शहिदहरूको शबलाई ....


भदौ ३१, २०८२, मङ्गलबार | राति ०८:३० बजे | 135


शहिदहरूको शबलाई ....

कुमार लघु, ख्वप 
शहिदहरूको शबमा नेपालको झण्डाले ओडाएर टिचिङ्ग अस्पतालवाट चावहिल हुन्दै पशुपति आर्यघाटमा अन्त्यष्टिमा पु–र्यायो । जेन्जीले गरेको आन्दोलनमा तात्कालिन सरकारले गोली हानेर भाद्र २३ गते र २४ गते ठाउँठाउँमा ताकिताकी गोली हानेर मारेको थियो ।
शवको –रयालीमा हजारौ मानिसहरू छन् । अस्पतालमा उपचार गराउँदै बसेकाहरूलाई सरकारले निःशुल्क उपचार गर्ने र सहिद परिवारलाई अब फेरि एकमुस्त १५ लाख दिने घोषणा गरेको छ । 
शहिदहरूको शव–र्यालीमा हजारौ समर्थक, शहिदका परिवारहरू, जेन्जीहरू र सरकारी मन्त्रीहरू कुलमान घिसिङ उर्जा र ओम प्रकाश अर्याल गृहमन्त्री समेत शव यात्रामा सहभागी भएका छन् । देशको निम्ति जीवन उत्सर्ग गरि मुलुकलाई अग्रगमनमा लग्न शहिदले हासीहासी जीवन अर्पण गरे । राष्ट्यि सम्मानका साथ टोप सहित सलामी अर्पण गरेका छन् । 
शहिदले सोचे जस्तो जीवन उत्सर्ग गरे अनुसार नेपालमा भ्रष्टाचार अन्त गर्न नयाँ सरकारले अगाडि वढ्न सकोस् । सहिद परिवारले धैर्य गर्न सकोस्, समवेदना छ । भोलि असोज १ गते देशभर सार्वजानिक विदा दिएको छ । धन्यवाद 
२०८२÷५÷३१

Comments