भक्तपुर नगरः दिव्य देवालय र सांस्कृतिक सौन्दर्यको सहर


भदौ १३, २०८२, शुक्रबार | राति १०:२८ बजे | 465


भक्तपुर नगरः दिव्य देवालय र सांस्कृतिक सौन्दर्यको सहर

रत्न कुमार श्रेष्ठ
विक्रम संबत २०८२ साल सावन ९ गते शुक्रवारको दिन । काठमाण्डौँ उपत्यकाको पूर्वी कुनोमा फैलिएको यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत भएको सहर भक्तपुरतर्फ हामी काठमाण्डौं कोटेश्वरस्थित प्रातःकालिन सन्धाकालिन मैत्री समूहका सदस्यहरू सुविधानगर, तीनकुनेबाट डा।इन्दुल केसीज्यूको पथप्रदर्शनमा अवलोकन गर्न निस्कन्छौँ । यो भ्रमणको उद्देश्य इतिहास, संस्कृति, तथा सम्पदाको संरक्षण र महत्वबारे जानकारी प्राप्त गर्ने । केसीज्यूको बर्षौ देखिको निमन्त्रणा आज यर्थाथतामा परिणत हुन गैरहेको छ । 
 ९भक्तपुर सहरको नक्सा०
भक्तपुरका ती ऐतिहासिक गल्लीहरूले यो समूहलाई बोलाएझै लाग्छ । मनमा गहिरो श्रद्धा, कलाको मोह, र चुपचाप डाकिरहेझै लाग्ने ती प्राचीन ढोकाहरूको आकर्षणले गर्दा हामी यात्रामा निस्कन्छौँ । आज टंटलापुर घाम लागिरहेता पनि समूहका सदस्यहरूमा भक्तपुरको देवदेवालय र सांस्कृतिक सम्पदा अवलोकन गर्ने एउटा भिन्न प्रकारको उत्साह र उमंग विद्यमान छ । भक्तपुरका गल्लीहरूले पनि लामो समयदेखि यो समूहको प्रतिक्षा गरिरहेको जस्तो लाग्छ । यस समूहलाई संयोजकको रूपमा सदस्य श्री जगदिश्वर अधिकारीले गर्नु भएको छ भने गाइड भनौ वा पथप्रदर्शक को रूपमा ८५ बसन्तमा हिडिरहनु भएका अत्यन्त उर्जावान र वहुप्रतिभाको धनी डा।इन्दुल केसी हुनुहुन्छ । उहाँको पुर्खौली थलो पनि भक्तपुरनै भएकोले यो अवलोकन भ्रमण अत्यन्त प्रभावकारी र उपलव्धिमूलक हुनेछ भन्नेमा सबैलाई विश्वास  लागेको छ ।
अवलोकन भ्रमणको पहिलो निशानामा छ, भक्तपुर प्रवेशद्बारमा रहेको सिद्ध पोखरी जसलाई सादगीमा समेटिएको साधना पनि भनिन्छ । पथप्रदर्शक डा।केसीले यो स्थानको ऐतिहासिक महत्वको बारेमा बताउन थाल्नु भो ÷ यो परापुर्वकाल देखि नै रहँदै आएको र नामले नै  सिद्ध भएको पोखरी हो । यो भक्तपुरको एक विशिष्ट नेवारी संस्कृतिमा आधारित तीर्थस्थल हो । यहाँ कुनै भव्यता छैन, तर परम्पराको गहिराइ र आस्थाको सुगन्ध छ । यो ठाउँ हाल नगरभित्र रहेता पनि मल्लकालमा यो नगर बाहिर नै थियो । सफा चौतारी, सादा ढुङ्गाको संरचना, र आसपासको हरियालीले एक किसिमको ध्यानको अनुभव दिलाउँछ । नेवारी भाषामा यो पोखरीलाई ूत पुखःू अर्थात ूठूलो पोखरीू भनिन्छ । 
