थाइरोइड रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम
माघ १८, २०७७, आइतबार | दिउँसो ०३:२९ बजे | 30
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको आवसरमा नेपाल क्रान्तिकारी महिला संघ भनपा ९ दत्तात्रय समितिको आयोजनामा थाइरोइड रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम डाक्टर अमर प्रजापतिको प्रमुख अतिथ्यतामा एक समारोह बीच सालागणेशमा सम्पन्न भयो ।
कार्यक्रममा वडाध्यक्ष रबिन्द्र ज्याख्वले महिलाहरु आफूले सकेसम्म अरुलाई दुख नदिने र रोग लुकाउने गर्दा त्यसको परीक्षण ढिलो हुँदा समस्या देखिएकोले समयमै बर्षमा एकचोटि केहि नभएपनि रगत र दिशापिसाब लगायत परिक्षण र उपचारको लागि अनुरोध गर्नु भयो । उहाँले स्वास्थ्य बिमा भक्तपुरमा चालिस प्रतिशत मात्रै देखिएको तथ्याङ्कले देखाएको बताउँदै थाइरोइड पनि बिमा परेको उपचार हो भन्नुभयो । उहाँले अहिले खानपान, शारीरिक कसरतको कमि, खेतिपाती काममा आएको कमि र बातावरण र धुलो प्रदुषणले विभिन्न रोगहरु देखापरेको र मानिसहरुमा प्रतिरोधात्मक क्षमतामा कमि आएको बताउनुभयो । उहाँले भक्तपुरका जनता धुलिखेल, ललितपुर र काठमाण्डौंमा उपचारको लागि दौडधुप गर्नु पर्ने अवस्थालाई मध्य नजर गरी ख्वप अस्पतालको तिब्र निर्माण गरिरहेको र वडा वडामा क्लिनिक खोल्ने योजना समेत रहेको बताउनुभयो । उहाँले महिलाहरु टोलटोलमा संगठित भए हरेक समस्याको छलफल गरी समाधन गर्न सहयोग पुग्ने भएकोले टोलटोलमा कमितिहरु गठन गर्न निर्देशन दिनुभयो । उहाँले कानुनले महिलाहरुलाई अधिकार दिएपनि कानुनी ज्ञानको अभावमा व्यवहारमा अधिकार नपाएको बताउनुभयो । उहाँले आजकालका बालबालिकाहरु बाहिर धुलमिल कम र कोठामा बसेर मोबाइलको भरमा जीवन बिताउँदा मानसिक रोग बढी देखिएको जसले गर्दा आत्माहत्या, लुतपाट, विग्रह समाजमा व्याप्त भएको बताउनुुभयो । उहाँले फुटपाथे चोरहरु बढी देखिएको लागुपदार्थजस्ता कुलतले विग्रेकोले बालबालिकाको भविष्यको निम्ति हामी सचेत हुने पर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्रामहिलासंघ भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संगिता प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा सुलोचना छ्वाजुले पनि बोल्नु भएको थियो भने नेमकिपा वडा नं ९ दत्तात्रय समितिका अध्यक्ष सञ्जय मानन्धर र सचिब रामकृष्ण प्रजापतिको पनि उपस्थित रहेको थियो ।