भक्तपुरको दशैँ
असोज ११, २०८२, शनिबार | राति १०:११ बजे | 100
कुमार लघु, ख्वव
नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर हो । कला संस्कृतिमा र सम्पदामा कान्छो भएर नि उत्कृष्ठ स्थल हाम्रो, सबैको र मेरो जन्मथलोको भक्तपुर नगर सफा शहर हो । यस वर्ष २०८२ सालको वडा दशैँ घर आँगनमा यताउता वरपर डुल्डै घट्स्थापनादेखि नवरातमा ब्राह्मायणीको नदीमा माटो लिई र माटो पायक पर्ने ठाउँमा लिई त्यही विहान घर घरमा जमरा राख्ने दिन हो ।
नवरातमा पहिलो दिन ब्राह्मयणीवाट सुरूगरी लगातार नाै दिनसम्म जाने चलन छ । नवरातमा मानिसहरू राती २ वा ३ वजेदेखि नै एक्लै वा साथीहरू समूहमा र वाजागाजा सहित धिमे,धा बाजा, ढलक, वाँसुरी हार्विन विना कणाथ बाजा वजाई विहान र वेलुका देवता स्थलगई मनोरन्ञ्ज गरि बालक देखि के युवा युवती वृदवृध्दाहरू देवस्थलमा गई क्रमश ब्राह्मायणी ,माहेश्र्वरी,कुमारी, भद्रकाली,बाराही,इन्द्रायणी, माहाकाली, माहालक्ष्मी र त्रिपुरासुन्दरी जाने चलन छ। कुछी भ्वय खाएर ख्वपा बोय गरेर राखेको हेर्न जाने र त्रिपुरासुन्दरी मन्दिर जान्छन् । भोलीपल्ट फेरि ब्राह्मयणी जाने चलन छ । भोलि टिकाको दिन हो । देवस्थल गएर भक्तिभाव अक्षता,फूल जल देवताको शिरमा चढाएर मनोकाँक्षा र भाकल गरि सुख शान्ति र पृथ्वीमा कुनै अप्रीए घट्नाहरूले परिवार,नगर,शहर जिल्ला र देशमा शान्ति छाईरहोस् भने जनताहरूले कामना गर्ने गर्दछ ।
भक्तपुर धर्मको र भक्तहरूको शहर भएकोले यहाँ मठ मन्दिर कला काैशलको सम्पदा र साँस्कृतिक शहर भक्तपुर हो । हाम्रो पुर्खाको नाशो यो भक्तपुरमा विश्र्व भ्रमण गर्दा भक्तपुर यदि छुटे त विश्र्वको आधा कला कृति र सम्पदा छुट्छन् भन्ने कुरा विज्ञहरूले कहिकतै कितावमा लेखेको पाईन्छन् भनेर भनेको यदाकदा मैले पढेको छु । आउनुस् तपाईं कुनै जिल्लाको वा बाहिरको हुनुहुन्छ भन्ने भक्तपुर बसेर यो कतिको सत्यतामा आधारित छ अध्धयण र अबलोकण गराैँ ।
मैले छ दशक पार गरेर यहाँको कला संस्कृति र साँस्कृतिक रहन सहनमा अनुभव सङ्गालेर यो आैला मैले किर्बाेडमा नचाई यो सत्य कुराको जानकारी गर्न म सक्षम छु। ख्ववप देँ संसारमा विश्र्व विख्यात छ किन कि यहाँ भक्तपुरको दशैँ र अन्य जिल्लाको दशैँमा जस्तै यहाँको जस्तो माैलिकतामा आधारित छ । हरेक दिन एक एक ठाउँको देवता स्थलमा पुगेर पनि दैनिक रूपमा दशैँभरी नवदुर्गा स्थल दरवार स्क्वाएरको सुनको ढोकाको नवदुर्गा देवीको भित्र गई गई नहुने वा मूख्य देवता दर्शन गर्नु नै