देशलाई उपनिवेश नबनाऊ
असोज १, २०८२, बुधबार | राति ०८:२४ बजे | 150
कुमार लघु,ख्ववप
देशलाई सम्हाल्न कठिन छ सबैलाई जानकारी भएको हो । देशमा तत्कालिन पार्टीका भ्रष्टाचारी जनताका कार्यकर्ता र नेताहरूले देशमा अशान्ति मचाउन सक्छ । अहिले नै अशान्ति नमचाएकै वेलामा कसलाई कताका कुन पार्टीका कार्यकर्ता नेता र समर्थकलाई कुन वङ्कर र खाल्डो जेल नेलमा राख्न पर्छ राखी हाल्नु पर्छ । यो अब जेन्जी- z ले गर्ने जिम्मा होईन् त सरकारले र नयाँ मन्त्रीहरूले जिम्मेवारी अनुसार काम गर्न पछि हटनु हुन्दैन् ।
विदेश भाग्छ , एरपोर्टमा कसी कसाऊ गर्न लगाई हालि राख्नुस् । अहिलेका नेता,मन्त्रीहरू र कर्मचारी , सेना र प्रहरीहरूलाई आक्रमण गर्लान चनाखो भएर जहाँ जता बसेको हो जेलमा हाल्नुपर्छ । ऊनीहरूका पुलिस ,सेना कर्मचारी गुण्डाहरू,मित्रराष्ट्हरू छन् । यसैले आन्दोलनको यताउता हाल्ने भनेर नवस्नुस् । जेलमा राख्न अवेर नगर्नुस् । सबै जनतालाई थाहा छ । शेरे,केपि,प्रचण्डे खुखार नेताहरू अझै पर्दा पछाडि कति छन् कति छन् । यति वेला भारतका उपनिवेशवादीहरूले पनि नेपालमा आँखा गाडेकाछन् । कति नेता भनाउँदाहरूलाई भारतिय दूतावासमा बोलाई बोलाई मन्त्री वनाउने भैरहेका छन् । नेपाल देशलाई नेपाल भनेर जोगाउनु पर्छ । यहाँ भारतका राजदूतले प्रधानमन्त्रीलाई हिजो सिँहदरवारको अफिसमा गएर भेटी सके । अब फेरि असोज २ गते मोदी र हाम्रो प्रधानमन्त्री शुशिला कार्कीको फोनवाट वार्ता हुने कुरो बाहिर आएको छ । यो के हुन लागेको हो ? देशलाई हलाउने र चलाउने MCC मा सदस्य भै राखेकाहरू चलाउने भएपछि त अमेरिका र भारतले भने जस्तै चलाउने खतरा बढेको छ । यो खतरावाट मुक्त होला ? नेपाललाई र नेपालीहरूलाई विदेशीले उपनिवेश बनाउला भनेर डर लिन थालेको छ। होशियार जनताले पनि वर्तमान शाशकहरूलाई नेपालीको दवाव जानु नि पर्छ । यो बनेको सरकार सबै बालेन शाहको खट्न पटनमा मन्त्री र प्रधानमन्त्री राखेको समाचार गाईगुई सुनिन्छ । सरकार र मन्त्रीहरूले आ आफ्ना जिम्मेवारी अनुसार काम थाल्नु अति आवश्यक भै सक्यो । खोइ घुस खाने र भ्रष्टाचार गर्नेलाई जेलको कालो काेठामा जाक्न दिनु पर्छ। जेन्जीहरूले पनि माग राखेको पूरा गराउनलाई वर्तमान सरकारकालाई दवाव सृजना गर्नु पर्ने देखिन्छ ।
आन्दोलनले वनेको सरकारका प्रधानमन्त्रीले बाहिर उसका एमाले, काँग्रेस र माआेवादी पार्टीले भनाउँदाहरूले अब फेरी तिनीहरूले टाउको उठाउन थालेकाछन् । संविधान अनुसार तत्काल भ्रष्टाचार गर्ने नेताहरूलाई सुरक्षा निकाले पदमा नभएका व्यक्तिहरूलाई सुरक्षा दिनु हुन्दैन् । त्यसले भ्रष्टाचारले भ्रष्टाचारको कदम चालेको ठिकको अर्थ लाग्छ । त्यसैले भ्रष्टा नेता,कार्यकर्ता,भ्रष्टाचारहरूलाई सुरक्षा निकायले जेलमा राखेर आफूले जनताको सुरक्षाको निम्ति कर्तव्य पालना गर्नुपर्छ । भ्रष्टाचारीहरूलाई सुरक्षा दिनु भनेको ल तिमीले गरेको अनियमितता ठिक छ भनेको हुन्छ जस्तो हुन्छ । सरकारले पनि तुरून्त हिजोको भ्रष्टाचारीलाई जेल हाल्न ढिलो भयो । सुरक्षा निकायमा रहेको ज्यानमार्ने ज्यानमाराहरू जो जो हो तुरून्त नै जेला हाल। ती गद्दार भ्रष्टाचारी नेताहरूले नै धम्कीपूर्ण भाषा बोली र फेसबुकमा भाषण दिई जनतालाई धम्कि दिन थाले । भ्रष्ट नेता कार्यकर्ता कर्मचारी नगरपालिकाका मेयर ,उप मेयर,वडा अध्यक्ष,व्यापारी संसद सदस्य सिडआे,काला व्यापारीहरूलाई देश भ्रष्टाचार गरेर चुर्लुम्व डुवाएकोले कालो धन सम्पत्ति राष्ट्रियकरण गरेर देशको ढुकटीमा वढाउनु पर्छ । देशमा अबको कालमा भ्रष्टाहरूलाई उपनिवेशमा बल र चलखेल गर्न सक्ने भएकोले त्यो समय उपलव्ध नगराऊ । बाहिरीया छिमेकी मित्र देशको सेना नेपाल पसेर वख्तरवन्द गाडी लिएर आएको नजरवाट छिपेको छैन् । राष्टि्यता वचाआैँ । नेपाल देशलाई कुनै पनि देशको उपनिवेश गर्न लगाउन दिनु मूर्खता हो । अहिले नेपाली जनताले परिवर्तनलाई साथ समर्थन र माैन स्वागत गरेको छ । आन्दोलनमा देशका नेपालीहरूले माैन समर्थन र हर्ष उल्लासको साथ आन्दोलनलाई स्विकार गरेकाछन् । दाजु भाइ लडेर विदेशीले देश ग्वार्लाम गुर्लुम्व एकै गाँसमा चपाई दिएला है । खवरदार अरूको उपनिवेशी शासन नेपाली जनतालाई अस्विकार छ । नेपाल नै नरहे नेपाली कहाँ रहला । दिमाले सोचोस् । धन्यवाद २०८२/०६/०१ ग
