पैसाकै लागि हो भने पत्रकारिता नगर्नुस्ः प्रधान


असोज ३, २०८२, शुक्रबार | दिउँसो ०३:३० बजे | 400


पैसाकै लागि हो भने पत्रकारिता नगर्नुस्ः प्रधान

भक्तपुर । बरिष्ठ पत्रकार टिकाराम प्रधानले पत्रकारिता पैसाका लागि गर्न नहुनेमा जोड दिएका छन् । पत्रकारिता सामाजिक उतरदायित्वको पेशा भएकाले यो देश, जनता र समाजको लागि हुनुपर्ने उनले बताए । 
पैसा नै कमाउने लक्ष्य हो भने पत्रकारिता नरोज्नुहोस्, ख्वप कलेज देकोचा भक्तपुरमा शुक्रबार गेष्ट लेक्चरका रुपमा आएका उनले कलेजका पत्रकारिताकै विद्यार्थीसँंग भने, पैसा नै कमाउने लक्ष्य हो भने अरु नै पेशा रोज्नुहोस् । 
पत्रकारिता देश, जनता र समाजका लागि हुनुपर्ने उनको भनाई थियो । यसको अर्थ भोकभोकै पत्रकारिता गर्न नभनेको पनि उनले स्पष्ट पारे । सामान्य खान लाउने पैसा अहिले पनि व्यवसायिक पत्रकारितामा रहेको उनले जानकारी गराए । उनले पत्रकारिता संवेनशिल पेशा रहेकाले यसमा लाग्नेहरुले आचारसंहिताबारे राम्रो ज्ञान हुनुपर्ने पनि खाँंचो औल्याए । 
कलेजले पत्रकारिताका विद्यार्थीका लागि हरेक शुक्रबार शुक्रबार प्रयोगात्मक अभ्यास गराउँंदै आएको जनाएको छ । पत्रकारिता पेशा शिक्षामा भन्दा स्किलमा भरपर्ने भएकाले व्यवहारिक ज्ञान दिन विद्यार्थीलाई हप्तामा एक दिन बुक फ्रि डेको रुपमा प्रयोगात्मक अभ्यास गराउने गरेको कलेजको पत्रकारिता विभागले जनाएको छ । 
 

Comments