जेन्जी आन्दोलनको लेखाजोखा छैन ?


असोज ४, २०८२, शनिबार | दिउँसो १२:०३ बजे | 140


जेन्जी आन्दोलनको लेखाजोखा छैन ?

कुमार लघु,ख्वप 
जेन्जीको आन्दोलन जारी छ । सकेको छैन भन्छन् । भरखर आन्दोलने मोड लिन खोजेको छ । जेन्जीको विरूध्द आउन खोज्दैछन् । जेन्जी स्पष्ट माग राखेर आन्दोलन अगाडि वढेको सबैलाई अवगत छ । जेन्जीको आन्दोलनमा घाइते भएका मृतकहरूको लेखाजोजा अझै आउन वाकी छ । कति घाइतेहरू अस्पताल, उपचार गरेर घर कोठामा छटपटाइका छन् । कतिको घर कोठा बाहालमा वसिरहेकाहरू छन् । कोहीको चामल, ग्याँस उपचार गर्नलाई खर्चको अभाव छ । एकजना सामाजिक अभियन्ता आशिका तामाङले आन्दोलनदेखी अहिले आज र हिजोसम्म घरकोठा र अस्पतालमा पुगेर पैसा खर्च गर्न उपचार गर्न ,खान लाउन, कोठा बाहाल तिर्न सहयोग गर्न गैरहेको कसैको नजरवाट लुकेको छैन् । 
               आन्दाोलनमा पनि हुलमै आन्दोलन कर्ताहरूलाई जुस,विस्कूट चाऊचाऊ अन्य खानेकुराहरू दिएर मानविय सेवाको भूमिका निभाउनु भएको छ। उहाँलाई विशेष धन्यवाद छ । मानव सेवा गर्ने पनि एउँटा साहासको कुरा हो । हुलमा जताततै सेवा गर्नलाई कठिन छ । गोलि लाठ्ठि चार्जको भयले सहेए गैरहको तपाईं हामीले देखिरहेका छौ । मानव सेवा गर्नु पनि सेवा नै हो । मेरो विचारमा जेन्जी श ले निश्चित  स्थान नपुगिकन आन्दोलनलाई विचैमा छोड्नु हुन्दैन् ।  लिडर सक्षम खालको हुनु पर्छ । कसैसंग नझुक्ने खालको र राजनैतिक गुणवाट भिजेको हुनुपर्छ । लोभमा फसाउँछ,आर्थिक रूपमा फसाउँछ , होसियारी हुनुपर्छ। 
आन्दोलन विदेशीको भरमा गर्नु हुन्दैन् । विदेशीको दलाल हुन्छ। आन्दोलनकारीहरूको माग वर्तमानको प्रधानमन्त्रीलाई दिएर पूरा भएको सन्देश मार्फत जनतालाई आस्वस्त  गराउन पर्छ । अब फेरि कुनै बाधा अड्न आईरहेका छन् भन्ने फ्याट शुध्दपारी हाल्नु पर्छ । यो हिसावमा मेराो धारणा देशले आन्दोलनकारीले कति देशको निम्ति योगदान दिएर सहिद भए कति अस्पतालमा छन् उपचार गरि कति फर्के भन्ने आफूमा लगत हुनुपर्ने देखिन्छ । आन्दोलन असल छ । नेपाली जनताले ठिक समयमा साथ दिएको अनुमान छ । अब देश संञ्चालन गर्नेहरू असल हुनुपर्छ । यदि देश र जनतालाई घात गर्ने शासकहरू परेमा जनताको आन्दोलनले जति सुकै ठुला तानासाहलाई  पनि हुरी र आँधि र भेलले बगाई लग्न दिनु पर्ने हो। भ्रष्टाचारहरू कुना लुकेर बसेकाहरू छन् त अझै पनि । अबको सरकारले जनताको निम्ति के के हुने भयो । जनताले थाहा लिने अधिकार छ । जनतालाई खोइ कुनै सन्देश दिन पर्ने होईन र ? के अझै आन्दोलन जारी हो? अब फेरि आन्दोलनले पृथ्वीमा फोहर कसिङ्गरले काहालि लाग्दो परिणम आउँछ भनेर सफाचट् पारिदेऊ ।
  आन्दोलन जाय हो बेलामौकामा आन्दोलन जनताको निम्ति होस् स्वार्थ पूर्तिको निम्ति जनतालाई बलि चढाउने नहोस् । अझै मेरो विचारमा आन्दोलनले गति लिन नसकेको आभाष भयो किन कि आन्दोलन कर्ताहरूको विरोधमा भ्रष्टाचारीहरूको आवाज गाईगुई सुनिछन् । यस्तालाई तह लगाउने नगरेसम्म त आन्दोलनको उद्देश्य पुरा गर्न कठिन हुन्छ अहिले समयमा नै विचार गरेमा अवश्य लक्ष्यमा पुग्न सकिन्छ ।  आन्दोलनमा सहभागि भएर हत्याहरूलाई हाक दिने घाइते जिउँदो योध्दाहरूको तिब्रताले उपचार होस् ।  देश र जनताको  निम्ति उत्सर्ग गर्ने अमर शहिदहरूको वैकुण्ठ बास रहने छ भन्ने आसा छ । शहिदका परिवार शहिदहरूको जीवन दान गर्न लगाउने आमाहरूलाई देशले  के कस्तो छ सरकारले  सहयोग होस् । कसैको छोरा ,छोरी घाइते अवसथा छ भन्ने हेरचाह होस् । धन्यवाद 
२०८२÷०६÷०४ गते 

Comments