भक्तपुरको दरवार स्क्वायर पस्ने पश्चिमतिरको खौमाटोलको प्रवेशद्बारबाट पस्नासाथ दायाँतर्फ चारधामका कलात्मक देव मन्दिरहरू छन् । त्यहाँ यस भ्रमण टोलीबाट अवलोकन र मन्दिरहरू परिक्रमा गरियो । उक्त खौमा टोलको इन्द्रायणी देवीलाई बाजागाजासहित नगरपरिक्रमा गराइ एक रात यो पोखरीको पश्चिमतर्फ राखिन्छ । यहाँ दशैको षष्टिको दिन ठूलो मेला लाग्दछ। काठमाण्डौँको इन्द्रजात्रा जुन दिन हुन्छ सोहि दिनको साइतमा यहाँ पनि इन्द्रायणीको जात्रा मनाइन्छ । यो पोखरीको अर्को विशेषता भनेको यसको पुर्वतर्फ विभिन्न हिन्दुधर्मालम्वीहरूको देवीदेवताहरूको मूर्तिहरू छन् भने सोही ठाउँमा बुद्ध धर्मालम्वीहरूको एउटा स्तुपा पनि देख्न सकिन्छ । यो नेपालीहरूको धार्मिक सहिष्णुताको प्रतिक हो ।
डा।केसीले पोखरीको पूर्वपट्टिको डिलमा पुगेर देवालय नजिकको शीलापत्रलाई देखाउँदै भन्नुभयो÷ूत्यहाँ परापुर्वकाल देखिका विभिन्न पुरातात्विक महत्वका शीलापत्रहरू छन्, जुन हालको अवस्थामा पत्रैपत्र उप्किएर खलपत्र भएर पढन नसकिने अवस्थामा छन्, सरकारले यसमा ध्यान दिएको भए हाम्रो ऐतिहासिक धरोहरको संरक्षण हुने थियो ।ू
हामीले यसो पोखरीमा हेर्दा त्यहाँ नगरपालीकाले पर्यटक र अवलोकनकर्ताहरूको लागि बिहान र बेलुका बोटिंगको व्यवस्था गरेको समेत पाइयो । पोखरीमा माछाहरू पनि प्रशस्त पालेको पाइयो र स्थानीयलाई बुझ्दा बेलाबेलामा पोखरीभित्र ठूला ठूला सर्पहरू पनि देखा पर्दछन् भने ।
सिद्धपोखरीको भ्रमणपछि डा केसीज्यूले समूहलाई न पुखु ९पोखरी०÷ मा लिएर जानुभयो । त्यहाँ पनि अहिले पर्यटकहरूको लागि वोटिङ्गको व्यवस्था गरेको रहेछ । यो पोखरीको उत्तरतर्फ भक्तपुरको सवभन्दा ठुलो पुस्तकालय जनज्योति पुस्तकालय छ । यो स्थान केही उँचाईमा रहेकोले यहाँबाट उत्तरतर्फको दृश्यावलोकन गर्दा दुवाकोट, चाँगुनारायणको मन्दिर स्पष्टसँग देखिने रहेछ । यो समूह अगाडि बढदै जाँदा इटा छेँ टोलको मुलाखु गणेश मन्दिर पुग्छौँ । यहाँका मानिसहरू यात्रा वा कुनै कार्यको सुरुवात गर्नु अघि गणेश मन्दिरमा पूजा गर्छन् । गण्शको मन्दिर सानो छ, तर त्यसको प्रभाव अति विशाल÷जसरी साना बीजले विशाल वृक्ष जन्माउँछ । त्यसपछि गणेश मन्दिर हुँदै खौमा टोलमा पुग्छौँ । त्यहाँ नेपाल भाषाविद तथा लेखक जगतसुन्दर मल्लको शालिक देख्छौँ । अब हामी भक्तपुरको मुख्य पर्यटकीय स्थल दरबार स्क्वायरमा पुग्छौँ । यसो दरवार स्क्वायर अगाडि पुगेर हेर्दा लाग्यो यो त इतिहासको जिवन्त संग्रहालय हो । हामीले एकछिन त्यहाँ उभिएर वरिपरिका दृश्यहरूलाई नियालेर हेर्दा लाग्यो÷ यो दरवार स्क्वायर÷सम्पूर्ण यात्राको मुटुजस्तो छ । यहाँ कला, संस्कृति र इतिहास एकै ठाउँमा मिलेर नाचिरहेका छन् । पचपन्ने झ्याले दरवार, भिमसेन मन्दिर, वत्सला मन्दिर र ठुलो घण्टा सबैले आ÷आफ्नो गाथा सुनाइरहेका छन् । 
