आन्दोलनमा शहादत दिएका विशेष व्यक्तित्वहरूलाई सलाम
भदौ २५, २०८२, बुधबार | दिउँसो ०२:३० बजे | 235
देश जलेको र जनताको करामट
कुमार लघु, ख्वप
मैले त भरखर मात्र जेन्ज z नाम सुने । ठिकै छ जेन्ज-z को घोषित आन्दाेलनले भ्रष्टाचार गर्नेहरूको शासन ढाल्यो यो खुसीको कुरा नेपालीहरूमा अवगतै भएको हो । जेन्ज -z को आन्दोलनमा आन्दाेलन गर्ने भाइबहिनी र कलेजका र सर्वसाधारण जनताको आन्दोलनको मूल्य मान्यता र अथक परिश्रम गर्ने योध्दाहरूलाई सयम हुन अनुरोध र बधाई छ , आन्दोलनमा शहादत दिएका विशेष व्यक्तित्वहरूलाई सलाम छ ।
शहादत दिएका परिवारलाई समवेदना र धैर्य धारण गर्न सकोस् । आन्दोलन क्रान्ति र शान्तिको लागि हो। आन्दोलनले लक्ष्यमा र उद्देश्यमा पुगोस् । अबको दिनका लागि नेतृत्व गर्ने नेताको वा लिडरहरू आगाडि आअाेस् । अहिले तुरून्त सेनासित वार्तामा वसेर देशलाई हाक्ने असल व्यक्तित्वको खाँचो छ । अब आउने नेता वा व्यक्तित्वहरूले देश र जनताको निम्ति काम गर्नेहरूको चयन होस् । देशमा असल शासकको आवश्यकता छ। देशमा कुतत्वहरूको आँखा पर्न सक्छन् । देश जेन्ज-ज को आन्दाेलनले समय फरक स्थितिमा पुगेको छ । २०८२/५/२२-२३,२४ ले माईती घरवाट आन्दाेलन शुरू गरि बानेश्र्वर संसद भवन छिरेर र शस्त्र र आर्मीकोसित मूठभेड गरी देश भरीलाई आन्दोलनको नेतृत्व गरेर १९ जनाले शहादत दिएर ल्याएको तेश्रो जन-आन्दोलनको परिनामले नेपाली जनताले राहत पाएको महशूस गरेको छ । आन्दोलनले देशभरीमा नै जनताले साथ दिएको छ हो । देशभरी भ्रष्टाचारीको तागत फुस्काएकाछन् । अब शान्ति जनतालाई चाहेको छ । गतिलो सरकारको नेतृत्व आवश्यक छ । यता तर्फ विचारणिय होस् । जनतालाई शान्ति र सुरक्षाको आवश्यकता छ । जनताले जिऊ ज्यानको सुरक्षा प्रत्याभुति गर्ने समय अब आउने सरकारले लेअाेस् । देशलाई सेनाले सुरक्षा दिन सकोस् । अब जलाउने विगार्ने होईन् जनताको र सरकारी भवनहरू जनता कै भएकोले आन्दोलनकारीले सुरक्षित गरोस् । अबको सरकारले देशलाई विगार्ने भ्रष्टाचारहरूलाई तुरून्त पक्राऊ गरेर जेलमा अबधि तोकेर जेलमा कारावास दिनु पर्छ। देशलाई विगार्ने राष्ट्पतिदेखि विगतका शासकहरूलाई जनताको कठघरामा उभ्याउने बाटो लेअाेस् । देशमा शान्ति आवश्यकछ तत्काल वन्दोवस्त होस्। शासकहरू घमण्ड जनताले तोडेकाछन् । शासक कसैले घमण्ड गर्ने होईन् । सर्वपक्षिय वार्तामा बसेर नेपाली जनताको इच्छाशक्ति पुरा गर्ने वातावरणको सृजना होस् । जनताले पनि देश र जनताको सुरक्षाको गर्ने चाहना होस् । नेपाली सबै एक होआै । देख्नु भयो होला जनताको शक्ति अपार हुन्छ कुनै तानाशाहको बलले कुनै चुरीफुरी लाउन पर्दैन् । नेपाली जनताको रक्षा होस् । क्रान्तिको जय होस् । अन्तमा सबै नेपाली मिलेर सुदृढ नेपालको निर्माण होस् । क्रान्तिका योध्दा र विरामी भएकाहरू उपचार सुदृढ होस् । सुस्वास्थको कामना छ। २०८२/०५/२५ गते।
