सजिलो साकोसको १५ औं बार्षिक साधारणसभा
असोज ४, २०८२, शनिबार | साँझ ०५:१८ बजे | 770
मध्यपुर थिमि असोज ४ गते । ‘सामाजिक तथा आर्थिक समृद्धिका लागि सजिलो’ भन्ने मूल नाराका साथ सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिको १५ औं बार्षिक साधारण सभा असोज ४ गते शनिवार सम्पन्न भएको छ ।
सभामा संस्थाका अध्यक्ष गंगा प्रजापतिले बार्षिक प्रतिवेदन पेश गर्नुहुँदै वर्तमान अवस्थामा देशमा चलिरहेको आर्थिक मन्दी र प्रायजसो संस्थाहरु डुब्ने र भाग्ने क्रम चलिरहेको परिस्थितिमा पनि शेयर सदस्यहरुको निरन्तर अटुट विश्वास अनि रहेकै कारण संस्थाले आज यो स्थान हासिल गर्न सफल भएको बताउनुभयो । वर्तमान परिस्थितिमा संस्थाहरुमा तरलताको चाप बढ्दो र लगानीको क्षेत्र पनि साँघुरो रहेको भन्दै अध्यक्ष प्रजापतिले देशमा यस्तै अवस्था रहयो भने सम्पूर्ण संस्थाहरुको लागि चुनौतीकै विषय बन्ने भएकाले यस विषयलाई गम्भीर रुपमा लिएर यसको समाधानतिर एकजुट भई अग्रसर हुनु अति आवश्यक रहेको बताउनुभयो ।
सभामा संस्थाका कोषाध्यक्ष रीतालक्ष्मी जडालीले आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाले गत आर्थिक बर्ष २०८१/०८२ मा १९ लाख ६३ हजार ४ सय १२ रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको बताउनुभयो । उहाँले सोही आवको अन्तसम्ममा संस्थासँग १ करोड ६७ लाख ६५ हजार रुपैयाँको शेयरपुँजी र विभिन्न शिर्षकका बचत खाताहरुबाट २० करोड ४ लाख ७४ हजार ६ सय ८९ रुपैयाँ बचत संकलन गर्दै १४ करोड ५० लाख ४८ हजार ७ सय ४० रुपैयाँ ऋण लगानी गरेको बताउनुभयो । संस्थासँग सोही आर्थिक बर्षको अन्तसम्ममा २३ करोड २२ लाख ५७ हजार ६ सय ९७ रुपैयाँको सम्पत्ति दायित्वको वासलात रहेको छ भने जगेडा तथा अन्यकोषमा ८७ लाख १३ हजार ६ सय २७ रुपैयाँ रहेको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारी शिक्षा दिनुभएको सोही अवसरमा संस्थाका संस्थाका उपाध्यक्ष बालमुकुन्द प्रजापति, सचिव अजय प्रजापति, लेखासुपरिवेक्षण समितिका संयोजक बलराम प्रजापति, सहकारीकर्मी तुल्सीहरि प्रजापतिलगायतका व्यक्तिले सहकारीको महत्वका विषयमा बोल्नुभएको थियो । सोही अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बालप्रभा माध्यमिक विद्यालयलाई १० हजार नगदसहित र बालबचतकर्ताहरुलाई समेत सम्मान गरेको थियो भने ७ बर्षपछि हालसालै पाेबु टाेलबाट निकालिएकाे एेतिहासिक सल्चा प्याखका कलाकार तथा गुरूहरूलाई समेत बिशेष सम्मान गरेकाे थियाे ।