भाद्र २३ र २३ गतेको दिनलाई नियाल्दा....


भदौ २९, २०८२, आइतबार | विहान ११:३२ बजे | 245


भाद्र २३ र २३ गतेको दिनलाई नियाल्दा....

कुमार लघु, ख्वप 
त्यो दिनलाई नियाल्दा जिऊ नै सिरिङ्ग हुन्छ । मानव सागर माईतिघरवाट जेन् –शले घोषणा गरेको आन्दोलन रहेछ । म त झसंङ्ग भएछु । मैले मेरो फेसबुक्मा आयड नहेरी झुकेर चेन्ज गर्थे । आन्दोलन वानेश्वरमा पुगेर विभिन्न नाराहरूले बानेश्वर एरिया जेन्ज – शको युवा जमातले घेरिएको र संसदहरू पस्ने गेट चढेर पहरा दिइरहेका किपरहरूलाई हेरेको हे–र्या नाघेर अगाडि बढेको पाए । 
           एकजना युवक कुटो जस्तो लाग्यो प्रहरीलाई देखाउँदै अगाडि वढेको पाए । पुलिसले अगाडि वढ्ने आँट गरेन । आन्दोलनकारीहरूको जमाट थपाथप थियो । मलाई लाग्यो ए त्यो फेसबुक्मा जुन आयड मैले नहेरको हो, त्यो आयडको नै कार्यक्रम रहेछ भन्ने जस्तो मनमा कुरा खेलाउँदै मनले फेसबुक्मा औलाहरू तलमाथी गर्दै एकपछि आर्को आन्दोलनको तस्विरहरू हर्दै बसे ।
              फेसबुक्क वन्द गरी यताउती खासै भक्तपुरमा कुनै असर परेको भान भएन बस्दै हेर्दै गर्दा करिव तीन बज्यो । वानेश्र्वरको सिन हेर्न बसे । भक्तपुरमा एकाएक यातायातहरू पातलिन्दै गयो । ४ बज्यो स्कूले केटाकेटीहरू घर पठाउने वेला पनि भएर आयो । पानी पर्न थालेको थियो । आफ्नै मनमा कस्तो होला भक्तपुर काठमाण्डौमा १६ जना मानिस आन्दोलनकारीहरूले देशको निम्ति आहुती दिएर संसारवाट बिदा लिएर गै सक्यो तर भक्तपुरवासिलाई कुनै असर परेको थिएन । क्या अच्चम्म परे । होस् पनि कसरी सबै आ आफनो कार्य व्यस्ततामा थियो होला जस्तो लाग्य‍ो । 
              करिव ५ वज्यो होला यता चौकिको प्रहरीहरू पनि लाठ्ठी लिएर गएको देखे । ल अब भक्तपुरमा पनि केही भयो होला भन्दै मनमा कुराहरू खेलाउँदै वसे । केही वेरमा भक्तपुरको बजारमा जुलुस, आन्दोनलको प्रभाब प–र्यो भनेर मनमा लाग्यो । बस्दा बस्दै जिल्ला प्रहरीमा आन्दोलनकर्ताहरूले घेरिएको तस्विरहरू फेस बुक्कमा हेर्ने अवसर मिल्यो । कुनै कसैसंग के भयो ? भनेर मैले सोध्न थाले   जुलुसले प्रहरीको भवन घेरेर जुलुस आउनेहरूले नारा लगाउँदै भनेको सुन्नमा आयो । अब मलाई लाग्यो भक्तपुर पनि ता–त्यो ।
                    यता बानेश्र्वरको किपा तस्विहरू र आन्द‍ोलनको खवर फेस बुक्कमा लाईभ देखाई रहेको हेर्ने अवसर पनि मिस गरेको थिईन् है । त्यो दिन त्यो वेला मानव सागरले भेल बगेको देखेर अच्चम्म नै लाग्यो ।  मनमा त के भएको हो । मर्न र मार्न कति नडराएको होला जस्तो लाग्यो  । हुलले शस्त्र फौजलाई लखेटदै गरेको अहिले झल्झली आँखा अगाडि आईरहेको छ। सयौँ तस्विरहरू आँखामा कैद गरेको थिए । मन सोचे यो आन्दोलन कस्तो पार्टीले आन्दोलनले गर्दा महिनौ गर्दा नि केही नहुने सरकार यो वेला त भ्रष्टाचारीहरू  लुक्न थाल्यो । संसद सदस्यहरू भाग्न थाले । पानीका फोहराले आन्दोलनकारीहरू प्रहरीको कुटाईले कुनै हच्केको थिएन् मुठभेड घण्टौघण्टा चल्यो । आन्दोलनकारीहरूको माग थियो । सामाजिक सञ्जाल तुरून्त खोल र भ्रष्टाचार नगराऊ ।  आन्दोलनको उभार देखेर सम्पूर्ण तप्काका माहानुभावहरू भागा भाग वानेश्र्वरमा कहिले प्रहरीले र कहिले आन्दोलनकारीले लखेट लखेटाई चलेकै थियो । एक अर्कामा पालै पालो कुटाकुट् भैरहेको थियो । त्यही विचमा पनि ज्यान जाएगा आन्दोलनको तस्विर खिच्न फोटो पत्रकार र रिपोर्टरहरूको पनि घुईचो लागेकै थियो । त्यतिकैमा श्याम श्रेय्ठलाई गोलि लाग्यो भन्ने समाचारले स्थान लियो । प्रहरीको गोलिले विध्यार्थी भाइ बहिनीहरूको पनि साथ र जुलुसमा अत्याधिक सहभागिता थियो । देश भक्तहरूलाई आन्दोलनमा सहभागीहरूलाई गोलि लाग्न थाल्यो कसैलाई छातीमा कसैलाई टाउकोमा तिघ्रामा,खुट्टामा आन्दोलनकारीहरूले घाइतेहरूलाई बोकेर घमाघम्म सिविल अस्पताल मिन भवनमा उपचारको निम्ती दौडेर लगेको हेरेको थिए । अस्पतालमा पनि घाईतेहरूले भर्न थालेको देखाएको थियो । ज्यानको माया मारेर फोटोग्राफरहरू लागेको पाउँदा अच्चम्म लागेर आउँथ्यो ।
       आन्दोलन क्षणभर मै देश व्यापी भएको सञ्चार माध्यमहरूले देखाई राखेको थियो । आन्दोलनको एक भाग त सञ्चारकर्मीहरूको पनि अंहम भूमिका थियो । जेन्जी–श को नेताको कुनै कसैलाई थाहा थिएन्। मैले पनि के हो ? न्भ्ल्–श भनेर हेर्न र पल्टाउन थाले बल्ल फेस बुक्मा भेटियो । मन थामे हेर्दा हेर्दै आँखमा आँसु बग्न थाल्यो मनले धैर्य गरेर फेरि फेस बुक्मा हेर्न बस्थे । पानी लखेटाई कुटाई भागा भागहरू त आन्दोलनको अभिन्न अंङ्ग लाग्न थाल्यो साँझ वेलुकासम्ममा १८ जना मरे भन्ने समाचार दियो । 
                      यताउता के के हो ? आगलागि हुन थालेको पनि समाचार र लाईभ देखायो । हेर्दा हेर्दै संसद भवन ,संसदको भित्र पस्ने पहिलो गेटमा आगो लागेको देखायो । सर्वच्चो अड्डालत, सिँहदरवारको गेट  छिरेर सिँहदरवारको भवनमा आगो लागेको देखायो । आन्दोलनको दिन प्रहरी र शसस्त्रहरूको जथा मरेको लास झै भयो । 

