टाइम पास : आज गणेशजी लाई सम्झिंदा ....


भदौ ११, २०८२, बुधबार | विहान १०:२७ बजे | 65


टाइम पास : आज गणेशजी लाई सम्झिंदा ....

सुनील सापकोटा

आज गणेश चतुर्थी । गणेशजी लाई सम्झने दिन वा पर्व । हिन्दु पूजापाठको बिधि विधानमा सर्वप्रथम गणेश लाई न सम्झी अथवा उनको आराधना पूजा न गरि कुनै पनि शुभ कार्य सफल वा पूर्ण हुँदैन भन्ने मान्यता रहेको देखिन्छ । महारास्ट्रियनहरु ( मराठीहरु ) ले गणेश लाई अरु देवी देवताहरु भन्दा बढी मान्ने भएकाले आज मराठीहरुको ठुलो चाड पनि हो। हिन्दु धर्ममा गणेश शुभको प्रतीक मानिन्छन् । ऊनी विघ्नहर्ता हुन । कुशल प्रबंधक हुन् । आदि लेखक हुन् । ब्यासले भनेर उनले नै महाभारत ग्रन्थ लाई लिपीबद्ध गरेका हुन । गणेश शास्त्रहरुको ज्ञाता हुन । ऋद्धि और सिद्धि उनको दुई पत्नी हुन । समृद्धि र लाभ उनको संतान हुन । उनी खराब नजर हुनेहरुको को दुश्मन हुन । प्रकृति प्रेमी हुन । उनी दुबो र घाँस मन पराउँने हुँदा पर्यावरण प्रेमी हुन । मुसा उनको बाहन हो । त्यसैले उनी जानवर प्रेमी पनि हुन् । हिन्दु धर्म मान्ने चित्रकार र मूर्तिकारहरुले अरु देवी देवता भन्दा उनको नै बढी चित्र बनाएको म देख्छु। वक्रतुंड महाकाय। सूर्यकोटि सम प्रभ। निर्विघ्न कुरु मे देव। सर्व कार्येषु सर्वदा॥ गणेश लाई लिएर अनेक मिथकहरु छन । अनेक मान्यताहरु , अनेक कथाहरु श्रुति, स्मृति,धर्मसूत्र, मीमांसा, पुराण, महापुराण छन। हिन्दुहरुका अनुसार गणेश यत्र, तत्र, सर्वत्र छन। गणेश चतुर्थीको सबैमा मेरो शुभकामना ! **

Comments