तिमी गरिव छौनौ, गरिव बनाइएका छौ


भदौ २२, २०८२, आइतबार | विहान ११:०५ बजे | 150


तिमी गरिव छौनौ, गरिव बनाइएका छौ

यज्ञबहादुर कार्की 
संझ तिमी, तिमी गरिव छौनौ, गरिव बनाइएका छौ, राज्यलाई  साच्चिकै राज्य मान्ने हो भने तिमीलाई गरिव बनाउनु राज्यको लक्ष होइन तर तिमी किन गरिव भयौ भन्ने महशुस गर्छाै त ? यो प्रश्नको उत्तर म तिमीलाई दिनेछु । नेपाल भन्ने पनि एक देश छ । यो आजसम्म भनिरहेका छौ । भोलिको दिन अनिश्चित छ भन्ने वातावरण बनिरहेछ । 
स्वं .राजा महेन्द्रले भनेका थिए “नेपालको अस्तित्व मेटियो भने नेपालीको अस्तित्व पनि मेटिने छ“ तर यसो भन्नू भन्दा नेपालीको अस्तित्व मेटीयो भने नेपालको अस्तित्व पनि मेटिने छ भन्नू उपर्युक्त्त थियो । मुलुकको बिध्यमान परिस्थिति एकदमै भयावह बन्दै आईरहेको छ र त्यसो हुनुमा ईमान्दारीता , नैतिकता र जिम्मेवारी नलिई (जिम्मेवारी बोध हिनता) भैदिनाले दिनानुदिन स–चरित्रताको क्षय हुँदै गईरहेको नै हो । र त्यसै कारणले गर्दा अब नेपालीपन मेटिदै जान थालेको छ ।
              नेपालीहरुको व्यवसाय अधिकांशको कृषि पेशामा     आधारित थियो र देशलाई कृषि प्रधान देश भन्ने गरिन्थ्यो ।अधिकांश खेती भएका ग्रामिण भेगमा बस्ने नेपालीहरुलाई नै कृषक भन्ने गरन्थ्यो । कृषकहरु आफुलाई गरिव नै ठान्दथ्ये किनकी जग्गाको  स्वामित्व धैरै जसोको जग्गावाल कै थियो  र कृषक अरुको जग्गा कमाउने व्यक्ति  जसलाई पछि मोहि भन्ने गरियो त्यस भन्दा अधि  अरुको जग्गा कमाई ठेकमा बाली बुझाउनु पर्ने  कारणले गर्दा आफुलाई  उनीहरु गरिव नै ठान्दथे र यसै कुरालाई मध्ये नजरमा राख्दै जमिन जोत्नेलाई किसान भन्ने  मोही भन्दै किसानकालागी हितकर व्यवस्था ल्याउन भनी भुमिसुधार ऐन २०२१ को व्यवस्थापन गरियो र त्यसबाट किसानलाई पनि गरिवबाट धनी बनाउने कार्यक्रम नै त्यो थियो र त्यतिखेर भुमीसुधार ऐनले जग्गावालकोमात्र रहेको एकाधिकार समाप्त पारि द्दौद स्वामित्व राखि किसानमा पनि रहने गरिदियो ताकि उनिहरु पनि आफूले  कमाएको अरुको जग्गाको हकदार हुँ भन्ने भावनाको जागृती उठान गर्न पाउन अतः त्यसैले गर्दा भुमिसुधार ऐन २०२१ लाई एक क्रान्तिकारी कदम भनियो भने त्यो समयको त्यो सुधार  एक समाजवादी मोडल पनि थियो ,अब आएर हेर्दा वास्तवमा जमिन भएका र त्यस्को भोग चलन गर्नेहरु दुःखी होईन आफुलाई सुखि ठान्नु पर्ने हो  र अत्यन्त आनन्दमयी जीवन बिताई रहनु पर्ने हो , सुखि र हर्षित भैरहनु पर्ने हो  तर छैनन उनीहरुले यस्तो नठान्नुमा केही तथ्य र कारणहरु भने पक्कै छन । नेपालको सन्दर्भमा भन्नुपर्दा पक्कै पनि राज्य ब्यवस्थाले जनतालाई चित्त बुझाउन नसकेको त हो नी रअर्काे कुरा वास्तविक किसानहरु सरकारी नितिबाट लाभान्वित छैनन भन्दा हुन्छ नै ,सरकारबाट केही ठोस उपलब्धि मुलक  कार्यक्रम र ऐन नियमहरु पनि बनाउन सकेको देखिएन त्यसैले कृषिमा हरित क्रान्ति आउन सकेन भन्दा हुन्छ । तिमीईमान्दारीसाथ छातिमा हात राखेर भन तिमी भएका छौ के ? हुनुपर्दथ्यो के ? यो व्यवस्था परिवर्तन आएको त आज झण्डै  ४० बर्ष भईसक्यो , ४० बर्षसम्म पनि हुन नसकेको कृषिमा गतिशिल बिकाश अब हुन्छ कहिले ? कृषक सुखि र निश्चिन्त हुन्छन कहिले  ? 
