बाबा साकोसको २० औं बार्षिक साधारण सभा


असोज ८, २०८२, बुधबार | दिउँसो ०३:१८ बजे | 250


बाबा साकोसको २० औं बार्षिक साधारण सभा

मध्यपुर थिमि । बाबा बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिको २० औं बार्षिक साधारण सभा असोज ४ गते शनिवार सम्पन्न भएको छ । बार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै संस्थाका अध्यक्ष उमेश श्रेष्ठले सरकारले सहकारीलाई अर्थनीतिमा तिन खम्बा मध्ये एक खम्बाको रुपमा स्विकारी नीति, नियम, ऐनमा आधारित रहने गरी सहकारी संस्था सञ्चालनमा स्विकृत दिई लिई सञ्चालनमा रहेको कुनै कुनै सहकारी संस्था विभिन्न कारणले धरापमा परेको सूचना सम्प्रेषण भईसक्दा र देशभर व्यवस्थित रुपमा सञ्चालन भैरहेको संस्थामा हेर्ने दृष्टिकोणमा पनि केही भिन्नता पाई रहेको अवस्थामा सम्पूर्ण शेयरसदस्यहरुले विश्वास गरि यस संस्थामा आर्थिक कारोबार गरि संस्थाको उन्नती प्रगतिमा निरन्तर साथ र सहयोग दिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले संस्थाले आगामी दिनमा शेयरसदस्यहरुको हित हुने गरी सहकारी सिद्धान्त, ऐन नियममा रही सहकारी विभागको निर्देशन अनुसार उपयुक्त सहकारीहरुसँग आवश्यक्ता अनुसार एकीकरण गर्ने समेत विशेष प्रस्तावको रुपमा पेश गर्नुभएको थियो । सो अवसरमा संस्थाका कोषाध्यक्ष प्रेमरत्न मानन्धरले आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाले गत आर्थिक बर्ष २०८१÷०८२ को अन्तसम्ममा १ हजार ५ सय १४ जना शेयर सदस्यहरुबाट ५ करोड ३४ लाख ९३ हजार ७ सय रुपैयाँको शेयरपुँजी संकलन गरेको बताउनुभयो । कोषाध्यक्ष मानन्धरले सोही अवधिमा विभिन्न शिर्षकका बचत खाताहरुबाट ३६ करोड ९५ लाख ८९ हजार ८ सय १० रुपैयाँ बचत संकलन गर्दै २४ करोड ९५ लाख ४८ हजार ६ सय ३० रुपैयाँ ऋण लगानी गरेको समेत बताउनुभयो । संस्थासँग सोही आवको अन्तसम्ममा ४७ करोड ३ लाख ९९ हजार ११ रुपैयाँको सम्पत्ति÷दायित्वको वासलात रहेको छ भने २ करोड ६८ लाख ८ हजार ३ सय २० रुपैयाँको विभिन्न कोषमा रहेको छ । त्यसैगरी संस्थाले करअघि ४३ लाख ६८ हजार ३ सय ८५ रुपैयाँ सञ्चालन नाफा गरेको छ । सभामा संस्थाका सचिव ज्ञानहरि श्रेष्ठले संस्थाले सोही आर्थिक बर्ष २०८१÷०८२ मा भएगरेका विभिन्न सामाजिक गतिविधिहरु सहितको प्रगति प्रतिवेदन पेश गर्नुहुँदै शेयर सदस्यहरुको हितलाई मध्यनजर गर्दै आकस्मिक दुर्घटनाबाट मुत्य भएमा २ लाख सम्मको बीमालाई निरन्तरता दिएको भन्दै आगामी बर्षमा गरिने विभिन्न कार्यक्रमहरुको जानकारी समेत दिनुभएको थियो । आव २०८१÷०८२ मा शेयर सदस्य तथा शेयर सदस्यका छोराछारीहरुहरुले कुनै पनि संकायमा स्नाकोत्तर उत्तीर्ण गर्ने शेयर सदस्यहरुलाई समेत विशेष सम्मान गरेको साही अवसरमा संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक ज्ञानराम श्रेष्ठ, पूर्वअध्यक्ष नविनप्रकाश श्रेष्ठलगायतले सहकारीको महत्वका विषयमा चर्चा गर्नु भएको थियो । — आर.के ‘थिमि’

Comments