त्यसपछि पथप्रदर्शक डा केसीले मल्लराजाले स्थापना गरेको चारधाम मन्दिरमा घुमाउनु भयो । अलिक अगाडि बढदा संग्रहालयको प्रवेशद्बारको दायाँपट्टि नरसिंहले हिरण्यकशिपुलाई बध गरेको ढुङ्गामा कुँदिएको अत्यन्त आकर्षक कलात्मक मूर्ति छ भने  बायाँपट्टि हनु भैरवको पनि उतिकै कलात्मक मूर्ति छ । ती मूर्तिहरूसँगसँगै केही दुरीमा दायाँ बायाँ ठुला कलात्मक सिंहका मूर्तिहरू छन् । यो नरसिंह देवता जसलाई हामी हिन्दुहरूले न्याय र रक्षाको देवताको रूपमा मान्छौँ । यो एक शक्तिशाली रूप हो÷विष्णुको उग्र अवतार । हिरण्यकश्यपुको हत्या गरिरहेको नरसिंहको मूर्ति हेर्दा, अन्यायको अन्त र धर्मको विजयको गहिरो सन्देश पाइन्छ । यसको भावनात्मक प्रभाव अत्यन्त ठूलो छ । 
अब अवलोकनको क्रममा हामीलाई त्यहाँबाट अझ अगाडि लगिन्छ जहाँ गोल्डेन गेटः स्वर्णमय ढोकाबाट इतिहासमा प्रवेश गरिन्छ । तलेजु मन्दिर नजिकै रहेको गोल्डेन गेट, नेपाली कला र धातु शिल्पको अनुपम उदाहरण हो । सुनको रंगमा चम्किने यस ढोका, जसलाई राजा रणजीत मल्लले बनाएका थिए, ले स्वर्गीय द्बारजस्तो अनुभव दिलाउँछ । ढोकाको माथिल्लो भागमा तलेजु भवानीको आकृति, वरिपरिको देव÷दानवहरूको झल्को र उत्कृष्ट कुँदाइले मनमा गहिरो छाप छोड्यो । यो गेट तलेजु भवानी मन्दिरको मुल चोक जाने प्रवेशद्बार हो । यहाँबाट पनि हामी अगाडि बढदै जाँदा बेक्व चोक पुग्छौँ जहाँ पहरीहरूको सुरक्षामा पर्यटकहरूको क्यामरा, जुत्ता, मोवाइल, घडी आदि राखिन्छ । यी सामानहरू राखेर हामी तलेजु भवानीको मन्दिर परिसरमा पस्छौँ । यो भक्तपुर दरबार क्षेत्रको एक अत्यन्तै पवित्र र राजसी मन्दिर रहेछ । डा। केसीको भनाईअनुसार यो चोकमा पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्दाको गोलीको खोका अहिले पनि काठको ढोकाको खापामा देख्न सकिन्छ । यो चोकको दक्षिण पश्चिम दुवैतर्फ तलेजु भवानीको धेरै गजुर रहेको मन्दिर देख्छौँ । उत्तरतर्फ मन्दिरको एक तला माथि दक्षिण फर्केको एउटा श्रीखण्डबाट निर्मित झ्याल छ जहाँ त्यसताका राजा बस्ने गर्थे । यो ठाउँमा दशैको बेलामा नौ दिनसम्म तलेजु भवानीको मेला लाग्छ । यही मुल चोकमा नै कालरात्रीको दिन राँगा, बोका, भेडा, कुखुरा, हाँस आदिको बलि दिने प्रचलन रहेको छ । भक्तपुरको तलेजुभवानी देवीको मूर्ति राजा हरिसिंह देवले सिमरौनगढबाट ल्याएर यहाँ प्रतिष्ठान गर्नु भएको थियो ।
