शिक्षालय कलेजलाई इन्टरनेशनल एजुकेशन भिजन अवार्ड


भदौ १६, २०८२, सोमबार | विहान ११:५५ बजे | 85


शिक्षालय कलेजलाई इन्टरनेशनल एजुकेशन भिजन अवार्ड

भक्तपुर । शिक्षालय कलेजलाई एजुकेशन भिजन अवार्ड भक्तपुर । मध्यपुरथिमि न.पा लोकन्थलीस्थित रहेको कलेजले सार्क एजुकेशन अवार्ड अन्तर्गत “एजुकेशन भिजन अवार्ड” प्राप्त गरेको छ । यस कलेजले करिब २ वर्षदेखि भक्तपुरको स्थानीय विद्यार्थीदेखि लिएर अन्य जिल्लाका विद्यार्थीहरुलाई आइटी, बिबिए र एमबिए विषयमा सुलभ र राम्रो शिक्षा दिँदै आइरहेको छ । समृद्धि कलेजका फाउन्डरहरू र आइटी क्षेत्र को दिग्गज व्यक्तित्वहरू समावेश भई स्थापना भएको शिक्षालय कलेजले आइटी विषय (बिएससी सीएसआइटी) र व्यवस्थापन विषयहरू (एमबिए र बिबिए) को गुणस्तरीय पठनपाठन गराउँदै आएको छ। भक्तपुरका अन्य निजी कलेजहरुमा बिबिए र एमबिए पढाइ नहुने भएको हुनाले व्यवस्थापन संकायअन्तर्गत बिबिए र एमबिए पढ्ने विद्यार्थीहरुलाई काठमाडौंसम्म जानु नपर्ने हिसाबले राम्रो शिक्षा दिन यो शिक्षालय कलेजको स्थापना भएको कलेजका प्रबन्ध निर्देशक सन्दीप श्रेष्ठज्यूले बताउनुभयो । कलेज स्थापना भएको पहिलो वर्षमा नै आफ्नो सिटसंख्या पूर्ण रुपले भर्न सफल यो शिक्षण संस्था आफैमा उदाहरणीय बनेको छ । उहाँले यस कलेजले यस अघिपनि नयाँ धार नयाँ सोचको आधारमा नेशनल अवार्ड अन्तर्गत “इमर्जिङ कलेज अवार्ड” प्राप्त गर्न पनि सफल भएको बताउँदै विद्यार्थी र अभिभावकले दिनुभएको साथ र विश्वासले अब यस शिक्षालय कलेजमा चाँडै BIT र BALLB पनि ल्याउने तयारी भएको जानकारी दिनुभयो ।

Comments