"जन्मदेखि मृत्युसम्म, उपकार बचत घरघरमा" भन्ने नारा बाेकेकाे उपकार साकाेसकाे ३१ औं बार्षिक साधारण सभा सम्पन्न
असोज ३, २०८२, शुक्रबार | दिउँसो ०२:५८ बजे | 375
असाेज ३ गते शुक्रवार । उपकार बचत तथा ऋण सहकारी संस्था लि मध्यपुर थिमिकाे ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । संस्थाका संस्थापक अध्यक्ष कृष्णबहादुर घ:जुकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाकाे स्थापनाकालदेखि नै आफना सदस्यहरूकाे आर्थिक, सामाजिक र साँस्कृतिक संरक्षण एवं उन्नतिका लागि समुदायसँग हातेमालाे गर्दै अघि बढिरहेकाे भन्दै उहाँले संस्था अझै फराकिलाे भई सदस्य सेवा समर्पित भई "जन्मदेखि मृत्युसम्म, उपकार बचत घरघरमा" नाराका साथ सदस्यहरूकाे सुखदुःखमा साथ दिने संस्थाकाे रूपमा अघि बढिरहेकाे बताउनुभयाे ।
किसान एवं गरिव वर्गकाे सारथि बनी अघि बढिरहेकाे सहकारी क्षेत्रमा केही बर्ष अघिदेखि ब्यक्तिगत स्वार्थका उच्छृंखल बदनाम ब्यवसायीहरू प्रवेश भएकाे भन्दै अध्यक्ष घःजुले यिनीहरूबाट सहकारी ऐन, नियम, मूल्य मान्यता समेतलाई तिलाञ्जली दिई बचतकर्ताहरूकाे बचत रकमलाई ब्यक्तिगत सम्पत्ति बनाउन लागि परेकाे आराेप लगाउनुभयाे । सभामा संस्थाकाे अध्यक्ष जयकृष्ण दुवालले मुलुकमा सहकारी अभियानमा एक माथि अर्काे जतिलता, चुनाैती र संकट आईरहेकाे भन्दै सहकारी क्षेत्रमा भाखा नाघेकाे ऋण असुलीमा समस्या र अत्यधिक तरलता बृद्धि लगायतका कारण सहकारीमा समस्याहरू देखा पर्न थालेकाे बताउनुभयाे । सडकमा दिनहुँ जसाे सहकारी पिडितहरूबाट बचत फिर्ताकाे माग गरि आवाज बुलन्द गरि रहेकाे र बचत फिर्ता नपाएर आफ्नाे स्वास्थ्य उपचार समेतगर्न नसकि मृत्युवरण गर्नु परेकाे समाचारहरू आईरहेकाे भन्दै अध्यक्ष दुवालले सरकारले तदारूकता देखाएर पिडित बचतकर्ताकाे बचत फिर्ता गरि न्याय दिनुपर्नेमा उल्टै सहकारी सिद्धान्त मूल्य, मान्यता, नीति नियम अनुसार चलिरहेकाे संस्थाहरूलाई नै निर्देशन माथि निर्देशन मापदण्ड जारी गरि सहकारीसंस्थाहरूलाई उत्साहित गर्नुकाे सट्टा निरूत्साहित गरि रहेकाे आराेप लगाउनुभयाे । सभामा संस्थाका काेषाध्यक्ष रबि घजुले आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाले अार्थिक बर्ष २०८१/८२ काे अन्तसम्ममा २ हजार ७ सय ६७ जना महिला र २ हजार ४ सय ६६ जना पुरूष गरि ५ हजार २ सय ३३ जना शेयर सदस्यहरूबाट ८कराेड ८४ लाख ७२ हजार २ सय रूपैयाँकाे शेयरपुँजी रहेकाे बताउनुभयाे । साेही अवधीमा बिभिन्न शिर्षकका बचत खाताहरूबाट १ अर्व १० कराेड २२ लाख ४८ हजार ९ सय २ रूपैयाँ बचत संकलन गर्दै साेही अवधिमा ६० कराेड ९७ लाख ६ हजार ६ सय ६५ रूपैयाँ ऋण लगानीमा रहेकाे समेत बताउनुभयाे । संस्थाले उक्त आवमा १ कराेड ७५ लाख२८ हजार २ सय ८८ रूपैयाँ सञ्चालन नाफा अघि बचत/नाफा गरेकाे थियाे भने साेही अवधिमा १ अर्व ३१ कराेड ६० लाख १० हजार ८ सय ४३ रूपैयाँकाे सम्पत्ति, दायित्वकाे वासलात रहेकाे छ । सभामा संस्थाकाे उपाध्यक्ष बाबुकाजी छुजुले स्वागत मन्तब्य ब्यक्त गर्दै समुदायमा आधारित यस संस्थाले अहिलेकाे समयमा सदस्यहरूकाे बचत कसरि गर्ने भन्नेतर्फ ध्यानमा रहेकाे भन्दै संस्थामा रहेका सदस्यहरूकाे बचत सुरक्षित रहेकाे दावी गर्नुभयाे भने संस्थाका सचिव तुल्सिकृष्ण छुँजु, लेखासुपरिवेक्षण समितिका संयाेजक कान्छाभक्त घःजुलगायतका ब्यक्तिले मुलुकमा सहकारी क्षेत्रमा देखिएकाे समस्याका बारेमा बाेल्नु भएकाे थियाे ।
