मिस तामाङ २०२१ को पहिलो अडिसन छनौट
माघ १३, २०७७, मङ्गलबार | दिउँसो ०३:४० बजे | 5
काठमाडौं । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङ २०२१ को पहिलो अडिसन सकिएको छ । शनिबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा १८ जनाले पहिलो अडिसनमा भाग लिएका थिए । अडिसनमा काठमाडौंकी शिष्मा लामा, काभ्रेकी प्रतिभा तामाङ, सफलता तामाङ, संगीता लामा, सुजाता तामाङ, रिमा लामा, सिता दोङ, दिपाशा लामा दोङ र प्रतिभा लामा रहेका छन ।
त्यस्तै रामेछापकी ज्योती लामा, नुवाकोटकी सुनिता तामाङ, सिन्धुलीकी गंगामाया रुम्बा र पासाङ ब्लोन, दोलखाकी अनिता तामाङ, धादिङकी आनन्दी तामाङ, रसुवाकी सविना गोले, भक्तपुर नगरकोटकी सफिला थिङ, धरानकी बिनिता तामाङले सहभागीता जनाएकी छिन ।
अडिसनबाट छनौट भएकालाई एक महिनाको प्रशिक्षण दिइने आयोजक संस्थाकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिदै ‘तालिम अवधिमा तामाङ भाषा, व्यक्तित्व विकास, तामाङ जातिको इतिहास, श्रृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्य अनुभव आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता दक्ष बनाइने जानकारी दिइन । अडिसनको निर्णायक मण्डलमा सुनिता दोङ, मिस तामाङ २०१७ की फष्ट रनरअप नावाङ मोक्तान र आयोजकका तर्फबाट अध्यक्ष ब्लोन रहेकी थिइन ।
त्यस्तै आयोजक संस्थाकी अध्यक्ष तामाङले तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता गर्दै आइरहेको जानकारी दिदै आफ्नो सुन्दरतासँगै आफू जन्मेको भूमि, कला र संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो र यसलाइ भुल्न नहुने बताए ।
साथै २८५७ औं सोनाम ल्होछारको छेको पारेर आयोजना गर्न लागेको प्रतियोगिताको फिनाले होटर्ल याडिसन हुने जानकारी दिदै मिस तामाङ बिजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । यस्तै फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर प्रदान गरिनुको अलावा प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिने बताइन ।