उत्तरतर्फको पाटिको भित्तामा अति महत्वपूर्ण देवीदेवताका कलात्मक चित्रहरू कोरिएका छन् । यी चित्रहरू अहिले मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन् । नौ बाजा दाफा भजन पनि यसै चोकमा हुने गर्थ्यो । मुलचोकबाट बाहिर आएपछि उत्तरतर्फ नाग पोखरी छ÷त्यहाँ पनि विभिन्न दुङ्गाका मूर्तिहरू राख्ने खोपाहरू छन् तर हाल मूर्तिहरू रहेको पाइएन । मूर्तिहरूको हातखुट्टा लागेर कता गए होलान, अचम्ब लाग्छ । तलेजु भवानीको मन्दिर भ्रमण गरेपछि हामीलाई लाग्यो यो तलेजु भवानी मन्दिरः शाही भक्ति र शक्तिको आलय हो । यो मन्दिर सामान्यतया सर्वसाधारणका लागि खुला हुँदैन, तर मन्दिरका बाहिरी भागकै भव्यता, त्यसको त्रिभुवनात्मक स्वरूप र सुनौलो गजुरले हाम्रो मनमा शक्तिशाली आस्था जगायो । तलेजु देवीलाई प्राचीन मल्ल राजाहरूले आफ्नो कुलदेवीको रूपमा पूज्थे । यो मन्दिरले  भक्तपुरको धार्मिक शक्ति र सांस्कृतिक गौरव दुवै बोकेको छ ।
गोल्डेन गेटको ठिक अगाडिपट्टि राजा भुपतिन्द्र मल्लको शालिक तलेजु भवानीको मन्दिरतर्फ हेरेर नमस्कार गरेको मुद्रामा रहेको छ । शालिकको पुर्वपट्टि ठूलो घण्टा छ, अहिले पनि पुजारीले पुजा गर्ने बेलामा यो घण्टी बजाउने चलन छ । डा केसीका अनुसार दरवार स्क्वायरको क्षेत्रमा खिचा खोँ गाँ ९कुकुर भुक्ने घण्टी० छ । जसलाई अंग्रेजीमा डग बार्किङ्ग बेल भनिन्छ । अहिले पनि पूजा गर्ने बेलामा यो घण्टी बजाइन्छ । यस्को आवाज सुनेर अहिले पनि कुकुरहरू यसको वरिपरि भेला भएर रुन थाल्छन् ।
    अब हामी पचपन्ने झ्याले दरबार अवलोकन गर्न लाग्छौँ । यो दरबार राजा भूपतिन्द्र मल्लले बनाएका हुन । यसमा कालिगढले बडो मेहनतका साथ कलात्मक झ्यालहरू बनाएका छन् । यहि दरबारको ठिक अगाडि च्यासिंग मण्डप छ । नेपाल भाषामा आठ वटा कुना भएकोलाई च्यासिंग भनिदोरहेछ । यहाँ मल्ल राजाले विदेशी पाहुनालाई भेटने गर्दथे । च्यासिंग मण्डपको दक्षिणतर्फ काठमाण्डौँ। गौशालामा भएको पशुपतिनाथ मन्दिरको हुबहु पशुपतीनाथको मन्दिर छ । यो मन्दिर भक्तपुरका वाशिन्दाहरूले पशुपतिनाथ मन्दिर दर्शन गर्न काठमाण्डौँसम्म धाइरहन नपरोस भनेर मल्ल राजाले बनाएको रहेछ । यस मन्दिरको वरिपरि काठमाण्डौँको पशुपतिनाथ मन्दिरको जस्तै काठमा कुँदिएका टुडाँलहरू रहेका छन् ।
    घुम्नेक्रममा हामी दरबार स्क्वायरकै नजिक रहेको ुतालाकोु भन्ने कुम्हाले टोलमा पुग्छौ । भक्तपुरमा विभिन्न माटाको भाँडाकुँडा उत्पादन गर्ने र बनाउने सीप सिकाइने यस स्थानलाई ूतालाकोू भनेर चिनिने रहेछ । यो परम्परागत कुम्हाले९प्रजापती० समुदाय बसोबास गर्ने क्षेत्र रहेछ । यहाँको मुख्य आकर्षण भनेको हातले माटाको भाँडो बनाउने परम्परागत सीप हो, जुन पुस्तौदेखि चल्दै आएको छ । पर्यटकहरू र स्थानीयहरू यहाँ आएर भाँडा बनाउने प्रक्रिया हेर्न, सिक्न र आफैले पनि बनाउन प्रयास गर्न सक्ने सुविधा पाइन्छ । परम्परागत चाक ९एयततभच’क ध्जभभ०ि को प्रयोग गरेर गिलास, सुराही, धुपदानी, दियो आदि बनाइन्छ । यो क्षेत्रले नेपालमा हस्तकला पर्यटन ९ऋचबात त्यगचष्कm० प्रवद्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
