आजको राजनीतिमा परिपक्व व्यक्तित्व चाहिन्छ ?


भदौ २६, २०८२, बिहीबार | विहान ०८:४२ बजे | 150


आजको राजनीतिमा परिपक्व व्यक्तित्व चाहिन्छ ?

कुमार लघु,ख्वप

वर्तमानमा राजनैतिक परिवर्तन हुने अवस्था निश्चित भय‍ो । राजनैतिक अवश्था परिवर्तन हुने भए बढि अनुभव र फितलो मुटु नभएका परिपक्व व्यक्तिको आवश्यक छ । दशकाै राजनैतिक खेलेको व्यक्ति चाहिन्छ है जेन्ज z हरू । देश सम्हालन जो पायो उसले सक्ने छैन्। शुध्द राजनैतिक व्यक्तिले मात्र नेपालको राजनीति बुझेर चलाउन सक्ने हुन्छ । राजनैतिक परिस्थितीले कति वेला कस्तो स्थिति आउँला भन्न सकिन्दैन् । थोरै समयमा राजनैतिक उथल पुथल आउन सक्छ । तुरून्त का तुरून्त राजनैतिक उथल पुथल भयो कि भन्ने पनि जनता र देशलाई असहेय हुन्छ । विषम परिस्थितिले देशले चल्न नसक्ने हुन्छ । राष्टि्य र अन्तराष्टिय राजनैति समय बुझेको र कूटनीतिक बुझ्ने व्यक्तित्वको जिम्मेवारीमा सरकार गठन हुनुपर्छ । वर्तमानमा चर्चामा आईराखेकाको राजनैतिक चेतनाको कम अनुभवीहरू हुन् । जेन्जी z को नयाँ नेपालको कल्पना लामो दशकको निम्ति हुनुपर्छ । सरकार संञ्चालन गठन गर्दा कमजोर मन र पुस्तक पढेकाहहरूले भित्र बसेर गाइडमात्र गर्ने हुन् । राजनैतिक ,आर्थिक ,सामाजिक , कानूनी,भगोलिक अवस्था , समाज शास्त्र बुझेका जनताको मनोभावना ,राष्टि्य र अन्तराष्टि्य अध्धयन कर्ताको मातहतमा खुवी भएकाको तर्जुमामा वर्तमानमा सरकार गठन हुनु पर्छ । एकछिनको हतारमा जिवनभर फेरि दु:ख नहोस्। राजनीति गरेर कोठामा वसेर रूने अवस्था नहोस् । जेन्जी z ले र देशको राजनैतिक पार्टीहरू ,राजनैतिक विषय लिई राजनैतिक विषयमा ज्ञान लिन छलफल गरि अनुभवीसित जेन्जीz ले विचार लिनुपर्छ । यो वेला युवाहरूले राजनैतिक आन्दोलनले देशको परिस्थिति हेरफेर हुने निश्चित भयो । मन्त्री विघट्न भयो । राष्ट्पतिले राजिनामा गरिसकेको अवस्था छ। परिस्थितिले मोड् लिई सक्यो । अहिलेकाे अवस्थामा जेन्जी z ले मात्र होईन् देशकै रानैतिक व्यक्तित्वहरूले ध्यान दिएर स्थाई राजनैतिक परिस्थिति सृजना गर्न पर्छ । थोरै समयमा नै देश चलाउन सक्ने नेपाली मनका धनीले साथ दिनुपर्छ । राजनैतिक व्यक्तित्वहरू पनि अगाडि आउनु पर्छ । नेपालमा कसैको आँखा पर्न नदिऊ । पुताै पुस्ता राजनैतिक गर्नेले भित्र सल्लाह दिएर नेपाललाई नेपाल वनाई राख्ने सोचको आकाँक्षा रहोस् । राजनीतिमा परिपक्व व्यक्तित्वको आवश्यकता छ । यो माैकामा हिरा फोर्नु पर्छ भने झै डराे मुटु, फराकिला विचार ,राजनीतिमा इस्पात भएर लाग्नेको आसा छ । जनताले नराम्रो नभनोस् । जनताले मन पराएका देशको हित हेर्ने होस् । अन्तमा अब देशको सरकारी भवन व्यक्तिको सम्पत्ति धेरै जलि सक्यो । देशको धन,जन र समय वर्वाद भयो । आर्थिक रूपले हामी धेरै पछि पर्ने भयो समाधानको उपाए निकालेर निकास निकालेर नेपाली जीवन यापन गरेर जिउने वातावरणको समय दिऊ । धन्यवाद , २०८२/०५/२६

Comments