शक्तिशाली मानिन्छ । विजया दशमीमा जनताले किन मनाउन थाले भने कुरा विभिन्न कथनहरूले लेखेको पाईन्छ । अष्टमातृकाहरू सबै मिलि म्हैसासुर राक्षशलाई हराई विजयको रूपमा यो दशै पर्व मनाउने कथन लेखेको पाईन्छ । भाइ बहिनीहरू यी अष्टमातृकामा शक्तिशालिको रूपमा ब्राह्मयणी माईले म्हैसासुर राक्षशलाई बध गरेको कुराहरू वर्नणमा पाईछ । त्यसैले यो दशैँ १० दिन सम्म मनाईछ वा १५ दिन सम्म मनाईछ भनेर लेखेको पाईछ । लेखकहरूले फरक फरक लेखेको पाईछ ।
म सानो छदा मेरो बाजेले गुठीमा घरमा मासु ल्याउनलाई गुठीहारहरू मिलेर २ वा ३ वटा राँगो काट्थो । गुठीहारहरूको घर घरमा एक एक टिन मासु दिई पठाउने परम्परा थियो । अहिले पनि त्यो परम्परा चलेको छ । अहिले अलग अलग तुईराँ बसेकाहरूले पनि राँगो काट्ने भएकोले मासु कम मात्र ल्याउने गरेको छ । त्यति वेला कान्ताङ दवदवचा बजाउन बालबालिकाहरू खुव रमाउँथो । माटाको डमरू बनाई वालकहरू रमाईएकोअहिले पनि हिजोको दिन जस्तै लाग्छ । म पनि विहान सबेरै पिलि लिनलाई राँगो ढालेर बध हानेको त कयाैँ पटक गणे देकेमा राँगो ढालेको हेरी पिलि राखेर डमरू बजाई रमाई संस्कृति थामेर हेरेको लका जवान हुँ । कहिले काहीँ ठिताहौ राँगो काट्ने खुकुरी लिई भकाभक गुठीहारहरूको राँगो ढाल्नेहरू आएर हानेको हेरि बसेको अझै याद आईरहेको छ। टोलको आँगनमा मासुको भाग राखेर नाम लिई बोलाई बोलाई मासु विहानको १०-११ वजे भित्र दिई पठाई सक्छन् । राँगो ढालेकै दिन कुछी भ्वय खाने चलन छ। उति बेला दााजु भाईहरू साहृै मिलेर यो पर्वमा काम सकेपछि गुठीहरूहरूले राँगाको छोयला बजी सम्हे र एेला खाएर रमाउने चलन थियो । मेरो बाजेले गुठीवाट घरको परिवार नाति नातिनाहरू आस गरेर वस्लान भनेर थाएहय गरेर ल्याउने चलन छ, थियो। त्यो दिन देवता स्थल ढुकुतीमा र सरस्वती भिमसेनको पनि पूजा गर्ने चलन छ। मेरो फूपुहरूले कपडा वुन्ने तानमा पूजा गरेर सरस्वतीलाई पूजा गर्दा किताब कलम राखी पूजा गर्थियाै ।
अहिले कमको घरमा मात्र चलन छ होला । दिउँसो सम्हेबजी खाने र बेलुका कुछि भ्वय केराको पातमा राखेर मासु चिउरा र दही फलफूल र जाँड रक्सी मज्जाले खाने चलन हरेक वर्षमा आउने वडा दशैँ मनाउने चलनको भक्तपुरमा छ । १४ अष्टमी ,१५ गते नवमी र १६ गते विजया दशकी षाने नेवारी भक्तपुरको भााषामा मोहनी नखा भनेर भनिन्छ । मेरा सम्पूर्ण पाठकहरूलाई वडा दशैँको सुख शान्ति मिलाेस् र परिवारका सदस्यहरूको कल्याण होस् भनेर शुभकामना दिन चाहे । धन्यवाद , २०८२/०६/११ गते
