सिद्धिकाली साकाेसकाे १८ औं बार्षिक साधारण सभा
असोज ५, २०८२, आइतबार | दिउँसो १२:०६ बजे | 535
मध्यपुर थिमि । असाेज ४ गते शनिवार । सिद्धिकाली बचत तथा ऋण सहकारी संस्था लि मध्यपुर थिमिकाे १८ औं बार्षिक साधारण सभा आज असाेज ४ गते शनिवार सम्पन्न भएकाे छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कृष्णगाेबिन्द लाखाजुले सहकारी शिक्षा दिनुहुँदै सामाजिक तथा आर्थिक बिकास मा टेवा पुर्याईरहेकाे सहकारी क्षेत्रमा केही गलत प्रबृत्तिका ब्यक्तिहरूले प्रवेश पाएकाे र सहकारी भनेकाे सदस्य र समाजका लागि हुनुपर्नेमा सञ्चालकहरूले बचत रकम दुरुपयोग गर्नाले त्यस्ता सहकारी संस्थाहरूमा समस्यामा परेर बचतकर्ताहरूकाे रकम नै जाेखिममा परिरहेकाे बताउनुभयाे । साे अवसरमा सहकारी संस्थाका अध्यक्ष बिरकृष्ण प्रजापतिले आर्थिक रूपमा पछि परेका समुदायलाई समेटेर ब्यक्ति, परिवार र समुदाय हुँदै सिङ्गाे राष्ट्र समृद्ध बनाउन सहकारीलाई उपयुक्त माध्यमकाे रूपमा सहकारी भएकाे भन्दै स्थानीय स्राेत, साधन, सीप, प्रविधि र पुँजीलाई सदस्यहरूद्वारा नै सञ्चालन भएका आयमुलक र उत्पादनमुलक क्षेत्रमा परिचालन गरी बढि भन्दा बढि लाभ उठाई सदस्यहरूकाे आर्थिक उन्नतीगर्ने काम संस्थाले गरिरहेकाे बताउनुभयाे । आम्दानीबाट खर्च गरेर बाकी भएकाे रकम मात्र बचत गर्नु भनेकाे सहि तरिका नभएकाे भन्दै अध्यक्ष प्रजापतिले बास्तवमा बचत गर्ने सहि तरिका भनेकाे आम्दानीबाट बचत छुट्याएर मात्र खर्च गर्ने बताउनुभयाे । उहाँले सहकारीकाे माध्यमबाट सदस्यहरूलाई आफ्नाे नियमित कमाईबाट बचत छुट्याई बाकी रहेकाे रकम मात्र खर्च गर्ने बानीकाे बिकास गराउने बताउनुभयाे । सभामा संस्थाका काेषाध्यक्ष प्रेमकृष्ण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाले आर्थिक बर्ष २०८१/८२ मा १९ लाख ७८ हजार ३ सय २० रूपैयाँ करअघि सञ्चालन नाफा गरेकाे बताउनुभयाे । काेषाध्यक्ष प्रजापतिले संस्थाले साेही आवकाे अन्तसम्ममा बिभिन्न शिर्षकका बचत खाताहरूबाट १४ कराेड ६१ लाख ४४ हजार ४ सय २७ रूपैयाँ बचत संकलन गर्दै ११ कराेड ३१ लाख ३० हजार ५ सय ४३ रूपैयाँ ऋण लगानी गरेकाे बताउनुभयाे । उहाँले संस्थासंग साेही आवकाे अन्तसम्ममा १७ कराेड १ लाख ३२ हजार ८१ रूपैयाँकाे सम्पति दायित्वकाे वासलात रहेकाे छ भने जगेडा तथा अन्य काेषहरूमा १ कराेड २४ लाख ९६ हजार ८ सय ४४ रूपैयाँ रहेकाे बताउनुभयाे । सभामा संस्थाका सचिव रत्नहरी प्रजापतिले बर्षभरी भएगरेका विभिन्न सामाजिक गतिविधि सहितकाे प्रगति प्रतिवेदन पेश गर्नुभएकाे थियाे भने उपाध्यक्ष माेहनकृष्ण प्रजापति,लेखासुपरिवेक्षण समितिका संयाेजक राकेश प्रजापतिलगायतकाले सहकारीकाे बिषयमा चर्चा गर्नु भएकाे थियाे । सभामा संस्थाकाे बालबचत सदस्य, एसईई उतिर्ण बिद्यार्थी, २०८१ सालमा विभिन्न संकायमा स्नातकोत्तर उतिर्ण शेयरसदस्य, जेष्ठ नागरिक सदस्यहरूलाई समेत विशेष सम्मान गरेकाे थियाे ।