवाद (ऋयलकगmभचष्कm) भन्नाले एउटा यस्तो सामाजिक र आर्थिक विचार वा प्रवृत्तिलाई विलासी सामन धेरै उपभोग गर्नु नै धेरै खुशी, धेरै सफलता, धेरै सम्मान पाएको अनुभव गर्छ । माक्र्सवादी दृष्टिकोणले उपभोगवादलाई अन्धविश्वास हो यसले वर्ग संघर्ष, शोषण, उत्पादनका साधनको पहुँचबाट ध्यान हटाउँछ । “मान्छेहरूले आफ्नो मुक्ति होइन, नयाँ मोबाइल खोज्छन् ।” – माक्र्सवादी आलोचना  धार्मिक सस्कारद्वारा वर्गीय स्थिति कायमै राख्ने प्रयास हो र धर्म र परम्परालाई अन्धविश्वासका रूपमा प्रयोग गरिन्छ, जसले मजदुर वर्गलाई विद्रोह गर्नबाट रोक्छ । 
    माक्र्सवादी ढंगले दशैं ‘मनाउने’ वैकल्पिक तरिका दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिन सकिन्छ ।  वर्गीय एकता र सामूहिकता बलियो पार्ने चाडको अवसरमा मजदुर वर्गबीच सामूहिक भेटघाट, छलफल, साहित्यिक कार्यक्रम, नाटक, वा कविता वाचन आयोजना गरी दशैंलाई “जनसंस्कृतिक पर्व” को रूपमा पुनःपरिभाषित गर्दै वर्गीय चेतनाको विकास गर्ने अवसरको रुपमा रचनात्मक उपयोग गर्नुपर्छ । हिन्दु धर्ममा पनि बलि प्रथाको विरोध धर्म छ त्यसैले धार्मिक संस्कारको सट्टा वैज्ञानिक र आलोचनात्मक चेतना फैलाउने देवीको “बलि” को विरोध गर्दै अहिंसात्मक परम्पराको विकास र धार्मिक अन्धविश्वासका सट्टा सामाजिक चेतनालाई प्रवद्र्धन गरी मनाउनुपर्छ । सांस्कृतिक पुनर्निर्माण दशैंका गीतहरू, नाचहरू, र कला–प्रदर्शनहरूलाई जनपक्षीय र वर्ग–संघर्ष उन्मुख बनाई “रामको विजय” भन्दा “जनताको विजय“, “शोषणमुक्तिको कथा“ भन्ने सन्देश दिने सांस्कृतिक कार्यक्रमहरू गरी मनाउनुपर्छ । समतामूलक वितरण दशैंमा “दान” होइन, स्रोत र साधनको समान वितरण र दशैंको इतिहास र पुनव्र्याख्या हिन्दू मिथक अनुसार रामले रावणको हत्या गरेर विजय मनाएको दिन हो – तर रावण एक विद्वान राजा थिए, जसलाई ‘आर्य–अनार्य’ द्वन्द्वको प्रतीक पनि मान्न सकिन्छ । यसलाई पुनः व्याख्या गरेर जातीय÷सांस्कृतिक विविधताको सम्मानमा रूपान्तरण गर्न सकिन्छ । नेपालमा दशैं राजसंस्थाद्वारा लोकप्रिय बनाइएको चाड हो । जसले राज्यसत्तालाई वैधता दिने काम गर्यो । यसको आलोचना गर्दै गणतान्त्रिक र जनपक्षीय विचार फैलाउनु पर्छ । 
    माक्र्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न सक्छ, जसले धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माण मा योगदान पुर्याओस् । 
     
 

Comments