एभरेस्ट स्कुलका नानीबाबुहरुले हेरे बुबाको मुख
भदौ ६, २०८२, शुक्रबार | राति ०७:२८ बजे | 90
भक्तपुर । बुबाको मुख हेर्ने दिनको अवसरमा शुक्रबार भक्तपुरमा बुबाको मुख हेर्ने कार्यक्रम भएको छ । एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा स्कुलका कक्षा २ का बालबालिकाहरुले कार्यक्रम गरेका हुन् ।
कार्यक्रमको क्रममा बालबालिकाहरुले आआफना बुबाहरुलाई आफूहरुले बनाएका विभिन्न उपहारहरु प्रदान गरेका थिए । उनीहरुले बुबाको नाममा आफूहरुले बनाएका कार्डहरु आआफना बुबाहरुलाई उपहारस्वरुप प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले विद्यार्थीलाई कितावी ज्ञानमा मात्रै सिमित नराखी व्यवहारिक ज्ञान दिन कार्यक्रमको आयोजना गरिएको जनाए । कार्यक्रममा विद्यार्थीहरु विभिन्न गीत, नृत्य, पपेट सो देखाएर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्वागत मन्तव्य दिएका थिए । साथै स्कुलकी कक्षा २ की छात्रा संगीता सिलवालले पनि स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको क्रममा जिम्याष्टिक प्रदर्शन पनि गरिएको थियो । साथै वास्तुको प्रदर्शन पनि भएको थियो । कार्यक्रममा अभिभावककोतर्फबाट कक्षा २ का छात्र निर्माण ढुंगानाका पिता राजु ढुंगानाले बोलेका थिए । कार्र्यक्रमको सञ्चालन स्कुलकी शिक्षिका प्रेमशिला प्रधानले गरेकी थिइन् ।
