नेपाल ईटा उद्योग महासंघ बागमती प्रदेश समितिमा पुनः त्वानाबासु


भदौ ८, २०८२, आइतबार | राति ०९:२९ बजे | 525


नेपाल ईटा उद्योग महासंघ बागमती प्रदेश समितिमा पुनः त्वानाबासु

भक्तपुर । नेपाल ईटा उद्योग महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा पुनः  आशाकाजी त्वानाबासु (भक्तपुर) निर्वाचित भएका छन् । समितिको आइतबार भक्तपुरमा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले त्वानाबासुको अध्यक्षतामा ११ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । 
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा भाइराजा अवाले (ललितपुर), उपाध्यक्षमा जीतेन्द्र खायमली (काभ्रे), सचिवमा आशराम बैद्य (भक्तपुर) र कोषाध्यक्षमा रामप्रसाद डंगोल (काठमाडौं) निर्वाचित भए । 
सदस्यहरुमा रत्नप्रसाद प्रजापति (भक्तपुर), पूर्णप्रसाद गाइजू (भक्तपुर), महेन्द्र खायमली (भक्तपुर), सुमन सापकोटा (धादिङ), राजेन्द्र महर्जन (ललितपुर) र सुरेश श्रेष्ठ (काभ्रे) निर्वाचित भए । यसअघि अधिवेशनको उदघाटन महासंघका केन्द्रिय अध्यक्ष शंकरबहादुर चन्दले गरेका थिए । 
 

Comments