शुभदिब्यश्वरी साकाेसकाे १८ औं बार्षिक साधारणसभा
असोज ६, २०८२, सोमबार | विहान ०७:४१ बजे | 230
मध्यपुर थिमि । "उज्जवल भविष्यकाे लागि सहकारी भावनालाई जगाऔं " भन्ने मुल नाराका साथ सञ्चालित शुभदिब्यश्वर बचत तथा ऋण सहकारी संस्था लि मध्यपुर थिमि स्वंगापुखुकाे १८ औं बार्षिक साधारण सभा असाेज ४ गते शनिवार सम्पन्न भएकाे छ । संस्थाका जेष्ठ नागरिक सदस्य पृथ्वीमान भासिमाकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णमान प्रजापतिले बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुहुँदै समाजमा छरिएर रहेका पुँजीलाई एकीकृत गरि समाजमा नै सिपमुलक कार्यक्रम गर्दैदसामाजिक, शैक्षिक, साँस्कृतिक, कृषि, आर्थिक तथा ब्यक्तित्व बिकासका लागि टेवा पुर्याउँदै आईरहेकाे र आगामीदिनमा पनि यस्तै कार्य गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । देशकाे बित्तीय क्षेत्रमा देखिएकाे तरलता ब्यवस्थापन समस्याले सहकारी क्षेत्रमा पनि नकारात्मक प्रभाव परेकाे भन्दै अध्यक्ष प्रजापतिले केही सहकारी संस्थाहरूले सहकारी ऐन, नियम, विभागकाे निर्देशनकाे बेवास्ता गरि ब्यक्तिगत ईच्छा र चाहना अनुसार संस्था सञ्चालन गरेका कारण त्यस्ता संस्थाले बचतकर्ताकाे बचत फिर्ता गर्न नसकि सहकारी संस्थाहरूकै बदनाम हुँदै गईरहेकाे बताउनुभयाे । सभामा संस्थाका काेषाध्यक्ष मेनुका भासिमा गत आर्थिक बर्ष २०८१/८२ काे अन्तसम्ममा ८ सय ५९ जना शेयरसदस्यहरूबाट ८७ लाख ४० हजार ९ सय रूपैयाँ शेयरपुँजी संकलन गर्न सफल भएकाे बताउनुभयाे ।
संस्थाका काेषाध्यक्ष भासिमाले संस्थाले साेहि अवधिमा ७ कराेड १४ लाख ८६ हजार ८ सय ६८ रूपैयाँ बचत संकलन गर्दै ५ कराेड ६९ लाख ५० हजार २१ रूपैयाँ ऋण प्रवाह गरेकाे समेत बताउनुभयाे । संस्थाले उक्त आवमा ९ लाख ८७ हजार ३ सय ५३ रूपैयाँ सञ्चालन नाफा गरेकाे भन्दै काेषाध्यक्ष भासिमाले संस्थासंग ८ कराेड ३७ लाख २३ हजार १ सय ८९ रूपैयाँकाे वासलात र जगेडाकाेषमा १३ लाख ३३ हजार ४ सय २८ रूपैयाँकाे रहेकाे बताउनुभयाे । संस्थाका सल्लाहकार एवं वडा नं.६ का नगरसभासदस्य तुल्सिराम प्रजापतिले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरिएकाे साे सभामा संस्थाका सचिव माेहन मकै प्रजापतिले संस्थाले बर्षभरी भएगरेका विभिन्न गतिविधि सहितकाे प्रगतिप्रतिवेदन पेश गर्नु भएकाे थियाे । साेही अवसरमा जिल्ला सहकारी संघ लि.भक्तपुरका उपाध्यक्ष बिरेन्द्रभक्त प्रधानाङ्ग, लेखापरीक्षक रामगाेबिन्द प्रधानाङ्ग, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका तालिम प्रशिक्षक तुल्सीहरी प्रजापति, उपाध्यक्ष ईश्वर श्रेष्ठ, लेखासुपरिवेक्षण समितिका संयाेजक महेन्द्र प्रजापतिलगायतका ब्यक्तिहरूले सहकारीकाे बर्तमान अवस्थाका बिषयमा बाेल्नु भएकाे थियाे । सभामा संस्थाका जेष्ठ नागरिक लक्ष्मी प्रजापति र राम श्रेष्ठलाई जेष्ठ सदस्य सम्मान समेत गरेकाे थियाे ।