    दिउसोको टंटलापुर घाममा अवलोकनको क्रममा हिडदा हिडदा धेरै साथीहरू थाकिसकेको प्रतित हुन्थ्यो । शायद यहि महशुस भएर होला केसी सरले हामी सबैलाई भक्तपुरको प्रसिद्ध जुजु धौ पाउने स्थान टौमधिटोलको लक्ष्मी गेष्ट हाउसमा लग्नु भो । त्यहाँ भ्रमण मण्डलका सदस्यहरू सबैले जुजु धौ र दही चिउरा खाएर मौलिक स्वादको आनन्द लियौँ ।
    पोटरी स्क्वायरपछि हामी डा।इन्दुल केसीको अध्यक्षतामा निर्मित नासमना टोलमा रहेको श्री श्यामसुन्दर भजन मण्डलमा पुग्छौँ। यो भजन मण्डल भक्तपुरको धार्मिक÷सांस्कतिक एवं भजनगायन परम्परालाई संरक्षण र प्रवद्धन गर्नेतर्फ एक महत्वपूर्ण कार्य मानिन्छ । बि।सं।२०७२ सालको महाभूकम्पले ध्वस्त भएको चार तलाको भजनघर उहाँको अध्यक्षतामा गठित पुनः निर्माण समितिले कार्य सम्पन्न भएको रहेछ । यो पुनः निर्माणमा भक्तपुर नगरपालिकाका प्राविधक इन्जिनियरहरूले तयार पारेको लागत अनुमान एक करोड पचास लाखमा निर्माण भएको कुरा भजनघरमा रहेको ताम्रपत्रमा उल्लेख भएको पाइयो । यो भजन मण्डल भक्तिभाव, संगीत, र समुदाय सेवा तीनवटै क्षेत्रमा प्रभावशाली योगदान पुर्याउने उद्देश्यले बनाइएको रहेछ । यहाँ स्थानीय वृद्धवृद्धा, युवाहरू र महिला समूहहरू समेत सक्रिय रुपमा सहभागी हुन्छन् । धार्मिक सांस्कृतिक उत्तराधिकारीलाई जीवित राख्ने उद्देश्यले उहाँले यस्तो कार्यको अगुवाई गर्नु भएको हो । भजन मण्डलमा वाध्यवादन गरी भजन गायन गरेर सहभागीहरूलाई आत्मिक शान्तिको दिशातर्फ लैजाने प्रयास गर्नु भयो ।
    अन्ततः हामी पुग्यौ न्यातपोल मन्दिरमा÷भक्तपुरको सबैभन्दा अग्लो र प्रभावशाली संरचना । पाँच तला भएको यो मन्दिर शक्तिशाली देवी सिद्धिलक्ष्मीलाई समर्पित छ । विभिन्न तहमा रहेको मूर्तिहरू÷कुटुवा९जयमल र पत्ठा०, हात्ती, सिंह, शार्दुल, देवीका द्बारपाल÷प्रतिकात्मक रूपले मानव यात्राको कठिनाइ र समाधानको संकेत गर्छन् । ती मूर्तीहरू मन्दिर चढने सिढीको दायाँ बाँयातर्फ रहेको पाइयो । यो मन्दिर निर्माण गर्ने क्रममा तात्कालिन राजा भूपतिन्द्र मल्लले भारतको मिथिलामा बसोबास गर्ने चारजना विशिष्ट झाँ ब्राह्मणहरूलाई निम्तोदिइ बोलाउनु भएको थियो । यसरी निम्तो पाएर पूजा गर्न आउनु भएका चारजना झा ब्राह्मणहरूमध्ये चतुर्भूज झा नामका एक ब्राह्मण पनि हुनुहुन्थ्यो । डा।इन्दुल केसी वहाँकै वंशको सातौ पुस्ताको हुनुहन्छ । 
