यसरी जल्यो देशको सम्पत्ति


भदौ ३०, २०८२, सोमबार | विहान १०:१३ बजे | 95


यसरी जल्यो देशको सम्पत्ति

कुमार लघु, ख्वप 
भक्तपुर, नेपाल 
यसपालीको जेन्जेको दुई दिनको आन्दोलनले देशको सम्पदा ,सरकारी भवन र व्यक्तिगत सम्पत्ति दनादन जल्यो । आर्थिक रूपले लगभग अरव र खर्वको हारहारीमा जलेको अनुमान छ । चाहिने र नचाहिने भवन र ठाउँमा आगजनीले आतंकित तुल्यायो । आन्दोलनमा नक्कली विगतको पार्टीका कार्यकर्ताहरूको घुसपैठ भएको अवगत हुन्दै आएको छ । समाजमा घुस र भ्रष्टाचार गर्नेको सम्पत्ति जलाएकोमा जनता मौन समर्थन रहेकाछन् ।
देशकै सम्पत्ति जलेकोमा जनता तल्लो समर्थकहरूदेखी माथील्लोस्तरका देशप्रती चिन्तनशील व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन्। हो पनि जनताको दैनिक सेवा लिनुपर्ने सम्पत्ति र सम्पदाहरू नजलाएको भए पनि हुने थियो भनेर के गर्ने आनदोनरलन कर्ताहरूलाई दोष लगाउन र बेकारमा नै आन्दोलनकर्ताहरूले गर्दा देशले घाताहरू ब्यहोर्न प–र्यो अराजनीतिक तत्व भनी जनताको नजरमा गिराउनलाई पनि यस्ता तत्वहरू सक्रिय रहेको हुन्छ । त्यसैले जनताले पनि यस्तो वेलामा होस् पु–र्याउनु पर्ने हो । आन्दोलनमा जनता मुक्क दर्शक हुन्छन् । त्यसले पनि देशको अमूल्य सम्पती जलेको र दनादन बल्यो । देशका जनतालाई सेवा सुविधा लिन अप्थारो परेका छन् । 
यो सब हुनुको कारण विगतमा सत्ता चलाउनेहरू भ्रष्टाचारको नाइके भएर कार्यकर्ता, पार्टी र समर्थकहरूलाई पोस्ने कामले गरिरहेको हुनाले यो स्थितिमा नेपाल पुगेको छ। यसको दोष सत्ताशिन पार्टी भएर देश चलाएका नेता र पार्टी जिम्मेवार हो । जनतालाई आश्र्वाशन दिएर जनतालाई धोका दिएको देशको देशभक्त पारी र साना दलहरूले संसदमा अभिव्यक्त पिचार आवाज वसलनणद गरेको विगतको भिडियो खोले, हेर्नू भयो भने साँचो कुरा त्याहाँ पनि भेटिन्छन् ।  अहिले कुरा भन्दा पनि सत्ताशिन पार्टीका नेताहरूलाई जेलमा कोचे आजिवन कारावस र तिनीहरूको सम्पत्ति राष्ट्यिकरण गर्नु पर्ने हो । तत्काल आजैदेखि नै जेलमा राखेर भ्रष्टाचारको बहस र मुद्दाको अभियोग लगाई वेस हुने जनताको जनमत रहेको जगजाहेर छ । 
अहिले आन्दोलनको विरोध गर्नेहरूलाई जेलमा राख्न पक्राऊ गरि देशमा अमयन चैन गरेर अशान्ति मचाएको अचियोग लगाई कार्यबाही गाए के होला ? 
हाल नयाँ देशमा नयाँ पहिलो प्रधानमन्त्रीले शहिदहरूलाई माल्यार्पण गर्ने घाइतेहरूलाई अस्पतालहरूमा भेटघाट गर्न गएको ,शहिदहरूलाई देशको सहिद घोषणा गरेको र मृतक परिवालाई  रू १०÷१० लाख राहत वितरण गर्ने कारणले गर्दा मृतक परिवारलाई कही राहत पुग्ने कुरालाई जनताले अभिरूचिक पूर्वक नजर गर्दै सकारात्मक कार्यको तारिफ गरेको  पाईयो । नयाँ मन्त्री परिषदले दिन प्रतिदिन सत्कार्य गर्न सकोस् भने चाहाना रहेका छन् । देशको सम्पत्ति जोगाउने कार्यमा सबैले सहयोग पाउने आसा गर्न सकिन्छ । जनजिवन अहिले पहिलेकै अवस्थामा रहने कुरालाई मनन् गर्न सकिन्छ ।  धन्यवाद ,
२०८२÷५÷३० गते

Comments