नेपालकै पहिलो महिला प्रधानमन्त्रीलाई बधाई
भदौ २८, २०८२, शनिबार | विहान ११:४९ बजे | 150
कुमार लघु, ख्वप
भक्तपुर, नेपाल
यस वर्षमा चलेको अघोषित तेश्रो जनआन्दोलनले पाएको अभूतपूर्व सफताको पछाडि जेनजी युवाहरू, समष्ट देशवासीको योगदान नै कदरको शान हो ।
जेन्जी र भ्रष्टाचारको विरूध्द मैदानमा आउनुभएका जनताको जित सकारात्मक वाटोमा अगडि वढेको खुसी र नेपाल कै पहिलो भूतपूर्व प्रधानन्यायाधीशले पहिलो नै महिला प्रधानमन्त्री पाएकोमा आन्दोलनकर्ता र नेपालीले खुसी हुने अवसर पाएको क्षणमा वार्तामा वसेका वार्तमानकारहरू र विशेष रूपले प्रधानसेनापति र राष्ट्पतिलाई, राजनीतिज्ञले सहयोग गर्ने सहयोगी हातहरू र परिवर्तनकामीहरूलाई शुभकामना छ । नेपालकै प्रथम पहिलो महिला प्रधानमन्त्री शुशिला कार्कीज्यूलाई नेपाली जनताकोतर्फवाट शुभकामना र बधाई दिन चाहन्छु । नेपाली जनताले सोचे जस्तो उहाँको कार्यकाल सफल होस् । खुसीको क्षण उहाँको पहिलो कदम जुन फागुणमा निर्वाचन गर्ने योजना घोषित भयो त्यो सह्रनायोग्य प्रथम पाईलाको रूपमा नेपाली जनताले पाए । थोरै समयमा धेरै काम गर्नु छ प्राथमिकता क्रममा राखेर योजनावध्दका साथ राम्रा सरसल्लाह लिएर जान सकोस् । कति पनि हडबडाउनु छैन् । समय खेर नपठाउनु होला । थिङ्क टैँङ्कहरू राख्नु होला । भोकभोकै काम गर्नु छैन् । आजैदेखि नेपालका अनुभवी राजनीतिज्ञहरूसित विचार विमर्श गर्ने अवसर लिनुहोला । विना विचार विमर्श कदम नचाल्नु होला । सय पटक छलफल गर्ने गर्नुस् । वामपन्थी विचारक देशभक्त विचार नेपाली जनतालाई सुख सयल दिन्छु भनेर जीवन राजनीतिमा बिताएका नेपालको नेपालीहरूविचारका ज्ञाताहरूलाई विचार राख्ने अवसर दिनुस् । नेपाली मनले नेपाल कै जीवन निर्वाहको निम्ति तपाईं लाग्ने विश्र्वाश नेपाली जनताले लिएको कुरा अवगत गराउन चहान्छु । तपाईलाई लडाउने भिडाउने अनेक षडयन्त्र गर्नेहरू छन् । जुन अडान लिएर वार्ता सफल गर्नु हुने सम्पूर्ण नेपालीहरूलाई बधाई छ।
अन्तमा कूटनीतिज्ञहरू र छरछिमेकी मित्रराष्ट्हरूसित पनि जमेर कार्य गर्दै अगाडि वढ्ने अवसरको सदुपयोग गर्नु होला । नेपालीको मनमा चोट पुग्ने कार्य कहिले नगर्नु होला । धन्यवाद ,
२०८२÷०५÷२८ गते शनिवार,
