संसद विघट्न गरेर ....


भदौ २७, २०८२, शुक्रबार | साँझ ०६:२४ बजे | 90


संसद विघट्न गरेर ....

कुमार लघु, ख्वप

अब हुने अन्तरिम सरकार विगतको संसद विघट्न गरेर जाने जेन्जी z को सुरूकै माग हो । आन्दोलनकर्ताहरूले नै भनिरहेका छन् । वार्तामा जानेहरूले आन्दोलनकारीहरूको माग के छ ? विशेष समय लिएर अध्ययन गरेर वार्तामा के कुरा लिएर जाने र कसलाई अन्तरिम सरकारको प्रमुख वनाउने असल एजेन्डा बोकेर शितल निवास छिर्ने गर्दा राम्रो होला ।

जेन्जी z को असल टोलिले स्पष्ट अडान लिएर खाका साथीहरूसित बसेर छलफल गरि जानुहोला । अपुरो अडान होईन् आ आफ्ना अडान र विचार राख्ने आँट राख्नुस् । तपाईहरूले राजनैतिक सुझवुझ राखेर परामर्स लिएर जाँदा राम्रै हुन्छ। उथलपुथल बेहोरेका जेल जीवन बिताएका संसदको र जालझेल झेलेका र पंञ्चायतलाई लडाएका अमेरिकी कूटनीतिक,शोषक सामान्त र भारतिय गुप्तचरको कूटनीतिको इतिहास बुझेका राजनीतिज्ञहरूको परामर्स लिनु वेस हुन्छ । अर्ति उपदेश बुझेर जाँदा कुनै कमि कमजोरीमा सुधार गर्न सकिन्छ र सामान्तहरूले चाप्लुसि गरेर मार हान्छन्, बहुत होसियारी अप्नाएर जानू पर्छ ।

अन्तरिम सरकारमा यो यो व्यक्तिहरू लै जाने र राख्ने नामहरू नै अगाडि राखेर वसाउने व्यक्तित्वहरूसित अगाडि नै अब पूर्व जानकारी र पर्मिसन लिएर गए पक्का पक्कि हुन्छ । समस्या आउने नहोला । स्वतन्त्र व्यक्तिहरूको जमातवाट नाम पेश गरे राम्रो होला । समय थोरै छ । जो अहिले अन्तरिम प्रधानमन्त्री वनाउने हो एक ठाउँमा बसेर निर्णय राखेर गए वेस हुन्छ । अन्तमा समय नपुगे ब्रेक लिएर प्रधानमन्त्री वनाउनेसित बसेर विषय लिएर जाँदा ठिक हुन्छ । समय थोरैमा धेरै गर्नुछ । यति विचार राखेर विदा हुन्छु । २०८२/०५/२७ समय 12 वजे

Comments