टाइमपास : नयाँ विश्व राजनीति
भदौ १८, २०८२, बुधबार | राति ०८:४५ बजे | 165
सुनील सापकोटा
बिश्वका तीन रास्ट्र प्रमुख नेताहरु भारतका मोदी रूसका पुटिन र चीनका सी जिनपिङ जस्ता नेताहरू लाई एउटै ठाउँमा देख्दा अमे रिकी रास्ट्रपति ट्रम्पका साथै अहिलेको अमेरिकि सरकारले असजि लो मान्ने वा रिसाउने गर्नु स्वाभाविकै होला। किनभने अहिले अमे रिका लामो समयदेखि विश्व नेतृत्वमा छ। तर जब अन्य महाशक्ति (रूस र चीन) का साथै भारत देश जस्ता उदाउँदा शक्ति एक ठाउँमा देखिन्छन् भने त्यो अमेरिकाको प्रभाव लाई चुनौती दिन सक्ने संकेत मानिन्छ। अमेरिका र चीन बीचमा व्यापार युद्ध देखि सैन्य प्रभाव सम्म ठूला विवादहरू छन्। रूस र अमेरिकाबीच युक्रेन युद्ध,नाटो र आणविक हतियार विषयमा तनाव छ। भारत सँग त अमेरिका सम्बन्ध सुधार्ने प्रयासमा नै छ। तर भारत यदि रूस र चीन सँग नजिक देखियो भने अमेरिकालाई भविष्यमा असजिलो पर्छ। यी तीन नेताहरूलाई एउटै स्थानमा देखिनु भनेको "अमेरिकाविरुद्ध सहकार्य हो " भन्ने संकेत दिने राणनीति भएकाले यसरी देख्दा ट्रम्प वा अन्य अमेरिकी नेताले रिसाउनु राजनीतिक दृष्टिले अस्वाभाविक नै होला। ट्रम्प प्रायः भावनात्मक र आक्रामक प्रतिक्रिया दिने नेताको रुपमा चिनिन्छन्। त्यसैले यस्ता दृश्य देख्दा तुरुन्तै रिसाउने वा बयान दिने सम्भावना झन् बढी हुन्छ। मेरो विचारमा अमेरिकाको राष्ट्रपतिले व्यक्तिगत रिस भन्दा बढी रणनीतिक चिन्ता गर्नु पर्ने हो। रिसाउने कुरा जायज भन्दा पनि स्वाभाविक प्रतिक्रिया मात्र हो । यो ट्रम्पको कार्य ठिक-बेठिक भन्दा पनि यो शक्ति सन्तुलनको खेल हो,जसले विश्व राजनीतिमा नयाँ गठबन्धन र प्रतिस्पर्धा जन्माउन सक्ने सम्भावना हुन्छ। ** धन्यवाद !
