सिद्धार्थ साकाेसकाे १६ औं बार्षिक साधारण सभा सम्पन्न
असोज १२, २०८२, आइतबार | विहान ११:३० बजे | 145
मध्यपुर थिमि । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि मध्यपुर थिमिकाे १६ औं बार्षिक साधारणसभा असाेज ११ गते शनिवार सम्पन्न भएकाे छ ।
सभामा संस्थाका अध्यक्ष राजेश श्रेष्ठले बार्षिक प्रतिवेदन पेश गर्नुहुँदै आर्थिक तथा सामाजिक समृद्धिकाे परिकल्पनाकाे साथ सदस्यहरूलाई ब्यवसायीकरणमा साथ दिई आर्थिक सक्षमता अभिबृद्वि गर्दै बितिय तथा गैर सेवाहरूमा बिविधिकरण गर्दै स्मार्ट सदस्य सहित छुट्टै पहिचानर उत्कृष्ट सहकारी तथा सदस्य बनाउन लागिपरेकाे बताउनुभयाे ।
संस्थाले स्थापनाकाल देखि नै निति, विधि र प्रविधियुक्त बितिय काराेवारका साथ सामाजिक भावनालले ओतप्राेत भएकाे अघि बढिरहेकाे भन्दै अध्यक्ष श्रेष्ठले लाेकतान्त्रिक गणतन्त्र नेपालकाे संविधानले सार्वजनिक निजि र सहकारी क्षेत्रकाे सहभागीता तथा विकास मार्फत उपलब्ध स्राेत र साधनकाे अधिकतम परिचालन गरि तिब्र आर्थिक बृद्धि हासिल गर्दै अघि बढिरहेकाे समेत बताउनुभयाे । उहाँले सदस्य र सहकारी बिच नङ र मासुकाे सम्बन्ध हुनुपर्ने भन्दै विश्व अर्थतन्त्रमन बितिय चुनाैति, लगानीका क्षेत्रहरू संकुचन, ब्यादरमा उतारचढावले गर्दा अर्थतन्त्र माथि ठुलाे दवाव सिर्जना हुँदा संस्थामा समेत तरलता बढ्नुका साथै लगानी संकुचन भएकाे बताउनुभयाे । सभामा आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाका काेषाध्यक्ष हिरामान शंखदेवले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक बर्ष २०८१/८२काे अन्तसम्ममा १ हजार ६ सय ३४ जना शेयर सदस्यहरूबाट ३ कराेड ७७ लाख ८३ हजार २ सय रूपैयाँकाे शेयरपुँजी संकलन गरेकाे बताउनुभयाे । काेषाध्यक्ष शंखदेवले संस्थाले साेही आवकाे अन्तसम्ममा ३७ कराेड १३ लाख ७९ हजार २ सय २९ रूपैयाँ बचत संकलन गर्दै २२ कराेड २५ लाख ८४ हजार ३ सय ३१ रूपैयाँ ऋण लगानी गरेकाे समेत बताउनुभयाे । संस्थाले साेहि आवमा ९ लाख ६५ हजार ८ सय १२ रूपैयाँ करअघि सञ्चालन नाफा गरेकाे छ भने ४२ कराेड ५० लाख २९ हजार ७ सय ८७ रूपैयाँका सम्पत्ति दायित्वकाे वासलात रहेकाे छ । संस्थासंग साेहि आवकाे अन्तसम्ममा ८५ लाख८१ हजार ५ सय ५३ रूपैयाँकाे जगेडा काेष र २७ लाख ८४ हजार ६३ रूपैयाँ अन्य काेषमा रकम रहेकाे छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सुमन नेपालले सहकारी शिक्षा प्रदान गरेकाे साे अवसरमा संस्थाका सचिव साेहन कायष्थले एक बर्षभरी गएगरेका विभिन्न सामाजिक गतिविधिहरू सहितकाे प्रगति प्रतिवेदन पेश गर्नुभएकाे साेही सभामा संस्थाका उपाध्यक्ष ईन्द्रकृष्ण श्रेष्ठ, लेखासुपरिवेक्षण समितिका संयाेजक तुल्सीभक्त श्रेष्ठलगायतका ब्यक्तिले सहकारीकाे महत्त्वका बिषयमा चर्चा गर्नु भएकाे थियाे । साधारण सभाकाे सम्मानित ब्यक्ति जेष्ठ नागरिक सदस्य धर्मबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएकाे साे अवसरमा उत्कृष्ट बचतकर्ता राेहिणि श्रेष्ठ, उत्कृष्ट ऋणी भाईराजा कार्की, उत्कृष्ट काराेवारी नरेश बज्राचार्यलगायतलाई विशेष सम्मान गरेकाे थियाे भने लक्ष्मीभक्त लाखे साँस्कृतिक सम्मान लायकु भैलःका गुरु तथा कलाकारहरूलाई संस्थागत रूपमा नगद रू १०हजार नगद सहितले सम्मान समेत गरेकाे थियाे । -आर.के. "थिमि