५२ करोडको कारोबार र ५५ लाख नाफा पु¥याउन सफल


भदौ ६, २०८२, शुक्रबार | राति ०७:०६ बजे | 310


५२ करोडको कारोबार र ५५ लाख नाफा पु¥याउन सफल

भक्तपुर, ६ भाद्र । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०८१÷०८२को वार्षिक समिक्षा र आ.व. २०८२÷०८३ को कार्य योजना तथा बजेट तर्जुमा कार्यक्रम संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्व संस्थाको सभाकक्ष जगातीमा शुक्रबार सम्पन्न भयो । 
    कार्यक्रममा विशेष अतिथि एवम् सल्लाहकार रामकृष्ण प्रजापतिले बार्षिक समिक्षा बारे बोल्दै ५२ करोडको कारोबार र ५५ लाख नाफा पु¥याउन सफल भएकोमा संस्थाका संचालक र कर्मचारीहरुलाई धन्यवाद दिँदै पल्र्स अनुसार ऋणमा ६७ प्रतिशत र शेयरमा ६.५ प्रतिशत मात्र भएकोले त्यसमा ध्यान दिन अनुरोध गर्नुभयो । उहाँले सहकारीले बजेत बनाउँदा संचालक र कर्मचारीको क्षमता अभिवृद्धि, सहकारी सदस्य शिक्षा, लेखा सम्बन्धी र सिपमुलक तालिममा ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी सम्बन्धी सदस्यहरुलाई सचेत गनृ अभिमुखि कार्यक्रमहरु, विद्यालय र युवा लक्षित सहकारी शिक्षाले सहकारी निर्देशिकामा एक सदस्य एक सहकारी नाराले सदस्यता बृद्धि गर्न गा¥हो हुने भएकोले नयाँ पुस्तालाई सहकारी प्रति जागरुक र सदस्यता बृद्धि गर्न सफल हुने बताउनुभयो । उहाँले सहकारीले वक्तृत्व, निबन्ध प्रतियोगिताहरु गरे नयाँ नयाँ सुझाब आउने बताउँदै महिला सशक्तिकरणमा ध्यान दिए महिलाहरुलाई नेतृत्व विकास गर्न सक्ने बताउनुभयो । 
    कार्यक्रममा कोषाध्यष साजन कसपालले विगतको सफलता र असफलताको तुलना गरी सबैको कार्यको मापन गर्ने, सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकास्ने गतिविधिमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आगामि बर्षको ५५ करोड ६५ लाखको बजेट र नाफा ६५ लाख हुने गरी बनाएकोले सबैको सहयोगमा सफल बनाउनुपर्ने बताउनुभयो ।
     प्रबन्धक दयाराम तजलेले राजनीतिक र बैंक माफियाहरुको प्रभावमा परेर सहकारी मापदण्ड बनाउँदा सहकारी कर्मीहरुलाई समस्या परेको देखिन्छ भन्नुभयो । 
अर्का सल्लाहकार रामकृष्ण छुस्यावाग सहकारीले प्रगति हुनुमा सबैको मेहनत र योगदानले गर्दा सकारात्मक चर्चा भईरहेको कुरा सुनाउनुभयो ।
 

Comments