लायन्स क्लवद्वारा बृहत् दन्त शिविरकाे आयाेजना


असोज ९, २०८२, बिहीबार | साँझ ०४:३३ बजे | 305


लायन्स क्लवद्वारा बृहत् दन्त शिविरकाे आयाेजना

मध्यपुर थिमि । मध्यपुर थिमिमा शिक्षा, स्वास्थ्य र सामाजिक क्रियाकलाप गर्ने उद्देश्यले स्थापित लायन्स क्लव अफ मध्यपुर थिमिले २ दिने बृहत् दन्त शिविरकाे आयाेजना गरेकाे छ । गत भाद्र १६ र १७ गते स्थानीय आर्दश माध्यमिक बिद्यालय लायकुमा उक्त २ दिने बृहत् निशुल्क दन्त शिविरकाे आयाेजना गरेकाे क्लवका अध्यक्ष भुवन प्रजापतिले जानकारी दिनुभएकाे छ । समाज डेण्टल हस्पिटल राद्ये राद्येकाे सहकार्यमा आयाेजित उक्त शिविरमा बिद्यालय करिव ९ सय २३ जना बिद्यार्थी तथा शिक्षकशिक्षिकाहरूकाे दन्त परिक्षण गरेकाे थियाे । हस्पिटलका डाक्टर कृष्ण मिलन पाण्डेकाे नेतृत्वमा अन्य ७ जना डाक्टरकाे टाेलीले परिक्षण गरेकाे साेही अवसरमा निशुल्क टुथब्रस तथा मञ्जन समेत बितरण गरेकाे थियाे ।

Comments