समय बचतको साधारणसभा सम्पन्न


असोज ६, २०८२, सोमबार | साँझ ०४:३५ बजे | 530


समय बचतको साधारणसभा सम्पन्न

भक्तपुर, असोज ६ । कुनै विशेष अतिथि विना पहिलोपटक समय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ आैं साधारणसभा सोमबार सम्पन्न भयो ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति श्यामसुन्दर बेकोजूले सहकारीको आफ्नै स्वनियममा चल्ने सहकारीको सिद्धान्त विपरीत बैंक तथा वित्तीय संस्थालाई सहयोग पुग्ने गरि संघीय सरकार, नेपाल राष्ट्र बैंक, सहकारी विभाग तथा सहकारी नियमण प्राधिकरण एकीकृत रूपमा समुदायमा आधारित सहकारीलाई खुम्च्याउन खोजेको बताउनुभयो । संस्थाका उपाध्यक्ष चन्द्रकृष्ण  ग्वाछाले आर्थिक लेनदेन भन्दा पनि सामाजिक उत्तरदायित्व बहन स्वरुप रक्तदान, सरसफाइ कार्यक्रममा सहभागितासँगै सदस्यहरूको व्यावसायिक प्रवर्द्धनकाे लागि सीपमूलक तालिम संचालन गर्दै आएको बताउनुभयो । संस्थाका सचिव लक्ष्मीप्रसाद छुस्याबागले सहकारी नियमन प्राधिकरणको नयाँ नीतिनियम सदस्य र सहकारीको लागि बाध्यात्मक परिस्थितिमा समेत सदस्यहरूको हितका लागि विचलित नभई सेवामा निरन्तर खट्ने बताउनुभयो । संस्थाका कोषाध्यक्ष लक्ष्मीप्रसाद गाइजूले सहकारी पीडितलाई राहत हुने कुनै पहल नगरी नयाँ सहकारी नियमन प्राधिकरणले अरबाैंको हिसाबकिताब छल्ने सहकारी ठगहरुलाई प्रशय दिईरहको बताउनुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक विक्रम ढुकुछुले सहकारी नियमन प्राधिकरणको नयाँ नीतिनियमबाट सदस्यको बचत अधिकारलाई कुण्ठित गरि समुदायमा आधारित सहकारी संस्था सञ्चालनमा समस्या ल्याउने बताउनुभयो ।

साधारण सदस्यहरु बीचको छलफल तथा टिप्पणी एवम् सुझावअनुसार आव २०८१/८२ को संचालक समितिका सचिवको प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजकको प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गरेको आव २०८१/८२ को स्रोत तथा उपयोगतर्फ तीस करोड सात लाख तीस हजार छ सय अठ्तीस दशमलव त्रियानब्बे पैसा तथा आम्दानी र खर्च तर्फ दुई करोड उन्नअसी लाख पच्पन्न हजार अठ्ठाइस दशमलव चाैहत्तर रूपैयाँको आर्थिक प्रतिवेदन तथा आव २०८२/८३ को स्रोत र उपयोग तर्फ तेत्तीस करोड सात लाख चवन्न हजार दुई सय उन्ननअसी रूपैयाँको अनुमानित बजेट तथा करसहित ९ प्रतिशत लाभांश सर्वसम्मतिले पारित गरेको थियो । संस्थाका व्यवस्थापक कृष्णप्रसाद दुवालले साधारणसभामा ६३.८२ प्रतिशत सदस्यहरू तथा ९० प्रतिशत बालबचत सदस्यहरुको को उपस्थिति रहेको जानकारी दिनुभयो ।

Comments