शंखधर साकोसको सञ्चालन नाफा ८५ लाख


असोज ११, २०८२, शनिबार | दिउँसो ०२:०४ बजे | 260


शंखधर साकोसको सञ्चालन नाफा ८५ लाख

मध्यपुर थिमि । राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट स्थापित शंखधर बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिले गत आव २०८१÷०८२ मा ८५ लाख २३ हजार २ सय ३५ रुपैयाँ सञ्चालन नाफा गरेको छ । संस्थाको असोज ११ गते शनिवार सम्पन्न १८ औं बार्षिक साधारणमा वितरण गरेको बार्षिक प्रतिवेदनमा सो कुराको उल्लेख गरेको छ ।

उक्त नाफा अघिल्लो आव २०८०÷८१ को तुलनामा ५ लाख ६० हजार ६ सय ६९ रुपैयाँले बृद्धि पनि हो भने अघिल्लो आवमा ७९ लाख ६२ हजार ५ सय ६६ रुपैयाँ सञ्चालन नाफा गरेको थियो । सभामा सहकारी शिक्षा प्रदान गर्नुहुँदै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले केही सहकारी संस्थाहरुले व्यक्ति केन्द्रीत तथा सहकारी नीति, नियम, ऐन भन्दा बाहिर गएर सञ्चालन गरेका संस्थाहरु धरापमा परेको भन्दै समग्र संस्थाहरु नै धरापमा परेको भन्दै हिड्नु गलत भएको बताउनुभयो । सभामा संस्थाका अध्यक्ष श्यामकृष्ण बसि श्रेष्ठले बार्षिक प्रतिवेदन पशे गर्नुहुँदै समुदायमा छरिएर रहेको ससाना पुँजीलाई एकीकृत गरी सहकारी मूल्य मान्यतालाई मनन् गर्दै समाजमा रहेका सबै वर्गको आर्थिक, सामाजिक, साँस्कृतिक उत्थान एवं आर्थिक विकास गरी समाज रुपान्तरणमा महत्व पूर्ण योगदान पु¥याउँदै आईरहेको बताउनुभयो ।

सदस्य सेवामा समर्पित भएर संस्था सञ्चालन गर्दै आईरहेको भन्दै अध्यक्ष बसि श्रेष्ठले संस्थालाई नीति, विधि र प्रविधिका साथ अघि बनाउनका लागि पर्ने नीति, नियम तथा कार्यविधि तर्जुमा गरी लागु समेत गरिसकेको बताउनुभयो । सभामा संस्थाका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले गत आव २०८१÷०८२ मा भएगरेका विभिन्न सामाजिक गतिविधि सहतिको प्रगति प्रतिवेदन पेश गर्नुहुँदै सहकारी यात्रामा अगाडी बढिरहेको संस्थाले सहकारी सिद्धान्त र मुल्यमान्यतालाई पालना गर्ने सदस्यहरुलाई भेदभाव तथा पक्षपात रहित ढंगले सरल वित्तिय सुविधा गराउने र सामाजिक तथा गैरवित्तिय क्रियाकलापहरुमा सम्पूर्ण सदस्यहरुलाई सक्रिय सहभागिता गराउने गरेको बताउनुभयो । बार्षिक साधारण सभामा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका जेष्ठ नागरिक सदस्य ज्ञानीलाल श्रेष्ठ र चेजलक्ष्मी श्रेष्ठलाई दोसल्लाह, न्यायो तथा पोसिलो खानेकुुरा र फोटो सहितको सम्मान पत्रले विशेष सम्मान गरेको थियो भने नगदेश सिद्धिगणेश नित्य भजन खलःलाई ५० हजार नगद राशिसहितको अक्षयकोषको स्थापना गर्दै सम्मान र नगरभित्रका विभिन्न ४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरु क्रमश बालप्रेमी माध्यमिक विद्यालयका मिनकुमार श्रेष्ठ, आदर्श माध्यमिक विद्यालय लाय्कुका कृजना प्रधान, गणेश माध्यमिक विद्यालय नगदेशका नविन कार्की र सिद्धिकाली माध्यमिक विद्यालयका नवल बाईवालाई समेत छात्रबृत्ति प्रदान गरेको थियो । त्यसैगरी शेयर सदस्यका छोराछोरीहरुमध्ये एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने मानस श्रेष्ठ र अनुष्का माकजुलाई समेत विशेष सम्मान गरेको थियो । सभामा आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाका कोषाध्यक्ष न्हुछेराज बज्राचार्यले संस्थाले गत आर्थिक बर्ष २०८१÷०८३ को अन्तसम्ममा ३ हजार ५ सय १५ जना शेयरसदस्यहरुबाट ४ करोड ७१ लाख ४३ हजार ८ सय रुपैयाँको शेयर पुँजी संकलन गर्न सफल भएको बताउनुभयो । कोषाध्यक्ष बज्राचार्यले संस्थाले सोही अवधिमा विभिन्न शिर्षकका बचत खाताहरुबाट ४९ करोड ८९ लाख ७ हजार ४ सय ५ रुपैया बचत संकलन गर्दै ३६ करोड २६ लाख ९७ हजार ४ सय ८५ रुपैयाँ ऋण लगानी गरेको समेत बताउनुभयो । संस्थासँग सो आवमा ६० करोड ३६ लाख ५० हजार ६ सय ५१ रुपैयाँको सम्पत्ति दायित्वको वासलात रहेको छ भने जगेडा कोषमा ३ करोड ३४ लाख १८ हजार ५१ रुपैयाँ रहेको छ भने अन्य कोषमा ६४ लाख ६९ हजार ८ सय ८९ रुपैयाँ रहेको छ । सभामा संस्थाका उपाध्यक्ष केशवमान श्रेष्ठ, लेखासुपरिवेक्षण समितिका संयोजक हिरारत्न बज्राचार्यलगायतका व्यक्तिहरुले सहकारीको महत्वका विषयमा बोल्नु भएको थियो ।

Comments