यसरी समूहका साथीहरूको यस स्थानसम्मको भ्रमण सम्पन्न भएपछि काम विशेषले केही साथीहरू काठमाण्डौ फिर्नु भयो । त्यसपछि हाम्रा पाइला पुगे गछें टोलस्थित नवदुर्गा मन्दिरतर्फ, जहाँ नवदुर्गाकाको पूजा गरिन्छ । यसलाई शक्तिको जीवित देवी पनि भनिन्छ । यहाँको विशेषता के छ भने, प्रत्येक बर्षमा विजयादशमीको दिन प्रकट हुने नवदुर्गा नाचको आरम्भ यहीबाट हुन्छ । मन्दिर पुरानो ईँटा र काठको कलाले  सजिएको छ, जसले शक्ति र श्रद्धाको अद्धुत संगम प्रकट गर्छ ।
नवदुर्गाको दर्शन पश्चात हामी पुग्यौँ दत्तात्रय मन्दिर, भक्तपुर नगरको पुर्वतर्फ रहेको छ । यो मन्दिर ब्रह्मा, विष्णु र महेश्वरको समागम मानिन्छ । यो दत्तात्रय मन्दिरलाई त्रिदेवको त्रिकोणीय साक्षात्कार पनि भनिदो रहेछ । मन्दिरको काठका झ्यालहरू, स्तम्भमा कुँदिएका देवताहरू र मन्दिर अगाडिको विशाल कुटुवाको मूर्तिले ती सबै दर्शनलाई सजीव बनाउँछ । त्यसपछि तुलाछें टोलको त्रिपुरा सुन्दरी मन्दिरतर्फ यात्रा गर्छौँ । त्रिदेवीमध्येकी एक, सुन्दरताकी प्रतीक, र शक्ति र रहस्यले भरिपूर्ण मन्दिर रहेछ । यहाँको मन्दिरको तीनतले स्वरूप, टुंडाल र काठमा कुँदिएका कलात्मक मूर्तिहरू हेरिरहँदा साक्षात त्रिपुरा सुन्दरीको दर्शन गरेजस्तो अनुभव भयो ।यो मन्दिर भक्तपुर नगरको मध्यभागमा पर्छ ।
फेरी डा केसीले हामीलाई घुमाउँदै भक्तपुर नजिकैको कमल विनायकको यातु गणेश मन्दिरमा लानुभयो÷जहाँ जनविश्वासअनुसार कठिनाइहरू हटाउने गणेश बास गर्छन् भन्ने मान्यता रहेछ । मन्दिरको कमल आकारको सजावट र शिलालेखले  यो स्थानको ऐतिहासिक गाथा सुनाइरहेको जस्तो लाग्यो । हामीलाई कमल विनायक मन्दिर श्रद्धाको शान्त स्पन्दन लाग्यो । यो मन्दिरको दक्षिणतर्फ वुद्धिष्टहरूको एउटा ठूलो स्तुपा रहेको पाइयो । बोली नफुटेका बालबालिकालाई यस स्थानमा लगेर छाडेको खण्डमा बोली फुटने जनविश्वास रहेको पाइयो ।
एकप्रकारले हामीहरू घुमेर थाकीसकेका थियौ तर केसीसरले उर्जा प्रदान गरेर हामीलाई गोलमढीको राम झोपडि पुर्याउनु भयो । यो श्रद्धा र सादगीको प्रतिमा रहेछ । यो स्थान राम भक्तिको सजीव स्थल हो, जहाँ झोपडीमा बनाइएको राम, सीता र लक्ष्मणको मूर्ति सादगीका साथ स्थापित छ । कुनै सुनौला छाना या कलात्मक शिल्प होइन, तर भक्तहरूको श्रद्धा, भक्तिको मौन भाकाले यस स्थानलाई पवित्र बनाएको छ । यस झोपडीको दक्षिणतर्फ लिच्छविकालिन शिव मन्दिरको साथै मन्दिरको पुर्व गहिरो स्थानमा ढुङ्गेधारा, इनार, कुवा समेत एकै स्थानमा रहेको पाइयो । त्यहाँ बसेर केही क्षण ध्यान गर्दा÷शान्त र निर्मलताको अनुभूति गर्यौ ।
