उदय साकोसको २९ आैं साधारणसभा सम्पन्न


असोज ११, २०८२, शनिबार | साँझ ०६:०५ बजे | 60


उदय साकोसको २९ आैं साधारणसभा सम्पन्न

भक्तपुर, असोज ११ । लिवालीबी ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कुनै विशेष अतिथि विना पहिलोपटक साधारणसभा शनिबार सम्पन्न गरियो । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकृष्ण प्रजापतिले खाईनखाई मेहनत गरि बचत गरिएको रकम एकअर्कालाई सहयोग पुग्ने सामाजिक संस्थाको रूपमा रहेको सहकारी संस्थालाई वित्तीय सेवा सँगै सामाजिक दायित्व अन्तर्गत चलाउन अनुगमन गर्नुपर्ने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले साधारण सदस्यहरूबाट आवश्यक सल्लाह सुझाव दिई संस्थालाई सहयोग गर्न अनुरोध गर्नुभयो । संस्थाका सचिव दिलप्रसाद प्रजापतिले आव २०८१/८२ मा भएका सामाजिक तथा आर्थिक गतिविधिसहितको प्रतिवेदन पेश गर्नुभयो । संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले बैंक तथा वित्तीय संस्थाको तरलताको चुनाैतिलाई सामाना गर्न संस्थाको सरोकारवाला पक्षबाट सहयोग भएको बताउँदै आव २०८१/८२को आर्थिक गतिविधिको जानकारीसहित उच्च शिक्षा, व्रतबन्ध र बेल बिबाह एवम् गुफा, उत्सव तथा शुभ बिबाह बचत नीति रहेको जानकारी दिनुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

पूर्व अध्यक्ष निलनारायण कोजूलगायत साधारण सदस्यहरु बीचको छलफल तथा टिप्पणी एवम् सुझावअनुसार आव २०८१/८२ को संचालक समितिका सचिवको प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गरेको आव २०८१/८२ को सम्पत्ति तथा दायित्वतर्फ उन्नपचास करोड नाै एकसट्ठी हजार नाै सय बयालीस रूपैयाँ छहत्तर पैसा तथा आम्दानी र खर्च तर्फ पाँच करोड उनान्सत्तरी लाख सठचालीस हजार दस रूपैयाँ सन्ताउन्न पैसाको आर्थिक प्रतिवेदन तथा आव २०८२/८३ को स्रोत र परिचालनतर्फ बाउन्न करोड त्रियानब्बे लाख त्रिहत्तर हजार आठ सय रूपैयाँको अनुमानित सम्पत्ति, पाँच करोड तीस लाख सत्ताइस हजार अनुमानित आय तथा तीन करोड एकसट्ठी लाख त्रियानब्बे हजार दुई सय पचास अनुमानित व्यय एवम् करसहित १५ प्रतिशत लाभांश सर्वसम्मतिले पारित गरेको थियो । संस्थाका व्यवस्थापक पूण्यराम गोसाईले साधारणसभामा ८४ प्रतिशत सदस्यहरू तथा ८९ प्रतिशत बालबचत सदस्यहरुको उपस्थिति रहेको जानकारी दिएको उक्त कार्यक्रममा कृष्णराम प्रजापति तथा किशोर श्रेष्ठ लगायतले बोलेका थिए । उक्त कार्यक्रममा एसईई २०८१ उत्तीर्ण जना २२ विद्यार्थीलाई उदय पदकद्वारा सम्मान असल ऋणी ७ जनालाई सम्मान पत्र गरिएको छ । संस्थाका अध्यक्ष द्वारा पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको सो कार्यक्रममा संस्थापकद्वारा २९ वटा दीप प्रज्वलन समेत गरेका थिए ।

Comments