नयाँ प्रधानमन्त्री
भदौ २७, २०८२, शुक्रबार | विहान १०:५४ बजे | 140
कुमार लघु, ख्वप नेपाल
आज सम्ममा नेपालमा जेन्जी zले गरेको समाजिक सञ्जाल खुल्ला र भ्रष्टाचारको अन्त भनेर गरेको आन्दोलनलको असरले देश व्यापी रूपमा आन्दोलनकारीले साथ दियो । नेपालको राष्ट्पति र प्रधानसेनाको तरखरमा नयाँ सरकारको निम्ति नयाँ प्रधानमन्त्रीको आन्दोलनरत्त सित वार्तामा वसेको खवर छ। सकेसम्म आजको दिनसम्म वार्ताले सकारात्मक वाटो पहिल्याउनेको रूपमा संकेट देखिन्छ । जन्जी z ले र देशको वुध्दिजिवीहरूले छिट्टो भन्दा छिट्टो निकास दिने सम्भावना छ । देशको नयाँ प्रधानमन्त्रीको रूपमा शुशिला कार्कीलाई अगाडि सारेको छ । वार्ताकारहरूले सबै विज्ञ माहानुभावहरू सित सरसल्लाह लिएर नेपाललाई नयाँ दिशा दिनको निम्ति नयाँ प्रधानमन्त्री सहित देशको रक्षारर्थ देशभक्ति भावना भएको व्यक्तित्वको सरकार होस् भन्ने नेपालीको चाहना छ । देश थप्प छ। कुनै नेपालीको मनमा शान्ति मिलेको छैन् । डर त्राशले डेरा जमाएको छ । सडकमा आर्मीले आेगटेको छ । रात र दिनमा शन्त्रासले छाएको छ। हिजोसम्मा ३० युवाहरूले नयाँ नेपाल शान्तिको निम्ति ज्यान दिईसकेको छ । छिमेकी भारतले र अमेरिकीहरूले सैनिकहरू नेपालमा उतार्ने समय नदिऊ । सम्पूर्ण नेपालीको हितको निम्ति हो । विदेशको दवावमा नेपालीले दिन विताउन नपरोस् । भ्रष्टाचारीहरूको अन्त गर्ने सरकारको खाँचो छ । देशको विलय गर्ने सम्भावना गर्ने विज्ञहरूले गरेकछन् । सैनिक शासन हुने र जनताले दु:ख खेप्नु पर्ने समयको कल्पना गरेका छन्। विगतमा नेपाली दु:ख खेप्न परेको त कसैको नजरले छिपेको छैन् । वर्तमानमा कूटनीतिज्ञहरूको पहलले पनि जनताको आवश्यकता पूर्ति होअाेस् । कूटनीतिज्ञहरूले नेपालको हितको निम्ति पहल गर्ने वेला हो । नयाँ प्रधानमन्त्रीको आवश्यकता आजै निर्क्याैल हाेस् । आजको दिनले सबै नेपालीको भलो होस् कामना छ । धन्यवाद २०८२/०५/२७
