जीवनको उत्तरार्धमा सभ्यताको तरङ्ग
असोज ८, २०८२, बुधबार | विहान ०९:२७ बजे | 135
यज्ञबहादुर कार्की
गुण्डु, भक्तपुर
जीवनको आफ्नो गति प्रकृतीको आधारमा आधारभूत नियमित गतिमा चल्दोरहेछ । काल क्रममा जे,जे,जुन,जुन परिवर्तन हुनुपर्दाे रहेछ वा भए जुन, जुन अवस्थाहरु आउनु पर्नेरहेछ वा आए र तिनीहरुबाट हाम्रो जीवनमा जे, जे जस्तो, जस्तो ल्याइदिनु पर्नेरहेछ ल्याईदिए । त्यसप्रति एकक्षण घोत्तलिएर सोच्दा लाग्छ यहाँका जुन, जुन रङ्ग ढंग र हाम्रा गतिविधि माथिका हाम्रा मनका नियन्त्रण पनि कहिँ कहिले कहिँ सन्तुलित हुन सकेनन कि ? सोच्न वाध्य नै हुनुपर्दछ । एक अर्थले हेरिदा मानवका सम्पुर्ण गतिविधिहरुले, मानविय हित र पारस्परिक सहयोग र भाईचारा नराख्दासम्म नयाँ सभ्यताको अभियुदय हुनै सक्दो रहेनछ । यसै मत मतान्तरको जगमा बसेर आधारभुत सभ्यता निर्माणमा नेपालले के कति नयाँपनको नयाँ शक्तिको नयाँ सभ्यताको विकाश गर्याे भनी हेर्ने मनशुवा भई अहिले आएर यो डिजिटल युग, र यो ग्लोवल सोसल मिडियाको युगमा पनि यसैका माध्यमबाट यो जमानामा यो देखियो कि यसमा मानिसका स्वार्थ, स्वार्थ र राष्ट्र, राष्ट्रका स्वार्थका आपसी टकराव र सघर्षले झनै मानविय सभ्यतालाई निमिट्यान पार्ने दिशातर्फ नै बढी केन्द्रीकृत उन्मुख भएको पाईयो, तब त मानवका स्वार्थ र चरित्रहरु कतिसम्म उदाङ्गीन गएका छन भनी चैतन्यले छामि हेर्दा सुरुका जंगली अबस्थाका जुन अवशेषहरु हामी भित्रका हर कणमा थिए ,वा छन तीनै बेला बखत प्रस्फुटन भएर आईरहेका पायौ तर तिनै भोली जीवनमा बहुमुल्य हुनेछन भन्ने नभै बिनाशकारी हुने नै छन भन्ने हेक्का समेत राख्न नसक्ने हाम्रा तुच्छ स्वार्थ र बहुलठ्ठीपन हृदयाकासमा उडान भरिरहेकाहरुले नै बिकाशमा तुषारापात हुँदै गईरहेका हाम्रा तरङ्गका भेलहरुले आज हामीलाई यहाँसम्म ल्याएर छोडेको हो भन्ने मान्नै पर्दछ नै । खै के का खातिर हामी के गर्दैछौ ? र किन गर्दैछौ र कसकालागी गर्दैछौ ? भन्ने र यसका गम्भीर असर मानवीय हितमा किन र कसरी प्राकृतिक उदभवमा समेत गरि सवै माथी पर्दछन भन्नू र सो को हेक्का नराख्नुहामीलाई परिवर्तित हाम्रा रासाईनिक कणहरुले यस जीवनमा यहिनै असर पारेकै हो र छ । के रहेछ त मानविय सभ्यतामा मानवका उसभित्रका सदगुण र उच्चस्तरीय चेतन भनिदै तरङ्गीत रासाईनिक कणले दिलाउने नयाँ र गजवको पन मैले यश जीवनको उत्तरार्धमा पनि भ्याएसम्म बुझेरै पनि बुझ्न सकिन ( बुझे भन्ने भ्रम पालिरहेँ ।