     जताततै सरकारी भवनहरू जल्न थालेको क्यामराले देखाई जनतालाई आन्दोलनको भागहरू देखाई दियो । ल मैले त आन्दोलनकारी र सञ्चार माध्यमलाई धन्यवाद दिए । मन्त्रीहरू र भ्रष्टाचारीहरू दिश विदेस र मन्त्री क्वाटर छोडेर हेलिक्पटर रिजर्भ गरि ठाउँका ठाउँ भागेको पिक्चरहरू पनि हेर्ने मौका लिए मिल्यो । सेनाको हेलिक्पटरले ओसारेको देखे । कस्तो अच्चम भ्रष्टाचारीहरूलाई पनि बचाउने पक्ष हुने रहेछ । नेता मन्त्री व्यापारी वडा अध्यक्ष नगरपालिका वडा कार्यालय प्रहरी कार्यालयहरू ठाउँ ठाउँमा भवन घर कारखानाहरू र भाटभटेनी भवनहरूमा आगोले बलेको देखाएको रहेको हेरेको छु । 
   अन्तमा आजलाई आन्दोलन हेरेको वारेमा यतिमात्र लेखेर विदा हुन्छु । भाइ बहिनीहरू यो आँखाको परेलिमा नृत्य झै यताउता भाद्रको २३ र २४ को घट्ना दौडिरहेको विपनाको कुरो सपना झै लागेर मैले सबैसित शेयर गरे । आज नलेखे कता हो हराई जान्छन् । हामीले नलेखे कसले लेख्ने हो ? त्यही भएर  मैले पनि स्मरणमा रहेको लेखको रूपमा लेखे । अब त रेकर्ड भएर रहला रहेर रहने भयो । धन्यवाद ,
२०८२÷०५÷२९ गते

Comments