बन डढेलोपछिको त्यो हरियो वन
भदौ १७, २०८२, मङ्गलबार | साँझ ०६:३७ बजे | 40515
बिनासको आधारमा बिकास प्रगतितिर लम्कदै गरेको सिन्धुपाल्चोक जिल्लाभित्र रहेको सामुदायिक बन, कबुलियती बन, निजी बन, रास्टिृय बनहरुले नया नाम प्राप्त गरेको छ । हरियो बन नेपालको धन (गृन फरेस्ट) हामीले यो हरित बाताबरण कायम राख्न कालो ठुटामा परिणत हुन नदिन धेरै परिस्रम मेहनत गरेका छौ । पर्यटनहरुको अध्यनस्थलको रुपमा परिणत गर्न सफल जिल्ला हो सिन्धुपाल्चोक । हामी सङ भएको यो गृन फरेस्टको सबै काठ दाउरा गोल बेबस्थापन गर्ने बित्तीय क्षमता छैन र आर्थिक हिसाबले यो उपयुक्त पनि छ । राम्रा काठहरु समुहले सदुपयोग गर्न सक्छ ,जस्मा समुहलाई सहजीकरण गरि दिए पुग्छ ।
यो कथा सताब्दिऔ पुरानो इतिहासमा सिमित एक ब्यक्ति वा सम्प्रदायले अर्को ब्यक्ति वा सम्प्रदायलाई सुनाउदै आएको लोक वा पन्चत्रन्त्रको कथा होइन । समुदायले सामान्य ढङ्गले लिएको तर बन बाताबरण नोक्सानीको हिसाबले हेर्दा बन डढेलो दर्दनाक र तेसबाट सिजित समस्याको यथार्थ कथा हो । भाबी पुस्तालाई सुनाउनै पर्ने दुखको बेथा हो ।
सिन्धुपाल्चोक जिल्लाभित्र सुनकोसी गा पा, लिसन्खु पाखर गापा, त्रिपूरा सुन्दरी गापा, बारबिसे नपा, भोटेकोसी गापा, बलेफी गापा, जुगल गापा, चौतारा साङाचोक गढी नपा, इन्द्रावती गापा, मेलम्ची नपा , हेलम्बु गापा, पाच्पोखरी गापापर्ने सामुदायिक बन, कबुलियती बन, निजी बन, रास्टृय बनको जनजिबन सधै झै सरल संगठित सुमधुर र बोधगम्य थियो । चौरी भेडाको बथान तिनका गोठाला चराचुरुङ्गी जङली जनावर कीटपतङ अमुल्य जडिबुटी सहितको प्राकृतिक सम्पदा सामुदायिक बनको उद्गमस्थल, हरित स्वयंसेवक परिचालित पहिलो नमुना जिल्ला अनि मानव जीवनको सहअस्तित्वको अनुपम नमुना बोकेको यो सिन्धुपाल्चोक जिल्लाको बन । लोभलाग्दो हरियो जङ्गल निखृयो चिसो सुक्खा चिसो हावाको झोका देशको अन्य भुभाग जस्तै असमय नै बिस्तारै बढीरहेको सुख्खापन याहाको छोटो परिचय हो ।
मान्छे जलाउन भौतिक आगो मात्रै पर्याप्त छैन, लोभ मोह र पापका दुस्कर्महरुले उसलाई निरन्तर जलाइरहन्छ । आगोले त एक्छिन जलाउने न हो । राम्रो घास पलाउछ भन्ने लोभमा जीवजनावरले दुख दियो भन्ने कुरामा बनबाट मलिलो माटो बगाएर ल्यौछ । उव्जनी राम्रो हुन्छ भन्ने बाहानामा डढेलो लगाउनु ठिक होइन । कानुन बिपरित हो भन्ने था हुदाहुदै पनि मानिसहरुको पराम्परा नै बन्दै गैरहेको थियो । २०७७ सालमा सामुदायिक बन उपभोक्ता महासङ सुनकोशी महासङका कोषाध्यक्ष शारदाप्रसाद चालिसेको सकृयतामा डिभिजन बन कार्यलय