तामाङ चलचित्र दोर्जे डन – २ को गीत ‘एला मिरी थान्को ङादा’ सार्वजनिक


माघ १८, २०७७, आइतबार | विहान ०६:२० बजे | 65


भक्तपुर । निर्माता भगवती तामाङद्वारा निर्माण भएको सक्सेस फिल्म प्रा लि को ब्यानरमा बनेको तामाङ चलचित्र दोर्जे डन – २ का निकै मार्मिक गीत “एला मिरी थान्को ङादा” गीत सार्वजनिक भएको छ।
उक्त दोर्जे डन ब्याक (२ चलचित्रमा समबेश भएको गीतलाई आदिवासी जनजाति चलचित्र महासंघ उपाध्यक्ष तथा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा मःम फ्याक्ट्री पेप्सीकोला भक्तपुरमा पत्रकार सम्मेलन गरि शुक्रबार सार्वजनिक भएको हो।
उक्त गीतमा सुपर स्टार चर्चित नायक कुमार मोक्तान, चर्चित नायिका सिता थिङ, नव नायिका सुजिना गोलेले निकै सशक्त अभिनय गरेको छन् । “एला मिरी थान्को ङादा”भन्ने गीतका शब्द भगवती मोक्तान गीतमा संगीत जोकलाल लामा र स्वर शशिकला मोक्तान र धर्म लामाको रहेको छन् ।
चलचित्र दोर्जे डन ब्याक अगेनका कथाकार प्रकाश मोेक्तान रहेका छन् भने निर्देशन सीता लामाले गरेका चलचित्रमा द्वन्द्व निर्देशक शंकर महर्जनले गरेका छन् । चलचित्रमा उक्त गीतमा सुपर स्टार चर्चित नायक कुमार मोक्तान, चर्चित नायिका सिता थिङ, नव नायिका सुजिना गोले अभिनय मुख्य भुमिका देख्न पाइनेछ ।साथै खलनायकमा विकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा लगायतका धेरै कलाकारहरु अभिनय गरेका छन् ।
कोराना भाइरसले जसरी गर्दा लामो समयदेखि स्थगित भएको चलचित्र अब चाडै आम दर्शकको बिचमा प्रदर्शनीमा ल्य्याउने  तयारी जुटिरहेको  निर्माण पक्षले बताएका छन् । कार्यक्रममा विशेष अतिथि तामाङ कलाकार संघका उपाध्यक्ष शशिकला मोक्तान, ए वान विल्टर कम्पनीका अध्यक्ष भक्त लामा, तामाङ युवा घेदुङका अध्यक्ष विलम मोक्तान ,सक्सेस फिल्म प्रालिका अध्यक्ष अमर लामा
युवा व्यवसायी विष्णु लामा रहेको थियोे भने अतिथिहरु तामाङ कलाकार संघका महासचिव तथा चर्चित गायक तथा संगीतकार विशाल काल्तान,तामाङ कलाकार संघका कोषाध्यक्ष सुवास मोक्तान,चर्चित नायक सागर घिसिङ,चर्चित कथाकार तथा नायक ऋतुराज पाख्रिन, लाप्साङ कर्पोका निर्देशक तथा तामाङ कलाकार संघका सचिव रोशन फ्युवा,गायक अभिषेक तामाङ,गायक विहिन दोङ लगायतका अतिथिहरु उपस्थिति रहेको थियोे ।

Comments