यस युगमा पनि भलै देश र सभ्यताले कसरी फडको मारिरहेछ भनेर अचम्मका बिद्दता छाटने र त्यसलाई नै प्रखर
मान्ने हरुको ठुलो जमातहरुमा म परिन हुन पनि त्यस्ता अचम्म अचम्मका पुडिया पुडिया का विद्दताहरु पस्किएर अरुलाई झनै आश्चर्यचकित तुल्याउने जो कोहिले जे जे खोजे पनि एकाध समयमा ठुलै शक्तिमा पुगेको परिदृष्यमा पुगेको व्यक्तिले देखाउने पौरुषत्वले पारेको प्रभाव र समुल नष्ट गर्न
खोजीरहेको सभ्यता र संस्कारलाई अरु जसरी हेर्दछन हेरुन
म चाहिँ त्यहि संस्कारलाई त्यहिबाट जोडेर हुर्नु पर्दछ भन्ने मान्यता बोक्दछु र यो मेरो वैयक्तिक स्वतन्त्रताको एक सानो झिल्को हुन सक्दछ र म त्यसलाई गलत पश्चाताप भित्र पार्न चाहन्न पनि ।
युग सापेक्ष जीवनधारामा पनि जीवन परिवर्तन हुँदै जाँदो रहेछ र जीवन चर्यामा पनि रङ्गहरुको रङ्ग परिवर्तन भै जाँदो
रहेछ सबै भन्दा बेशी गजव त यो पनि देखिन सक्छ की नसोचेको अनावश्यक भवितव्य देखिने भ्रम नबुझ्दा क्रोध मिश्रित धुर्तता जन्म गराई अज्ञातको दिशाभिउन्मुख भैजाँदो
रहेछ । केही न केही भवितव्य कहि न कहि आधार विन्दु विना उत्पन्न हुनै सक्दैन र त्यहि भवितव्यले मानवको मनुष्यत्व पनि समुल नष्ट भ्रष्ट पार्न खोज्दोरहेछ मानौ भवितव्यले मानवको मानवत्वको रक्षा पनि गर्दाे रहेछ भन्ने आधारभुत प्रमाणीक
तर्क विसंगतिलाई पनि स्विकार्दै जाने जमात ,समूह ,या ठुलैअनभिज्ञ भिड वा समुहायहरुलाई कसरी बिस्तापित गर्न सकिला र ? यहि महादुनुभुत को स्पर्शले गिजोलिएको तरङ्गमा परेको मनोव्यथा र दुःखाक्रान्त र पछि पर्न जाने शोकाक्रान्तले
उत्पन्न हुनेहुदोरहेछ । कर्म पद्धतिलाई मान्दा र नमान्दा पनि जुन फरक पन जीवनमा जीवलाई ल्याँउदछ यसलाई मान्न करै लाग्दछ । यसर्थ यसै परिप्रेक्ष्यमा हामी हाम्रा सुयोग्य कर्मद्दारा जे प्राप्त गर्न सक्दछौ यानी ज्ञानको अग्नीदेव भने फेरि त्यसकै ठिक विपरित गर्दछौ भने के अचम्म भयो र ? तिमीले पैदा गरि प्राप्त गर्ने धुम्र पिशाच नै हो त्यस कारण यहि अहिले या यो चलिरहेको सामाजिक जंजाल मै अल्झिएर एकै क्षण भए पनि अत्यल्पता का कारण शक्की हुनेछौ भन्नेमा मान्न करैलाग्दछ यसर्थ हेर्दै जाँदा मुल्यवान समयले मुल्यवान जीवन
लाई परिवर्तन गर्ने एक शक्तिशाली अदृश्य चक्र पनि हो , पन नयाँ अवस्थालाई जुन ढंगले हेरे पनि ,जसरी बुझे पनि जीवनको यो उत्तरार्धमा सबै फिकाहुने रङ्गहरु अर्को चमकिलो
रङ्गहरुलाई मिश्रण गर्न मिल्दैन न त त्यसले नयाँ सभ्यताकै
