जेन-जी युवामाथिको दमन र मेरो प्रत्यक्ष अनुभव


भदौ २४, २०८२, मङ्गलबार | साँझ ०५:३४ बजे | 165


जेन-जी युवामाथिको दमन र मेरो प्रत्यक्ष अनुभव

आदरणीय सम्पादकज्यू,

म शिवांग दत्तएक जेन-जी युवाहिजो सुरु भएको माइतीघरदेखि बानेश्वर हुँदै संसद भवन अगाडिसम्मको शान्तिपूर्ण प्रदर्शनलाई आफ्नै आँखाले नियालेको व्यक्ति हुँ।

हिजोको दिन हाम्रो आन्दोलन शान्तिपूर्ण थियो। सबै जना नारा लगाउँदैकुनै उग्रता बिनाकेवल भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्दै अघि बढिरहेका थियौं। तर जब भिड संसद भवन अगाडि पुग्योत्यतिबेलै प्रहरीले निर्मम दमन सुरु गर्‍यो।

पहिला अश्रुग्यास प्रहार भयोजसको प्रत्यक्ष शिकार म स्वयं पनि भएँ। त्यसपछिमेरो आँखै अगाडिएक जना कलेज ड्रेस लगाएका भाईलाई प्रहरीले मुखमै गोली हान्यो। त्यो क्षण मेरो जीवनकै सबैभन्दा पीडादायी दृश्य बन्यो। आन्दोलनलाई उग्र बनाउन प्रहरी प्रशासन आफैंले घुसपैठ गराएको स्पष्ट देखिन्थ्योर त्यसकै परिणामस्वरूप दर्जनौं साथीहरूले अकालमै ज्यान गुमाउनु पर्‍यो।

प्रहरीले गल्ली गल्ली छिरेर गोली र अश्रुग्यास प्रहार गरिरहेको थियो। मैले आफ्नो अफिसबाट खिचेको भिडियोमा स्पष्ट देखिन्छ—एक जना भाई जो केवल भिडियो खिच्दै थिएउनलाई प्रहरीले लछारपछार गर्दै तानेर लग्यो।

आखिर त्यो युवा को के गल्ती थियो र ज्यान गुमाउन देशलाई बचाउन अब बोल्न नपाइने यो नेताहरुलाई सर्वोच्च पदमा राखी राख्न के सधैं हामीले ज्यान दिनुपर्ने अब होइन। अब पालो युवाको हो। यी सबै भ्रष्ट नेताहरुलाई देश छोड्नै पर्छ।

यो केवल दमन मात्र होइनयो नरसंहार हो। हिजैदेखि मैले संयुक्त राष्ट्रसंघविभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुलाई ईमेल गरीयस सरकारको यो अपराधप्रति गम्भीर हुन र जेन-जी युवाको साथमा उभिन आग्रह गरिसकेको छु।

अब म तपाईं आदरणीय मिडिया प्रतिनिधिहरूलाई पनि विनम्र अनुरोध गर्दछु—कृपया मेरो यो प्रत्यक्ष अनुभवलाई समाचारमा प्रकाशन गरी सत्यतथ्यलाई उजागर गरिदिनुहोस्। इतिहासको यो कालो दिन नलुकियोस्आवाज दबियोस् भन्ने मेरो मन छैन।

नालायक सरकार , देश छोड !

सधैँ तपाईंको,


शिवांग दत्त
एक-जेनजी युवा 

Comments