फाइदा खोज्दा वेफाइदा
असोज १, २०८२, बुधबार | दिउँसो ०२:५१ बजे | 125
कुमार लघु, ख्वप
देशमा भ्रष्टाचार व्याप्त भएर जनताले मुख खोल्न र वन्द गर्न नि साह्रो थियो । जेन्जीले आन्दोलन गरेर नेपालका भ्रष्टाचारीहरूको मुटु थरथर कामेको र अब त भ्रष्टाचार गरे के हुने रहेछ भन्ने राम्रै सित पाठ थाहा लाग्यो । अहिले जेन्जीले गर्दा फाइदा गर्न कै निम्ति आन्दोलन भएको जनता र विज्ञहरूलाई थाहा छ । जहिले फाइदाको निम्ति जे जुनसुकै काम गर्दा फाईदाको निम्ति लाग्दा वेफाईदा थोरै पछि पछि लागेको हुन्छ । जनता र विज्ञ पक्षले जानकारीहरू राखेको हुनुपर्छ । यो आन्दोलनले समेत जनताको फाईदाको निम्ति लागेको हो । थोरै समस्याहरू र चुनौती आउँछ । अब व्यापार व्यवसाय ,पर्यटन र रोजगारमा समेत क्षणिक समय समस्या आउँछ ,आउन बेर लाउँदैन् । हामीले फेस गर्न अरआँटको धरोहर लिएर वसनु पर्छ । तर अब ती विस्तारै पानि पर्न लागेको वेला कालो चिरेर सफा र राम्रा दिन ल्याउन नयाँ सरकार गठन भएर जनताले दुःख अन्त गरेर सुखको दिनको ढोका उघारेको छ ।
भ्रष्टाचारीहरूलाई राम्रो सुसाशनले सामाजिक न्याय लिएर दिएर जेलमा कोच्ने दिने आएको छ । जनताका छोराछोरीहरूलाई वन्दुकको गोलिले भुटेर मार्न निर्देशन दिनेलाई आजिवन जेलमा राख्नु पर्छ । अनि मात्र जनताको र आन्दोलनकारीहरू र शहिदले आनन्द महशूस गर्ने होला ।
आज विभिन्न पत्र पत्रिकाहरू र रेडियोमा वातावरणलाई लिएर जेन्जी श को आन्दोलनले प्रदुष्णमा प्रभाब पारेकोमा चिन्ता व्यक्त गरेको छ । यो हुनु स्वभाविक हो । यस्तो चिन्ता व्यक्त पनि हुनु राम्रो हो । यो एक किसिमले अन्जानमा हुन गएको अपुरणिय क्षति पनि हो । आगो लागेर धुवाँ धुलोले नै वातावरण दुषित हुने कुरा अवगत गराउन चाहे । वायु प्रदुष्णले मानिस र अन्य प्राणिहरूलाई निकै असहय वेफाईदा हुन्छ । के गर्ने यस्ता विप्पतिमा आउने समस्याहरू पनि मानवले मन नपरे पनि भोग गर्न पर्ने रहेछ भन्ने वुझ्नु पर्ने रहेछ । आगलागि गर्ने पक्षले यसलाई मनन गर्नु पर्ने देखिन्छ । मानिसले यो आगो लगाई वेठिक पनि गरेको रहेछ भन्ने धेरैले महशूस गरि सकेको कुरा हो । जनताको दिन प्रतिदिन सेवा लिनु पर्ने भवनहरू जलाउन नहुने कुरा त आई सकेको हो । अबका दिनहरूमा कुनै आन्दोलन गर्दा चक्का टायर, र भवनहरू जलाउने नगरौ । यो जलाएर भन्दा पनि आन्दोलनले जनतालाई धेरै भन्दा धेरै नै फाईदा भएकोले मनलाई आनन्दित पारेको हुनु पर्छ । यस्तो बदला नलिएको भए धुलो कसिँङगरले जीवन भर दुःख दिएर सत्ताई रहने हुन्छ । अब त यो समस्या डाक्टरले चिरेर फालेको जस्तै भ्रष्टाचारले देश र जनतामा सुखको अनुभूति हुने दिन नजिकआएको जनताले मनमा लिई दिनु हुन वायुप्रदुष्णले चिन्ता र दुःख मनाऊ गर्नेहरूलाई राम्रो दृष्ट्किोणले सफा मन र आँखाले अवलोकण गरि दिन हुन अनुरोध गर्दछ।
हिजो मात्र जेन्जी श ले गरेको आन्दोलनमा सहिद घोषणा गरेर शव अन्त्यष्टि २०८२÷०५÷३१ गते भएको थियो । आज देशभरी शहिदहरूलाई सम्मान पूर्व सलामी दिएर आजैका दिन सार्वजानिक विदा घोषणा गरेको दिन हो । शहिदहरूको आत्माले चिर शान्ति पाओस् । अस्पतालमा गोलि लागेर उपचारमा वसिरहनु भएका जिउँदो योध्दहरूको पिडामा तिब्रता ले उपचारमा मलम लागोस् । सहिद परिवारले मनलाई धैर्यतामा राख्न सकोस् र समवेदना छ ।
२०८२÷०६÷०१ गते , भक्तपुर