निर्माण गर्दछ जसरी यो धमिलिदै जादैछ त्यसरीनै पुरानो सभ्यतालाई छाडदै त्यसैको स्थानमा नयाँ सभ्यताले जग हाल्दछ तर जगहाल्न जान्नेले नयाँ सभ्यता नभत्किने गरि असंस्कृत अर्ध–संस्कृत या संस्कृतहिन का अलावा सुसंकृतको जग हाल्न जानेन भने वा जगहाल्नेले चेतनशिलभै
जग हाल्ने कोशिस गरेनन भने त्यसले चाढैनै उसका चम्किरहेका रङ्गहरुमा फुश्रो र धमिलोपनलाई पनि देखाउँदै चमक छाडदै जान्छ नै यसर्थ ले यो जीवनको उत्तरार्ध नयाँ सभ्यताको निर्माणमा रङ्गहरु मिश्रण नगर्ने र विद्दन्मणीहरु द्दारा एक जुट भै लाग्दा मुग्ध हृदयले मुग्ध हर्षसाथ गर्नु श्रेयकर हुन जान्छ नै विमति नराखे हुन्छ । यश मुलुकमा जन्मेको नाताले बस जन्मेको नाताले नयाँ सभ्यताको निर्माणमा रङ्गहरु मिश्रण गरिदिने प्रलोभनीहरुले हैनकी
नयाँ चमकलाई धमिलो पार्न नदिने जीवनलाई आफ्नो दृस्ठि ले हेर्न चाहने तिब्र लालसाको वेगमा चाढैनै शिथिलीकरण नहुदै ,रङ्गको रङ हिन वन्न नखोज्दै दौड लगाएसम्म हारको हैन जितको धुमधामसंग उत्सव मनाउँने हो है यहि बुझिदिएमा कुनै पनि तरङ्गलाई मनपरि दिमागमा अस्थ व्यस्तसंग नउठाउदा अज्ञानाधंकार हटि ज्वोती पुंञ्ज उठदछ नै , निश्चय नै उठदछ नै तब त नचाहिदो भ्रमको को किन पछि दगुर्ने ? तब त सबैको यो दिग्भ्रमीत चेष्टा को अन्त्य गर्न सक्ने यहि एक मात्र उपाए हो र यसैबाट चेतन को साम्य समुन्द्रमा बुद्ध हुन का लागि बुद्धि समाहित हुन जावोस भनी दिएँ है ।
अब गर्ने के त ? ठिक लाग्दछ भने
निम्न तरिकाहरुलाई अवलम्बन गरौ की ?
१. जी .एन .जी .द्दारा गरिएको आन्दोलनमा सदाहत हुनु भएका सम्पुर्ण भाइ वैनी प्रती गहिरो शोक व्यक्क्त गर्दै वहाहरुको परिवारलाई धैर्य धारण गर्न ईश्वरले प्रेरणा प्रदान गरून् ।
२. यो अपुरनिय क्षतिको जिम्मेवार बहन कस्ले गर्नु पर्दछ ? भन्ने आम जनमानसलाई अबगत भैसकेकोले यस्मा मेरो थप केही भन्नू पर्ने छैन ।
३.लोक तन्त्र र बिधिको शासन नभै कुनै पनि पद्धति दिगो र
देश तथा जनतालाई सम्बृद्दी तर्फ गई उँभो लाग्न सक्दैन र बिध्यमान अवस्थामा भएका यी सवै ती हुन नसक्दाकै परिणाम हो भन्ने सत्य सावित भएकै हो तसर्थ अब देशमा दिगो बिकाश र अमनचैन पहिलो पुर्वाधार रहेको न नकारौ
त्यसैलाई दिगो राख्ने कोशिस सबैबाट गरौ ।
४.अब दिगो बिकाश र बिकाशका पुर्वाधारहरु पनि छिटो छिटो ल्याँउनु एकातर्फ छ भने अर्काे तर्फ निश्चित तोकिएको समयमा चुनाव पनि हुन अनिवार्य नै छ यसैले यो जिम्मेवारी यो अन्तरिम सरकारलाई परेको सबैलाई अबगत छ नै अतः