सिन्धुपाल्चोकको समन्वयमा जिल्लाभरी डढेलो नियन्त्रण सचेतना अभियान एक महिना गर्नुभएको थियो र तेतिबेला जिल्लाभरी जताततै लागेको डढेलो नियन्त्रण र प्रभावकारी भयो र डिभिजन बन कार्यलय सिन्धुपाल्चोकले २०७८ सालदेखी भोलिन्टेरको रुपमा हरित स्वयंसेवकभर्ना गरि परिचालन ग¥यो । अहिले २०८१ सालसम्म निरन्तरता दिएको छ । २०७७ देखी २०८१ सम्म हरित स्वयंसेवक सम्योजकको रुपमा शारदा प्रसाद चालिसेले काम गर्दै आउनुभएको छ । २०८० सालसम्म पनि यस्तै क्रम दोहोरियो त्यस्मा केही दुष्ट लोभीपापी शिकारी थपिए जस्ले जङ्गलमा रहेको जनावरको सिकार गर्ने नियतले थप आगो लगाए । भौगोलिक हिसाबले भिरालो जमिन रहेको सिन्धुपाल्चोक जिल्ला तेस्माथी सल्लोको बन (पाइन फरेस्ट) चौडा पाते बन २ किसिमको छ । सल्लाको बनले अब क्रमश बिकराल रुप लिन थाल्यो ।
तेहिबेला अकस्मात अनियन्त्रित हावा हुरि चल्न थाल्यो । भिरालो पाखा र भुइँमा रहेको डढेलोले एकै पटक सल्लाको टुपोमा पुग्यो । धेरै रुखमा एकै पटक सल्लोको जङ्गल त्यसमाथी बर्षौदेखी ढलेर बसेको सुकेका अनगिन्ती रुख । हावाको बहाबले सहजै एक रुखबाट अर्कोमा आगो फैलदै जाने हुदा ।
राप छ । ताप छ । मनमा बन बचाउने चिन्ता छ । जमिनदेखी कान्ड हुदै टुपोसम्मको आगो लागेको छ, त्यहा जल्न केही बकि रहेन ।
धुवाको मुस्लो बीच कोलाहल सुरु हुन्छ चटचट गर्दै रुख ढलेको आवाज आइरहेको थियो । पातलो रुख र सुकेको रुख ढल्न थाल्छ तर पनि डिभिजन बन कार्यलयबाट परिचालित हरित स्वयंसेवक टिम लिडर शारदा प्रसाद चालिसे कहिले थाकेनन । कहिले हरेस खाएनन । दिनरात बिहान साझ बन कसरी जोगाउने भन्ने परिकल्पना र आगो नियन्त्रण मै आगोसङ जुदिरहे ।
आगो नियन्त्रणको स्रोत जिल्ला सिन्धुपाल्चोकलाई चिनाउन सफल भए । सामुदायिक बन समुहहरुले समयमा नै काठ दाउरा बेबस्थापन नगर्दाको घातक परिणाम पनि हो बन डढेलो ।
आगोको मात्रा बढेपछि चराचुरुङ्गी, बन्यजन्तु, आतिएर यताउता भाग्न थाले । उडेर र कुदेर भाग्न सक्ने भागे उड्न । कुद्न नसक्ने घस्रने जनावरहरु एकै ठाउमा मरे । धुवाको मुस्लो जनावरको आवज क्रमश कम्जोर बन्दै गए र बिलिन भए ।
धुवाको मुस्लो बिच कैयौ जनावर भाग्दा भिरमा अड्किए । कैयौ भिरबाट लडे ।
बाहुन क्षत्री निवार तामाङ गिरि माझी पहरी दनुवार थामी सेर्पा बहुल जातीको समुदायले यहाको सामुदायिक बनको उपभोग गर्छन् ।
कालो बाक्लो धुवाले आकाश भेट्ला जस्तो भए पछि ठुलै अनिस्ठको संकेत देखेर गाउले पनि आतिए । सानोतिनो डढेलो त पहिला पहिला पनि लाग्थ्यो तर एतिको धुवा र मुस्लो हुदैन थियो ।