लाजै नमानी सरकार भन्दछ हामीले कृषिमा धेरै गर्याै गरेको  भनेको  के हो ? जग्गा खरिद बिक्रीमा मनलागी भाउ राख्न पाउने र कृषि योग्य जमिन पनि आबासका लागि बिक्री गर्न पाउने  जसले गर्दा राजस्वको आम्दानी सरकारलाई हुने र एउटै जग्गा महिनामा तीन चोटिसमेत खरिद बिक्री गरिरहन पाईने अर्थात यस्तो दलाल पेशालाई बढवा दिने यहि नै हो त भए गरेको ? वास्तवमा त सच्चा किसानहरु ज्यादै मारमा परेकै छन  सधैंँ  खेती लगाउने मौसममा मलको हा–हा कार  बीउ ,बिजनको अभाव समयमै मल र बीउ बिजनको उचित र सुलभ व्यवस्था नहुदा वा नपाउदा कालो बजारियाहरुलाई फाइदै फाईदा राज्यबाट यस्ताकालागी दण्ड सजाय हुन (गर्न ) नसकेको र अनि काला बजारियाकै खेलाई र घुमाईमा धुर्त गल्ला कार्यकर्ताहरुको चंगुलमा सबै कृषकहरु फसिरहेकाले  मारमा परेका हुन हो त्यसैले गर्दा आफुलाई दुःखी र गरिव भएको उनीहरले महशुस गरिरहे सरकारले ल्याएका कृषिका अनुदान सहुलिय र ऋणका सहुलियतहरु कस्ता कस्ताका पोल्टामा गयो त ? भन्दा नक्कली किसान बनेर सरकारी सहुलियत र फाईदा हसुर्ने टाठा बाठा र भ्रष्ट् मानीसहरुले उधम मच्चाए , सरकारलाई छकाए नभनौ , सरकार आफै छकिने खेलमा कार्यकर्तालाई भिडाएर अनभिज्ञताको वहाना गर्दै रमिते बनीरह्यो । तब  वास्तविक किसान आफुलाई दुःखी र निरीह संम्झने भईरह्यो र किसानले कुनै राहत पाएँनन  ? म भन्दछु की  किसानले दुःखित हुने कुरै कामै छैन हाम्रा बाबू  वाजेका पालामा कुनै सुविधा सरकारले न दिदानी खुसी नै थिए तर अजकल मानीसहरु सरकारबाटै धेरै पाउने लालसाले असन्तुष्ट भएका छन किनकी किसानको हितको निमित्तको लागि भन्दै विदेशीसंग सम्झौता गरि ल्याई कार्यकर्ताहरुको             चाहना पुर्ति गर्दछन यहि छ बास्तिवकता  । जब किसानले उन्न उव्जनी गर्न सक्दैन तब पुँजी भएमा धनाध्य जिउन सक्दछन  भन्ने जुन गलत मान्यता वीचार बोकेका मुढमतिवालहरु छन तीनै विकासको तगारा हुन  कारण के त भने पैसाको वलले हामी आयात गरेर खाने छौ वा खुवाउने छौ भन्नेहरुले के बुझ्नु जरुरी छ भने पर निर्भरतामा कति दिन बाँच्न सकिन्छ ? यसरी बाँच्न हुन्छ कि हुदैन ? त्यसो हुदा कृषिमा जागरणअभियानमा वृद्धि होला त ? समृद्धि नेपाल बन्ला त ? यदि बाहिरबाट पनि युद्ध स्वरुप खाध्यान्न  बन्द गरिदिए भने  हुन्छ के ? त्यसैले यो सरकार यो व्यवस्था समाजवाद तर्फ उन्मुख भएन ,छैन भन्दा हुन्छ  र सरकार आफ्नै सुखमामात्र रमिरह्यो भन्दा फरक 