यसपछि हामी पुग्यौँ टौमधि टोलको तिल माधव नारायण मन्दिर÷जहाँ हरेक वर्ष श्रावण महिनामा साउनीको मेलाले भक्तजनहरू भरिन्छन् । यहाँ विष्णुका अवतार तिल माधव नारायणको पूजा गरिन्छ । मन्दिरको कलात्मक द्बार, शंख र चक्र सम्हालिरहेको मूर्तिले एक किसिमको आत्मिक शान्ति, सुरक्षा र आस्था प्रदान गर्यो । तिल माधव नारायण मन्दिरः भक्तिको एक पुरानो आलय लाग्यो ।
अन्तमा यो यात्रा, केवल स्थानहरूको अवलोकन थिएन, बरु मन्दिर÷मन्दिर डुल्दा डुल्दै आत्मा शुद्ध भएको अनुभूति भयो । भक्तपुर÷जुन केवल ईँटा र काठले बनेको सहर मात्र हैन÷त्यो त संवेदनाले बनेको एक गहिरो साँस्कृतिक चेतना रहेछ । यहाँको प्रत्येक गल्ली, प्रत्येक मन्दिरले मनलाई भक्ति, ध्यान र गौरवको तिर्थयात्राको अनुभूति गरायो । यस यात्राले सिकायो÷धरोहरहरू हेर्ने कुरा होइन, महसुस गर्ने कुरा रहेछन् ।
गोलमढीको शान्त झोपडीदेखि लिएर दरबारको स्वर्ण ढोका हुँदै शक्तिशाली मन्दिरहरूसम्म, प्रत्येक स्थानले हामीलाई मौन रूपमा केही सिकायो÷भक्ति, सादगी, शक्ति र समयको मौन सम्वाद । भक्तपुरलाई हेर्ने होइन, महसुस गर्नुपर्छ÷त्यहाँका ईँटा, त्यहाँको हवा, घण्टीको ध्वनि र मूर्तिको दृष्टिमा एउटा  परम्परागत÷संस्कार गुँजिरहेको पाउँछौँ ।
अन्तमा भ्रमण व्यवस्थापन तथा सम्पूर्ण समन्वय समूह सदस्य द्बय जगदिश्वर अधिकारी र डा।इन्दुल केसीद्धारा गरिएको थियो । डा।इन्दुल केसीले भक्तपुरको देवदेवालय, संस्कृति र सम्पदालाई लिएर यसको ऐतिहासिक, साँस्कृतिक र वास्तुकलात्मक पक्षहरूबारे विस्तृत जानकारी प्रदान गर्नुभयो । विशेषगरी सम्पदा संरक्षण, मल्लकालिन शासन व्यवस्था, काष्ठकला, शिल्पकला, मन्दिरहरूको संरचना, तथा भक्तपुरको सांस्कृतिक जीवनशैलीबारे उहाँको जानकारी यस समूहलाई निकै उपयोगी लाग्यो । त्यसैले प्रातःकालिन र संध्याकालिन मैत्री समूह उहाँप्रति ह्रदयदेखिनै आभार व्यक्त गर्दै मुरी मुरी धन्यवाद ज्ञापन गर्न चाहन्छ ।
यस भ्रमण टोलीका सहभागीहरूको नामावली यसप्रकारको छः(
१०     डा।इन्दुल केसी
२०     श्री कुन्दन दास श्रेष्ठ
३०     श्री जानकी बल्लभ अधिकारी
४०     श्री घनश्याम उपाध्याय
५०     श्री शंकर न्यौपाने 
६०     श्री केसु थापा
७०     श्री रूद्र बहादुर घिमिरे
८०     श्री जय प्रसाद चापागाँइ
९०     श्री राम बहादुर श्रेष्ठ    १००     श्री हिरण्य निरौला
११०     श्री बुद्धि बहादुर श्रेष्ठ
१२०     श्रीमति कुसुम श्रेष्ठ
१३०     श्री तोयनाथ आचार्य
१४०     श्रीमति देवती देवी आचार्य
१५०     श्री जगदिश्वर अधिकारी
१६०     श्री रत्नकुमार श्रेष्ठ
१७०     श्रीमति बिना श्रेष्ठ
१८०      सुश्री क्लेरा श्रेष्ठ ९नानी०
९भ्रमण प्रतिवेदनको लेखन कार्य गर्ने श्री रत्न कुमार श्रेष्ठ, कोटेश्वर, काठमाण्डौँ०
 
 

Comments