जय श्रीकृष्ण साकाेसकाे १८ औं बार्षिक साधारण सभा
असोज ४, २०८२, शनिबार | विहान ११:५७ बजे | 500
असाेज ४ गते । जय श्रीकृष्ण बचत तथा ऋण सहकारी संस्था लि मध्यपुर थिमि २ काे १८ औं बार्षिक साधारण सभा असाेज ४ गते शनिवार सम्पन्न भएकाे छ । सभामा संस्थाका अध्यक्ष चन्द्रबहादुर भट्टराईले बार्षिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाकाे स्थापनाकाललेखि नै सदस्यहरूबीच सहयाेग, सद्भाव र सामुहिक हितमा आधारित भएर अघि बढिरहेकाे र अझै पनि सहकारीकाे महत्व र आवश्यक्ता बुझ्ने क्रम बृद्वि रहेकाे बताउनुभयाे । संस्थाले १ बर्षकाे अवधिमा भएगरेका बिभिन्न गतिविधिहरूकाे बारेमा समेत जानकारी दिनुभएकाे थियाे ।
अध्यक्ष भट्टराईले संस्थामा आवद्व सदस्यहरूलाई बिभिन्न क्षेत्रमा शुलभ ब्याजमा आर्थिक सहयाेगी गरि आर्थिक प्रगति गर्ने अवसर प्रदान गरेकाे बताउनुभयाे । सभामा संस्थाका काेषाध्यक्ष समीक्षा सिहले आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थामा गत आव २०८१/०८२ काे अन्तसम्ममा ४ सय ३७ जना शेयर सदस्यहरूबाट ४३ लाख ७० हजार शेयरपुँजी संकलन गरेकाे बताउनुभयाे । काेषाध्यक्ष सिंहले साेही अवधिमा संस्थाले ३ कराेड २ लाख २३ हजार ९ सय ८२ रूपैयाँ बचत संकलन गर्दै २ कराेड ७७ लाख ५७ हजार ४ सय ३ रूपैयाँ ऋण लगानी गरेकाे बताउनुभयाे । संस्थासंग साेही आवकाे अन्तसम्ममा ४ कराेड १ लाख ४७ हजार २ सय ९५ रूपैयाँकाे सम्पत्ति दायित्वकाे वासलात रहेकाे छ भने साेही आवमा संस्थाले २ लाख ५८ हजार २ सय ४ रूपैयाँ सञ्चालन नाफा गरेकाे थियाे । संस्थासंग २३ लाख ४२ हजार ७ सय ६७ रूपैयाँकाे जगेडा तथा अन्य काेष रहेकाे छ । सभामा संस्थाका शेयरसदस्यका छाेराछाेरीहरू मध्ये १२ कक्षा उत्तीर्ण बिद्यार्थीहरू प्रशंसा भट्टराई, क्रिष्टिना भट्टराई, सबनम गाैतम र रबिन्द्र थापालाई जय श्रीकृष्ण शिक्षा पुरस्कारले सम्मान गरेकाे थियाे । सभामा संस्थाका सचिव टिकाकुमारी भारती, उपाध्यक्ष पदमबहादुर घिमिरे, लेखासुपरिवेक्षण समितिका संयाेजक माधवप्रसाद तिमसल्सिनालगायतका ब्यक्तिले सहकारीकाे महत्वकाे बिषयमा बाेल्नु भएकाे थियाे ।