हुदैन । अब किसानले आफ्ना हितैषि र सुविधाको व्यवस्था मिलाउन सक्ने कृषिमा आत्मनिर्भर बनाउन सक्ने साच्चै समाजवादी वीचार भएको नेता र पार्टीलाई चिन्हि आफ्नो अभिमत दिन जरुरी छ , यसैको सहि जवाफ दिने नेता गाउँ देखि सहरसम्म छनौट नगरे देश र उनिहरु दुबैको भविष्य अन्धकार हुन जानेमा दुई मत छदै छैन ।
   अब आगमी २०८४ मा आम चुनाव हुदैछ यसमा यीनै  कुरालाई मनन गर्न अब किसानवर्गले पनि अनिवार्य छ । अन्यथा भ्रष्टाचारमय राज्य व्यबस्था बनाउने र जनतालाई पनि बाध्य पारि अनैतिकको दिशातर्फ धकेल्ने कसैको भलो नगर्ने स्वार्थ सिद्धको लागि जे पनि बोल्ने ,जे पनि गर्ने  र कसैका वुई चढेर  नेपाल नेपालीलाई सिध्याउने खेलमा नियुक्त पाएर आएकाहरु को चरित्रलाई आकंलन र अन्य शुत्रबाट नबुझ्ने हो भने  वास्तविक दुःखी र गरिव भै रहेको ठान्दा हुन्छ फरक पर्दैन र फेरि दोष जनताले कसैको थाप्लोमा नहाल्दा नै राम्रो हुन्छ ।
अहिले सुख बेच्न र सुख क्रेय गर्ने भन्दा वास्तविक आनन्दीत हुने त किसाननै हुन भनेर बुझे  पनि गलत हुन पुगेको नै छ 
किनभने उनीहरु आफ्नो भुमिलाई मायाँ त गर्दछन तर जिवन्तता दिन सक्दैनन र  कृषिमा नै वढि आश्रित किसानहरु पनि थिए र देश पनि आत्म निर्भर नै थियो तर आज आएर त्यो एकादेशको कथा कसरी हुन पुग्यो ? खेती योग्य जमिनहरु मासिन थाले ,भुमि सम्वन्धि कानुनहरु पनि समयसापेक्ष बन्न  सकेनन भएका कानुनमा पनि समय सुहाउँदो संसोधन हुन सकेन । भुमी सुधारका आयोग बनेका पनि कार्यकर्तालाई मन बहलाउने र पोस्ने थलो बन्न पुग्यो । हुनत अधिकार प्रती समर्पित साना किसान सवालमा छलफल एंव पालिका स्तरिय परिषद छन कार्यक्रम पनि वेलावखत पत्रकार वोलाएर गरिएको देखाएकै छन तर साना किसानहरुका हकमा उपल्ब्धि मुलक फल प्राप्ती छ ,छ भने खै कहाँ छ ? सहि र विज्ञ मानीसहरु त्यसमा अटाएनन अनि समाजवादी व्यवस्थाको कुनै प्रारुप  छ भन्न मिल्यो त ? तब ठुला ठुला कुरामात्र गरेर हुन्छ नै के जब कार्य नीति नै प्रभावकारी नै छैन भने या भएका कार्यहरुमा पनि कार्यान्वयन गतिलो छैन भने मिठा कुराले पेट भरिने हो र ? त्यसैले नेपालमा कुनै समाज सुधारको या भुमिको कामहरु गतिलो ढंगले भएन ,जनाधार पनि भएन भनिएला स्थानिय निकाय र स्थानिय सरकारहरु छन ती बाटै तल्लो तहसम्म विकास र निमार्णका कामहरु भएका छन , त्यसैले सहकारीको उदाहरण दिएँ आफ्ना कार्कता का भत्र्सना केन्द्रका उदारहण देखाएँ भलै कार्यकर्ता  ईमान्दार कर्मठ र निस्वार्थ भई दिएका भए पनि राम्रो बन्दै जाने थियो  गुनासाका गुंन्जायस पनि रहने थिएनन ।
