सकियो कमलविनायक बचतको १८ औं वार्षिक साधारण सभा 


असोज ११, २०८२, शनिबार | साँझ ०५:४३ बजे | 260


सकियो कमलविनायक बचतको १८ औं वार्षिक साधारण सभा 

भक्तपुर । कमलविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा संस्थाको प्राङ्गन नगाँचामा भाद्र १७ गते राष्ट्रिय नियमन प्राधिकरणको जारी निर्दैशिका अनुरुप आर्थिक एव सदस्यहरुलाई पायक पर्ने स्थानमा संस्थाका अध्यष सुनिल मगजुको अध्यक्षतामा सम्पन्न भयो ।
१८ औं वार्षिक साधारण सभामा संस्थाका सल्लाहकारहरुको अथित्यतामा भएको कार्यक्रममा सल्लाहकार राजाराम तजले र न्हुछे बहादुर खाताखोले आ–आफ्नो विचार राख्दै संस्थाको प्रगति विवरण बारे आफूहरु सन्तुष्त रहेको र यस्तै क्रियाशीलता, कार्ययोजनाहरु कार्यान्वयन गर्दै जानु पर्ने भन्नु भयो । संस्थाका सचिव, कोषाध्यष तथा लेखापरीक्षण संयोजकले आ–आफ्नो प्रतिवेदन वाचन गरेका तथा विद्यमान रहेका विभिन्न कार्यविधि मध्ये संस्थाका सचिव लक्ष्मी प्रसाद चवालले संचालक समितिले विभ्भिन समयमा संशोधन भएका आठ वटा कार्यविधि १८ औं साधरण सभाबाट अनुमोदनका प्रस्तुत गरी पारीत गरियो ।
संस्थाका विभिन्न उपसमितिहरुका संयोजकहरुले आफ्नो प्रतिवेदन पेश गर्नु भयो भने उक्त साधारण सभामा मिति २०८२ असोज ११ गते सम्म ७० वर्ष पार गरेका जेष्ठ सदस्य १२ जनालाई दोसल्ला ओदाई सल्लाहकार बालमुकुन्द बासुकला र सल्लाहकार कृष्ण प्रसाद लाखाले सम्मान गरियो । सभा आ.व. २०८१÷०८२ मा असल नियमित बचत कर्ता ६९ जना मध्ये ३ जना, असल बाल बचत कर्ता ३८ जना मध्ये ३ जना र असल ऋणी ३३ जना मध्ये ३ जनालाई गोलाप्रथा गरी प्रशंशा पत्र तथा मायको चिनो वितरण गरियो । कार्यक्रम स्थानिय नगाँचा बाँसुरी बाजाको बाजा धुनसंगै जेष्ठ शेयर सदस्यहरु मध्येका जेष्ठ शेयर सदस्य राम केशरी प्रजापतिले उद्घाटन गर्नु भयो साथै नगाँचा भजन समूहले वर्तमान देशको समसामयिक विषयमा गीतहरु प्रस्तुत गर्नु भयो । 
 

Comments