नीलबाराहीबारे......


भदौ १०, २०८२, मङ्गलबार | विहान १०:३५ बजे | 215


नीलबाराहीबारे......

हरिराम लवजू

प्रत्येक बर्ष भक्तपुरनगरवासीले नछुटाईन हरेक घरपरिवारबाट पुजिने गरिएका तीनवटा भगवानहरू ः सतुं चढाई जेठअसारमा पुजिने नवदुर्गा भगवान, थ्वं( जाँड) मिठाे र राम्राे हाेस भनी कामना गरि च्वङ्गा गन्द्याे ( सल्लाघारी स्थित गणेश) भगवान पुजिने र म सानाे छँदा नै सुनिने र भनिने गरिएकाे तिन्ग बाराही (निलबाराही वा धनबाराही) धनका लागि पारिवारिक भाेज वा सम्हेबजी सहित पुजिने भगवान हुन ।ती आस्थाका धराेहर र शक्तिका आराध्य भगवानहरू माथि आज थुप्रै समस्याहरू छन ।

यहाँ आज बिषय उठान गर्न खाेजिएकाे कुरा धार्मिक सहिष्णुता सहित मिलेर बसेकाे समाजमा राजनीति अलि बढि हुन थालेपछि सबै तिर बिग्रह र बिखंण्डनकाे अबस्था हुन्छ कि भन्ने डर हाे ।

शक्तिशाली भगवान निलबाराहीकाे बासस्थान नै आज ठुलाे जाेखिममा छ । त्यहाँ आवतजावत गर्ने बाटाे पुरै समस्या र धरापमा छ प्राकृतिक भुक्षय र पहिराेका कारण । तर ती देखिएका समस्याका करणहरू मानवीय व्यवहार नै पहिलाे हाे भनी विर्सिन मिल्दैन । तसर्थ जगेर्ना र संरक्षणकाे संम्पूर्ण जिम्मा मानवहरू कै हुन्छ ।

अब प्रश्न फेरि कसले संरक्षण गर्नुपर्ने भन्नै उठ्छ । जवाफ सरल र सहज छ । जनताकाे करले चल्ने राज्य र प्रशासनयन्त्रले नै संरक्षण र सम्वर्घन गर्नुपर्ने हुन्छ । भगवानकाे नाममा कहीं कतैबाट राजनीति हुनुहुन्न र गरिन हुन्न पनि । भगवानकाे नाममा जसलाइ जे पनि गर्न छुट हुन्छ भन्ने पनि नहाेला । सराेकार सबैले राख्छ सराेकार राख्न पाउनु अधिकारकाे कुरा पनि हाे । कानूनले चिनिने र कानूनले मिल्ने गरि सराेकार सहित संरक्षणमा लाग्नु आमजनताकाे कर्तब्य हाे । तर राज्य वा सरकारकाे अनिवार्य जिम्मेवारी हाे ।

राज्य वा सरकारकाे दायित्व र जिम्मेवारी बाेध गराउन दवाव दिनु, आन्दाेलन गर्नु पनि आम नागरिककाे कर्तब्य नै हाेला । राज्य वा सरकार विधि प्रक्रियासंगत ढंगबाट श्री निलबाराही मन्दीर र साे क्षेत्रकाे संरक्षणमा याेजना सहित र उत्तरदायीपूर्ण तरिकाबाट आइरहेकाे छ भन्ने मनकारी र स्वइच्छा भएका भक्तजन वा जनताहरूलाइ अत्यधिक मात्रामा सरिक गराइ धन, जन , श्रम दान गर्ने अवसर विना राेकटाेक गर्न दिनुपर्दछ ।

राजनीति नहाेस, आग्रह पुर्वाग्रह नहाेस, राज्य , सरकार र जनता मिलेरै श्री निलबाराही मन्दीर र आसपासकाे वनजंगल, बाटाे, त्यँहाका जीवजन्तु जनावर सबैकाे अबिलम्व सुरक्षा र संरक्षणा हाेस ।

Comments