 अब यदि साच्चै समाजवाद ल्याउने हो भने कार्यक्र्महरु ल्याउन जरुरी छ ,जनाधार लिई काम गर्नु छ ,समयनुसार ऐनमा सुधार र संसोधन हुन ,गर्न जरुरी छ ,अब हामी  साम्यवादी समाजवाद या प्रजातान्त्रिक समाजवाद ,या राजकिय समाजवाद ,या श्रेणी समाजवाद  कुनमा जाने ? तय गरि यीनै मध्ये  कुनै एकमा दरिलो पाईला राख्दै नयाँ नयाँ कार्य नितिहरु र व्यापक कार्यान्वयनमा जोड पुर्याउनु पर्ने हैन  र ? किसानको हितबाट सुरुवात गरि समग्र क्षेत्रमा पनि फैलनाउनु पर्दछ यो स्वर्णिम समयलाई सदुपयोग गरिहाल्नु जरुरी छ , यहाँ यसै प्रसङ्गलाई जरुरी ठानेर स्व. बि .पि .को   प्रजातान्त्रिक समाजवादका सन्दर्भमामा उहाँले आफ्नो अमुल्य वीचार यसरी सम्प्रेशन गर्नु भएको थियो ।“ हाम्रो मुलुकमा किसान छ , जसले किसानको भलाई गर्दछ उनीहरुको बुझ्ने मान्छेको भलाई गर्दछ जसले गाँउलाई बिगार्छ जसलाई समाजवादको मतलव हुदैन तर जसले गाँउमा बस्ने मानीसको भलाई गर्छ त्यहि समाजवादी हो ,
 हाम्रो समाजवाद भनेको गाँउको जनताको भलाई जुन नीति  र कार्यक्रम ल्याँउदछ त्यहि निति चाहिँ समाजवादी नीति र कार्यक्रम ठहर्छ “ यस महान वीचार प्रती पटक पटक  सत्तामा पुगेर पनि नेपाली कांग्रेसले ध्यान पुर्याएन ,मनन गरेन भने अरुको  कुरा के ? कृषि प्रधान देशलाई दलाल प्रधान देशमा पुर्याउन सबैले जा्ेडताडले लाग्दै आईरहे ,गाउँ गाँउमा कृषि सहकारीहरु खुलाएका छन ,अनावश्यक रुपले सहकारी र स्वालम्वन समुह  र अन्य आदि नामक समुहद्वारा प्रलोभनमा पारेर सोझा साझा जनताहरुबाट रकम असुल्ने गरेका छन ,   र तिनीहरूको कुनै ग्यारेन्टी सरकारले लिएको पनि देखिदैन कति पय त सत्तामा पुग्ने भर्याङ्गको खुडकिलोको रुपमा छ    र त्यो त्यसको आफ्नो  उदेश्य अनुरुपको कार्य भने पट्टक्कै गर्न सकेन के अर्थ रह्यो र त्यो ? त्यो त कृषकहरु झनै ऋण मुक्त हुन नपाउने झन जेलिने व्यवस्था भएन र ? त्यो झनै दुःखी र गरिव वनाउने व्यवस्था पो बन्न पुग्यो  निश्चित बन्न पुग्यो भनिन्छ “ उज्यालोबाट मुक्त हुने प्रयत्न गर्नु नै झनै उसै जालमा फस्ने एक मार्ग हो “ भने झै पो हुन गयो । के किसानहरुले जीन्दगी भर नरक यातना भोग्नु पर्ने हो र ? सजिलैसँग धर्मका ठेकेदारले प्रारब्धको फल भनी सुटुक्क 