बन समुहको उपभोक्ताहरु हल्लाखल्ला गर्दै पुगे तर त्यहाको अवस्था कल्पना भन्दा बाहिर पुगिसकेको थियो ।
उहाहरुले तत्काल बन कार्यलयको टोलि र सुरक्षाकर्मीलाई गुहारे । बन टोलि र सुरक्षाकर्मी पुगे तर त्यहाको अवस्था जटिल थियो, किनकी यो पटकको आगो भुइ आगो (सर्फेस्फाएर) थिएन । यो आकाश छेडौला जस्तै गरेर उग्र र उन्मत्त छत्रे डढेलो (क्राउन फाएर) थियो ।
सिङै रुख फेददेखि टुप्पोसम्म दनदनि बलेको थियो । हरित स्वयंसेवक सुरक्षाकर्मीहरु तालिम प्राप्त भए पनि आगो निभाउने औजार स्याउला र फाएर सटर भन्दा अरु थिएन भने वरिपरि पानी पनि थिएन भने बारुणयन्त्र नि थिएन ।
सल्लोको बन (पाइन फरेस्ट) खोटो बढी हुने हुदा तेस्मा पनि भिरालो जमिन बढ्दो गर्मी भीषण आगो पर्याप्त ज्वलन्शिल पदार्थ, सुख्खा जमिन ५० औ बर्षदेखिको घनिभुत सल्लाको जङल स्वाहा भएको थियो आगो बलिरह्यो । हाम्रो प्राकृतिक सम्पदा जलिरह्यो । निरुपाय स्थानिय समुदाय टुलुटुलु हेरिरह्यो ।
हामी बन डढेलो सम्बन्धि भाते गोष्ठी ठुलाठुला होटलमा गर्छौ । डढेलोको बारेमा अध्यन गर्न तालिममा सहभागी हुन थाइल्यान्ड ,अस्ट्रेलियातिरको बोइङ चडछौ । अबको दिनमा यस्ता गोष्ठी र अध्यनको लागी सिन्धुपाल्चोक जिल्लाभित्रको जङ्गलको फेदीमा पाल टागेर गरिनुपर्छ ।
बन डढेलो नियन्त्रणको मोडेलहरु सिन्धुपाल्चोकबाट सिक्नुपर्छ । ताकी निति निर्माताले हृदयबाटै अनुभुति गर्न सकुन् । डढेको बनको फोटो र बन बचाउन सफल जिल्ला र नियन्त्रणमा खटिने टिमको फोटो बन मन्त्रालय, तालिम केन्द्र योजना आयोगमा राखिनुपर्छ । ताकी हरेक पटक निति तथा कार्यक्रम बनाउदा सिकाउदा यी र यस्ता बिषयले प्राथमिकता पाउनु पर्छ । बन डढेलो पश्चात् बनमा पुनर उत्पादनको अवस्था र अन्य बाताबरणको प्रभाव के रहन्छ भन्न का लागी यो नेपालको लागि उपयुक्त फिल्ड हो । यो भन्दा राम्रो ठाउ सायदै होलान् । क्याम्पस आफ्ना विद्यार्थीलाई शोधपत्र तयार गर्न माहोल मिलाइ दिने । बन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले विभिन्न मोडल बनाएर नियमित तथ्यांकमा आधारित भएर काम गर्नुपर्दछ ।
केही बाहेक बन मन्त्रालयका उच्च पदाधिकारीहरु सिन्धुपाल्चोक पुग्नुभएकै होलान् । तसर्थ एक पटक निति निर्माण तहमा पुगेका सबैले यो क्षेत्रको चाडै भ्रमण गरौं र अझै के राम्रो काम गर्न सकिन्छ हरित स्वयंसेवकलाई सस्थागत गर्ने सके , हरित बाताबरण जोगिन्छ भन्ने उदाहरण सिन्धुपाल्चोक जिल्ला डिभिजन बन कार्यलय ले दिसकेको छ । आजैबाट प्रतिबद्धता जनाऔ ।
हरित स्वयंसेवक सम्योजक ः– शारदा प्रसाद चालिसे, सिन्धुपाल्चोक ।
