नया विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण


भदौ १९, २०८२, बिहीबार | दिउँसो ०३:४८ बजे | 105


नया विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण

भक्तपुर १९ भाद्र । वागीश्वरी कलेज कमलविनायकमा शैक्षिक सत्र २०८२ को स्नातक तहमा भर्ना भएका नया“ विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । बीए, बीएएसडब्लु र बीबीएसमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कलेज व्यवस्थापन समितिका सदस्य एवं संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी स्कुल होस वा कलेज नमुना लायक शैक्षिक संस्था हु“दा सोही अनुरूप विद्यार्थीहरु पनि नमुना योग्य हुनुपर्नेमा जोड दिनुभयो । 
स्नातकको अर्थ शास्त्री भएकाले अबको पढाइ विद्यालय तहको भन्दा फरक हुने चर्चा गर्दै उहा“ले अब विद्यार्थीहरु विगतमा जस्तो आलाका“चा स्वभाव नहुने बरु पढाइप्रति अत्यन्त गम्भीर बन्ने अनुभव सुनाउनुभयो । 
विद्यार्थीले आर्जन गर्ने ज्ञान, सीप यही देशको लागि उपयोग गर्नुपर्नेमा जोड दि“दै उहा“ले नेपाली युवा विदेसिदा देश युवाविहीन अवस्थामा पुग्नु अत्यन्त दुःखद विषय हो भन्नुभयो । उहा“ले भन्नुभयो–‘आमाको काखभन्दा पराइको लाख ठूलो हुनै सक्दैन । हाम्रो पढाइ हाम्रै देश र समाजको लागि हुनुपर्दछ । 
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले विश्वविद्यालयीय शिक्षा अनुसन्धानमा जोड दिइने हु“दा विद्यार्थीहरुमा धैर्यको धेरै खा“चो हुन्छ, हडबडाउनु हु“दैन भन्नुभयो । अबको चार वर्ष समर्पित भएर पढाइमा लाग्न अनुरोध गर्दै उहा“ले आफूले रोजेको विषय कसैले होच्याउ“दैमा नहोचिने बरु आÇनो विषयमा गौरव गर्न जान्नुपर्छ भन्नुभयो । 
कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विहान कलेजमा पढ्ने विद्यार्थीले दिउ“सो वागीश्वरी स्कुलको टेक्स कार्यक्रमका तालिमहरुमा सहभागी भए शैक्षिक योग्यताका साथै थप एउटा सिप पनि हुने सुझाव दिनुभयो । उहा“ले भन्नुभयो –‘यसवर्ष हामी पच्चीस जनाको बालविकास सहजकर्ता सम्बन्धी २४ महिने निःशुल्क तालिम सञ्चालन गर्दै छौ“, सहभागी हुन चाहनेले नाम दर्ता गर्नुहोला ।’
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा टीयु टपर बबिता ग्वाछाले पढ्ने तौर तरिका सहित वागीश्वरीमा आफू पढ्ढाका अनुभव सुनाउनुभयो । 
मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले पनि बोल्नुभएको सो कार्यक्रममा अध्ययनरत विद्यार्थीद्वय स्मृति कासुला र सविना बाडेले पनि बोल्नुभएको थियो भने नवआगन्तुक विद्यार्थीको तर्फबाट महेश बस्नेतले पनि बोल्नुभएको हो ।
 

Comments

ताजा खबर