छलगर्नु हो। यसै वीचारले गर्दा श्रम गर्ने उर्जा शक्तिको बदला  किसानको  मन भित्र धुम्र पिशाच  पैदा गरेको छ । त्यसै कारण आज हामी सबैलाई निरंकुश प्रभुत्वले क्षुद्र बनाई सकेको छ , हृदय हिंसा मुखि बनाउदै लगिरहेको छ । अब हामी असंस्कृत बाट सु संस्कृत र अर्ध संस्कृतबाट पुर्ण संस्कृत  मानीसहरु बन्ने मध्ये कता पट्टी लाग्ने बिभाजित भै सकेका छौउ  । यहि हाम्रो दुखदायी दुर्दिन वन्न पुगेको छ ।
   अब सम्पत्तिको परिभाषा तर्फ हेरौ, त्यो त सुख सुबिधा दिलाउने चिज बस्तु न हो ? सम्पत्ति सदुपयोग गर्न नजान्नाले विपत्ति खडा हुन जाने न हो ?  आजका किसान आफ्ना अमुल्य अचल सम्पति बेच बिखन गरेर आफू र आफ्ना परिवारका असिमित चाहनाहरु पूरा गराउन तल्लीन छन       र त्यसैलाई सुख, वैभव र रमाईलो मानी आईरहेकाछन हो त्यस्तो कार्यबाट ,र त्यस्तो सुखबाट भने किसान वर्ग झनै 
दुःखी चिन्तित, र पिरलोमा पर्नु पर्ने थियो किनकी त्यो सुख भनेको जाडोको समयमा आफु सुतिरहेको ओछ्यानमा नै पिसाव गरि त्यसको छिन भरको न्यानोको सुख लिनु बराबर हो भन्ने कुरा किसानहरुले बुझ्दा हुन्छ अती र उठनै नसक्ने गरि ओछ्यान परिरहेको विरामी छ र उसलाई पिसावले च्यापि सकेको छ र कसैले उठाई दिदैन भाडो पनि थापि दिदैनन भने 
ओछ्यानमै  पिसाव नगरेर उसले गर्छ के ? यस्तै वाध्यता जमिनका हकमा किसानहरुमा परिसकेको छ । यो समय र यसका व्यवस्थापकहरुले पारि दिएका हुन त्यसैले म भन्दछु आफ्ना अचल सम्पति बेचेर सुख सुबिधा जीवन बिताउन थालेका र अल्छी आदतमा रहन थालेका जो छन ती दिर्घ कालीन सुखि हुनै सक्दैनन् र निश्चयनै तीनीहरु र तीनीहरुका सन्ततिको भबिष्य झनै धरापमा पर्न जाने संम्भवत दिर्घ कालीन सुखि हुनै सक्दैनन्  त्यसैले परिवर्तित समयमा आफ्ना अचल सम्पति बेचेर सुख लिईरहेका देखिएका किसान दाजुभाईहरुले बेलैमा बुद्धि पुर्याउन अनुरोध  छ ,बरु आधुनिक प्रणालीबाट खेती गरि सिचाईको व्यवस्था नभएको ठाँउमा छिमेकी हरुसंग तत बिषयमा भएसम्म मिलेरै लगानी गरौ बिध्यमान अबस्थामा कृषकहरुलाई कृषि लगानी र कृषि कार्यमा धेरै चुनौतीहरु छन त्यसका लागि पछि व्यापक रुपले समस्याको पहिचान र समाधानका उपाएहरुमा छुट्टाछुट्टै लेखुँला  यसवाट केही व्यवहारिक केही अल्पज्ञान मात्र लिनु होला ? 
