सकियो शुभकामना साकोसको साधारणसभा
असोज ४, २०८२, शनिबार | साँझ ०५:५० बजे | 305
भक्तपुर । शुभकामना वचत तथा श्रृण सहकारी संस्था लिमिटेड भक्तपुरको २५ औ वार्षिक साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले स्थानीयबाट सञ्चालित सहकारीहरुमा ढुक्कसँंग बचत गर्नसक्ने बताउनुभयो । उहाँले सहकारी पैसाको कारोबारमा मात्रै सिमित हुन नहुने बताउनुभयो ।
साधारणसभाका संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, उपाध्यक्ष निर्मला सुवाल, सचिव पुष्पलाल तिमिला, कोषाध्यक्ष धर्मरत्न शाक्यलगायतले पनि बोल्नुभएको थियो ।