मेलजुल भै सबै बढनु जरुरी नै छ ।
५. न्याय सामान्य जनताले पनि सर्व सुलभ र सर्वमान्य गराउनु नितान्त जरुरी छ र आम नेपाली समाजले स्विकार गर्न सक्ने गरि नियम कानुनहरु नबनुन्नजेल अध्यादेश मार्फत वन्दै जावोस र साथै न्याय क्षेत्रमा कुनै हस्तक्षेप नहुने र स्वतन्त्र न्याय पालिका हो भन्ने उदारहणिय बनोस ।
६. सवै क्षेत्रमा सवै योग्य मानीसले स्थान पाउन , पद प्राप्ति को अबस्था योग्यता र दक्षताको आधारमा हुने हवस ।
७. मुलुक अन्यौल र अराजकता तर्फ नधकलियोस ।
८. सभ्यता मुलक समाज वनाउन सबैक्षेत्रलाई आव्हान गरि
सोहि वमोजिम रुपरेखाहरु तयार पारियोस ।
लोक तन्त्रको मुलाधार भन्नुनै निर्वाचन प्रणालि भएकोले
नागरिकको मत दिन पाउने अधिकारलाई कुंठित नपारि
लोकहितानुकुल संविधानका दफाहरु परिमार्जित गरियो
९. जो कोई पनि चुनाववाटै राज्यको शिखर पदमा पुग्ने
हुदा त्यसकालागी स्वच्छ र स्वतन्त्र चुनावका नियम र निर्देशिका वनोस र संम्भव भएसम्म ईलोक्ट्निक चुनावी
व्यवस्थाद्दारा मतदान होस र राष्ट्रिय या अन्तर्राष्ट्रिय परिवेक्षक
द्दारा अनुगमनका विधिहरु ,तर्जुमा गरियोस ।
९.मानवाधिकार कोविश्व व्यापि मान्यतालाई नेपालले पनि पालना गर्नका खातिर त्यस संस्था मा निस्पक्षिय र स्वतन्त्र र निर्भिक भै काम गर्न सक्ने मानिसहरु राख्नु पर्दछ
१०. कर्मचारी तन्त्रमा समय र अबस्थानुसार परिवर्तन गरि
लोक कल्याणकारी राज्य वनाउन गहन भुमिका निर्वाह गर्न सक्ने कर्मचारी नयाँ भर्ना र भएकालाई तालिम र अनुशासित ढंगले रहने कानुन वन्नु पर्दछ ।
अन्त्यमा अहिले नेपालसामु चार ठुला भयानक चुनौतीहरु आएका छन ती हुन (क) आर्थिक संकटबाट देशलाई कसरी मुक्त गराउने ?
(ख) राजनैतिक जटिलतालाई स्थिरता तर्फ कसरी लैजाने ?
(ग) नेपाली समाजको सामाजिक संरचनलाई कसरी जोगाउने ?
यी कुराहरुलाई मनन गरि नेतृत्व लिनेले गम्भीरता पुर्वक कार्यान्वयन गराउन सक्नु पर्नेछ तबमात्र सुखि नेपाल राम्रो नेपाल बन्नेछ र अन्तर्राष्ट्रिय सम्वन्धमा पनि नेपालले पक्षपातमा नचलि निस्पक्ष ढंगले ले भुमिका निर्वाह गर्नसक्नु पर्दछ र
(घ) छिमेकी संगको कुटनैतिक सम्वन्धका बारेमा पनि दुवै मुलुकका राष्ट्रियहित , पारस्पारिक सहयोग र सौहाद्र्र पुर्ण वातावरण बनाउन जोड दिनुका साथै छिमेकीसंग सम्वन्धमा सन्तुलन मिलाई राष्ट्र निर्मा्णमा अघि वढाउनु पर्दछ ।
अस्तु ।