यसरी माथी लेखिएका कुराले यो बुझाँउदछ कि यो बुझ्नु जरुरी छ कि सम्पतिले सुखका साधनहरु त किनिएला तर  वास्तविक आनन्द भने कदापि किन्न सकिदैन त्यसकालागी त आत्म ज्ञान आफू सत मार्गमा रहिरहन प्रयत्न गरिरहनु पर्दछ
 हैन र ? पहिला अन्न उव्जाउने किसानले पंछिलाई, भुमिलाई , अतिथिलाई , पितृीलाई, देवलाई थोरै अर्पण गर्दथे अनि आफु र आफ्ना परिवारलाई खुवाउँदथे जीवन धान्दथे जीवन धानिने हुनाले अन्नको नामाकरण गरे  धान । यसो गरिदा उनीहरुको हृदयमा आनन्दको प्रबेश हुन्थ्यो ,बुद्धिले जे ठान्यो त्यो उनिहरु गर्दैनथे बल्कि हृदयले जे ठान्यो त्योमात्र उनीहरु गर्दथे त्यसोहुदा उनीहरु चुक्ने अबस्था आउँदैनथ्यो 
गल्ती हुदा “कस्तो मेरो बुद्धि बिग्रीएछ “ भन्नू पर्दैन्थ्यो । आनन्द किन्न खोज्ने हो भने त उनीहरु पनि करालव्युहमा नपरि कहाँ छुटदथे र ? पछि गलत गरियो नभनी  पश्चाताप नगरि कहाँ सुख पाँउदथे र ?  यथार्थलाई हेरिदा जब एक किसान आफ्नो धरातलियतालाई छाडेर आसमानमा उडन खोज्दछ त्यहिबाट वास्तविक दुःखले उसलाई पछ्याउन सुरु गर्दछ । यसैलाई आनन्द ठानी त्यसैको  पछि लागि  सुखलाई आनन्द भन्ने ठान्दछ कोही  भने उ अतृप्त भै रहन्छ र असन्तुष्टिको नदिमा  गोता लगाईरहन्छ  यहि अतृप्तिले गर्दा  उसको अलत्र  पलत्र (दुवै ) नाश हुन्छ  ।
त्यसैले सम्पतिबाट आनन्द किनिदैन भन्ने बुझि  केवल किनिएको सुखले सुख  दुःख दुवै भोग्न बाध्य प्रकृतिले  पारेकी हुन्छिन भन्ने  ज्ञान प्राप्त गर्दा हुन्छ ।
अब सुख र आनन्दमा अन्तर हेरौ  र यस कथनलाई यहिँ  विट मारौ – जुनसुकै सुख पनि समयले नष्ट गराई दिएपछि त्यहि दुःखमा परिणत हुन्छ त्यसैले सुखलाई धेरै महत्त्व दिनु बेकार छ  तर साधारण सुखलाई भने नछाडदा हुन्छ  र त्यसैमा बढी लिप्त हुनु पनि ठिक छैन आनन्द भनेको भौतीक चिज बस्तुबाट प्राप्त हुने हुँदै होईन  एक उदारण लिऊ  जब आषाडको बर्षामा खेतको हिलोमा रुझ्दै भिज्दै रोपाई गर्दछौं हामी धानको बीउ खेतको हिल्यान गरेकोमा  छुपुछुपु रोप्दछन जब रोपार दिदी बहिनीहरु तब उनीहरुको कम्वर दुःख्छ निहुरिदा निहुरिदै रोपाई गर्नुपर्दा , जब त्यो शारीरिक दुःखमा मन जान थाल्दछ उनीहरुको  तब मनोवैज्ञानिक रुपले दुःखलाई अन्तै मोडि मनलाई मंनोरञ्जनमा भुलाउन र काममा सम्पन्नता ल्याउन उनीहरु गीत गाँउदछन त्यहि रोपाईमा त्यहि गाईने गीतलाई  असारे गीत भनिन्छ  जुन सामुहिक स्वरबाट एकैसाथ गाईन्छ  त्यसैको मधुर स्वर गाएनले  लाठे ( रोपाईमा बाक्से गर्ने जवानहरु ) मंनोरञ्जित भएर काममा तल्लीन हुन्छन। यसरी  रोपाई सकिएको त्यो भुमिमा (  धान रोपेको खेतमा ) मङ्सिरमा जब धानको बाला पहेलो भै खेतै भरि लहलह  झुल्दछन  तब अनायास नै किसानको मन आनन्दले बिभोर बन्दछ के त्योआनन्द पैसाले किनिएको हो ? प्रकृतिले प्रदान गरेको  त्यो आनन्द अनायास आएको हो , किसानको दुःख बदलिएर आनन्दको बहार झुल्किएको हो । 
गीताको एक श्लोक पढदै अब अन्तय गरौ कि ? “ 
“सकल धर्मको छोडी बस एक आड एक्लै मेरो धर “।
 सबै पापबाट मुक्त गर्छु म सोच नगर त रत्तिभर “ ।
                                                        चेतना भया ।

Comments